नेकपा म्याग्दीले मनायो बासु– बैरागी स्मृति दिवस

विकल्प न्यूज/बेनी
भदौं २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले मंगलबार २१ औं वासु – बैरागी स्मृति दिवस मनाएको छ । तत्कालिन माओवादी पार्टीका पोलिटव्युरो सदस्य सुरेश वाग्ले र नेता भिमसेन पोखरेलको भदौं २३ गते आजै दिन पार्टी कामको शिलशिलामा हिडिरहेका वेला प्रहरीले हत्या गरेको थियो । तत्कालिन माओवादी पार्टीले आजको दिनलाई वासु स्मृति दिवसका रुपमा मनाउँदै आएको थियो ।

पार्टी एकता भएपछि पनि नेकपाले दिवसलाई निरन्तरता दिएको छ । पार्टी कार्यालय हाडेभिरमा भएको कार्यक्रममा नेकपाका नेताहरुले सहिद वाग्लेको तस्विर मा माल्यापर्ण गरेका थिए ।

कार्यक्रममा संविधानसभाका सदस्य तथा नेकपा गण्डकी प्रदेशका कार्यालय सदस्य नवराज शर्माले स्वर्गिय बासु र वैरागीको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

नेता तथा कार्यकर्ताहरु नैतिकवान भएमात्र सहिदहरुको सपना पुरा हुने नेता शर्माले बताउनुभयो । तत्कालिन एमाले र माओवादी फरफरक आन्दोलनबाट आएका दुई शक्तिहरुको एकताबाट सिंगो नेकपा बनेको बताउँदै नेता शर्माले भन्नुभयो ‘विगतमा दुई पार्टीका आ–आफ्नै विरासतहरु छन् । आन्दोलनका क्रममा दुर्वै पार्टीमा सहिदहरु छन् । ति सवैको योगदानलाई हामीले उच्च सम्मान गर्नुपर्दछ ।’
नेता तथा कार्यकर्ताहरु नैतिकवान भए मात्र सहिदहरुको सपना पुरा हुने उहाँको भनाई थियो ।

नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठको अध्यक्षता,सचिवालय सदस्य शेरबहादुर केसीको स्वागत, कार्यालय सदस्य बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसी,जिसस प्रमुख देवेन्द्रवहादुर केसी लगायतका जिल्लास्तरीय नेता तथा कार्यक्रताको उपस्थित रहेको थियो ।

गोरखाको पालुङ्गटारस्थित रातडाँडा भन्ने गाउँमा २०१० साल भदौ २४ गते पिता भोजराज वाग्ले र माता दुर्गादेवी वाग्लेको कोखबाट जन्मिएका वाग्ले प्रहरीबाट मारिने तत्कालीन नेकपाका सबैभन्दा उच्चस्तरीय नेता हुन् ।