ताजा समाचार:
Search

एकमहिना पछि गलेश्वरको बेलिब्रिज सञ्चालनमा आयो (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी
साउन २७ गते ।

गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको छ । बेनी – जोमसोम कोरोला सडक आयोजनाले बेलिब्रिजको मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो । पुल मर्मत गर्न करिब पचास लाख रुपियाँ खर्च भएको आयोजनाले जनाएको छ । मंगलबार देखि हलुका सवारी मात्र आवतजावत गर्ने छन् भने भदौ ५ गते पछि  ठूला सवारी साधनलाई पनि आवतजावत गर्न दिइने आयोजनाका सव इन्जिनियर गजेन्द्रप्रसाद रावतले जानकारी दिनुभयो । उहाँका अनुसार भदौं पाँच पछि १६ टन क्षमता सम्मका सवारीहरु आवतजावत गर्न पाउने छन् । बेलिब्रिजलाई पुन मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउनका सकिने प्राविधिक टोलीले दिएको सुझावका आधारमा मर्मत सम्भार गरिएको उहाँले बताउनुभयो । पुरानै अवस्थामा बेलिब्रिज सञ्चालनमा आएको उहाँले बताउनुभयो । पुल सञ्चालनमा आएपछि आवतजावत गर्न सहज भएको छ ।