ताजा समाचार:
Search

मंगलामा काँग्रेस र राप्रपाका २८ जना नेकपामा प्रवेश

बाबियाचौर, १३ भदौ ।
म्याग्दीको मंगला गाउपालिकाका काँग्रेस र राप्रपाका २८ जना नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

मंगला गाउपालिका संगठन कमिटिको बाबियाचौरमा भएको सचिवालय बैठकका अवसरमा नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेश कमिटिको कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्य देवेन्द्र केसी, बालकृष्ण सुवेदी लगायतका नेताहरुले प्रवेश गरेकाहरुलाई पार्टी सदस्यता वितरण गर्नुभयो ।

मंगला गाउपालिका–२ सल्यानका गजानन्द सुवेदी, देवबहादुर कार्की, पूर्णबहादुर जिसी, बिजय सुबेदी, राप्रपाका टेकबहादुर खत्री लगायत २८ जना प्रवेश गरेका नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य थापाले नेकपा नेतृत्वको बर्तमान सरकारले जनताको पक्षमा धेरै राम्रा कामहरु गरेको बताउनुभयो । नेपाल सरकारले जनताको निशूल्क कोरोना परिक्षण र उपचारको ब्यवस्था मिलाएको बताउनुभयो ।

विश्वका विकसित र धनी देशहरुले जनस्वास्थ्यका सवालमा गर्न नसकेका काम नेपाल सरकारले गरेर जनताप्रतिको दायीत्व देखाएको बताउनुभयो । प्रदेश कमिटिको कार्यालय सदस्य तथा संबिधानसभा सदस्य नवराज शर्माले बैचारिक बहसले पार्टीको अन्तरबिरोध समाधानमा सहयोग पुगेको बताउँदै नेकपा विभाजन नभएर अझै शक्तिशाली र बलिया हुदै गएको बताउनुभयो ।

नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले कोरोनाको महामारी रोकथाम, बाढी र पहिरोजन्य बिपद्का कारण सिर्जित विपद् ब्यवस्थापनसँगै जनताको घरदैलोमा पुग्ने गरि कार्यक्रम बनाएको बताउनुभयो । चैतमा स्थगित भएको अभियानलाई स्थानीय स्तरमा विपद् ब्यवस्थापन र कोरोना रोकथामको अभियानसँग जोडेर अघि बढाउन आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी र देवराज सुवेदीले पार्टीको सांगठनिक एकिकरणलाई पुर्णता दिदै जनसम्बन्ध सुदृढी बनाउन र सरकारले जनताका पक्षमा गरेका कामको प्रचारप्रसारमा जुट्न निर्देशन दिनुभयो । कोरोनाको जोखिमका बिच स्वास्थ्य सतर्कता, स्यानीटाइजर र मास्कको प्रयोग तथा भौतिक दुरी कायम गरेर कार्यक्रम गरेका नेकपा मंगला गाउँपालिका कमिटिले जनाएको छ । काँग्रेसबाट नेकपामा प्रवेश गर्नुभएका गजानन्द सुवेदीले बीस बर्ष काँग्रेसमा रहेर काम गर्दा गाउँमा एउटा पनि विकासको आयोजना भित्र्याउन नसकेको तर नेकपाको सरकारले दुई वर्षमै आप्mनो गाउँमा घरघरमा खानेपानीको ब्यवस्था मिलाएकाले नेकपा प्रवेश गरेको बताउनुभयो ।

नेकपा मंगला गाँउपालिका कमिटिका संयोजक प्रेमप्रसाद रेग्मीको अध्यक्षता र सचिब याम रोकाका सञ्चालनमा भएको कार्यक्रममा स्वागत गर्दै गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका क्षेत्रमा मंगला गाउँपालिकाले उल्लेख्य मात्रामा काम गरेको बताउनुभयो ।