महाशिवरात्री पर्वमा म्याग्दीका शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटोफिचर)

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, फागुन २४ गते ।
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा सोमबार बिहानैदेखि गलेश्वरमा म्याग्दीसहित विभिन्न जिल्लाका भक्तजनहरुको भीड लागेको हो ।

IMG_0067

 

महादेव शिवजीको पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाहरुबाट बिहानैदेखि श्रद्धालु भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।IMG_0017

पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको घुइँचो लागेको क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

IMG_0057
देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुलाई सहज रुपमा पुजा आराधना गर्ने वातावरण बनाउनका लागि लाइनमा बसेर पालैपालो पुजा गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभएको छ ।

IMG_0023

यसवर्ष म्याग्दीको गलेश्वरमा विगतका वर्षमाभन्दा धेरै भक्तजनहरु आएको क्षेत्र विकास कोषका कार्यालय सचिव योगेन्द्र कार्कीले बताउनुभयो । उहाँकाअनुसार यो वर्ष झण्डै १५ हजार भक्तजनहरुले गलेश्वरको दर्शन गरेको अनुमान गरिएको छ ।
यसैगरी शिवरात्री पर्वकै अवसरमा सदरमुकाम बेनीमा रहेको बेनी शिवालय मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ । शिवालय मन्दिरको आयोजनामा भजनकिर्तनसहित शिव र पार्वतीको रथयात्राद्वारा बेनीबजारको परिक्रमा गराइएको छ भने षडङ्ग रुद्रीपाठ लक्ष्यदीप प्रज्ज्वलन गरिने मन्दिरले जनाएको छ ।

IMG_0075
शिव उत्पत्ति भएको रातको नामले चिनिने शिवरात्री पर्व हरेक वर्षको फागनु कृष्ण चतुर्दशीका दिन मनाइने चलन रहेको छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ ।IMG_0054
शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ । भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् ।