बेनी अस्पतालको ल्याबमा नयाँ मेशीन जडान

विकल्प न्यूज/बेनी
साउन २९ गते । 

बेनी अस्पतालको प्रयोगशाला विभागमा नयाँ मेशिन जडान गरिएको छ । एकपटकमा एकसय भन्दा धेरै नमुनाहरु परिक्षण गर्न मिल्ने फूल्ली अटो ऐनालाइजर मेशीन जडान गरिएको हो ।

बुधवार देखि ल्याबमा प्रयोगमा ल्याइएको नयाँ मेशिन काठमाण्डौंको सुदिप इन्टरनेशनल प्रा.लि र ब्रदर्श सर्जिकल बागलुङका निलु शर्माले सहयोगको स्वरुप उपलब्ध गराउनुभएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार मेशिनको १७ लाख रुपियाँ पर्दछ । नयाँ मेशिनबाट नमुना परिक्षणमा सहज हुने कटुवालले जानकारी दिनुभयो ।

कम जनशक्तिबाट पनि एकपटकमा एकसय भन्दा बढी नमुना परिक्षण गर्न मिल्ने ल्याब इन्चार्ज याम थापाले बताउनुभयो । यो भन्दा अगाडि भएको सेमी अटो एनालाइजर मेशिनबाट काम गर्न झञ्जटीले र थोरै नमुना मात्र परिक्षण गर्न मिल्ने गरेको उहाँले बताउनुभयो । नयाँ मेशिन स्वाचालित भएकाले कम जनशक्ति भएपनि हुने र काम गर्न पनि सहज हुने उहाँले बताउनुभयो । बिरामीले पनि छिटो रिपोर्ट पाउने उहाँले बताउनुभयो ।