आहा कालिज पालन ! भिडियोमा हेर्नुहोस हरियाली ग्रुपको कालिज पालन

विकल्प न्यूज/बेनी
भदौं ४ गते ।म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपले व्यवसायिक रुपमा कालिज पाल्न थालेको छ । करिब पचास लाख लगानी गरेर १० रोपनी क्षेत्रफलमा व्यवस्थित खोर बनाई कालिज पाल्न थालेको हो । हरियालीको यो नयाँ उत्पादन हो । नयाँ उत्पादनले राम्रो बजार लिने सक्ने सञ्चालकहरुले विश्वास गरेका छन् । हरियाली ग्रुपले कृषि क्षेत्रमा करिब ११ करोड रुपैयाँ लगानी गरेको छ । कृषि क्षेत्रमा हरियाली मोडल नयाँ हो । हेनुहोस भिडियो