भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो

साउन ३०, २०७७ काठमाडौं :

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो।  ६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा कूल संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ।

अमेरिकामा ५४ हजार, ब्राजिलमा ५४ हजार ४ सय, कोलम्बियामा ११ हजार २ सय, रसियामा ५ हजार, दक्षिण अफ्रिकामा ३ हजार ९ सय संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २ सय २८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या १ लाख ७० हजार नाघेको छ। ब्राजिलमा १ हजार २ सय, मेक्सिकोमा ७ सय ३७, कोलम्बियामा ३ सय ८, दक्षिण अफ्रिकामा २ सय ६०, रसियामा १ सय २४ र इरानमा १ सय ७४ जनाको मृत्यु भएको छ।

२४ घण्टामा २ लाख ६५ हजार कोरोना संक्रमित थपिएसँगै विश्वभर कूल संक्रमितको संख्या २ करोड १० लाख ६२ हजार नाघेको छ। तीमध्ये झण्डै १ करोड ३९ लाख संक्रमणमुक्त भएका छन् भने ७ लाख ५२ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ। thha khabar