काठमाडौंका थप एक जनाकाे कोरोनाबाट मृत्यु

साउन २६, २०७७ काठमाडौं :

काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।  उ

नलाई गत साउन १५ गते भर्ना गरिएको थियो। १९ गते स्वाब संकलन गरी २१ गते कोरोना पुष्टि भएको थियो। मृतक संक्रमितमा भाइरल ज्वरो, निमोनिया र मधुमेहको समस्या रहेको  गेलालले  बताए। शवलाई व्यवस्थापन गर्ने तयारी भइरहको उनले जानकारी दिए। यसअघि पाटन अस्पतालमा काठमाडौं टोखाकी ४१ वर्षीया महिलाको गत शुक्रबार निधन भएको थियो। thha khabar