तनहुँका २० जनासहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

तनहुँ – गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिका वडा नम्बर १ का १४ पुरुष र ६ महिला गरी २० जनामा तथा स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना पुरुष गरी थप २१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमण पुष्टि भएकाको संख्या एक हजार ६ सय ८१ पुगेको छ ।