ताजा समाचार:
Search

अस्ट्रेलियामा एकैदिन धेरै संक्रमित फेला परे, ‘हटस्पट’ भिक्टोरियामा भने घट्यो

अस्ट्रेलियामा सोमबार एकैदिन कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेका छन्।

रोयटर्समा प्रकाशित समाचारका अनुसार सोमबार कीर्तिमानी संख्यामा संक्रमित थपिएपनि संक्रमणको ‘हटस्पट’मा भने त्यो संख्यामा कमी आएको छ। संक्रमणको हटस्पट भिक्टोरिया राज्यमा दुई सातायताकै कम संक्रमित फेला परेका छन्।

दोश्रो लहरको इपिसेन्टर बनेको भिक्टोरिया राज्यका अधिकारीहरूले पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाका कारण १९ जनाको मृत्यु भएको जनाएका छन्।

अन्य राज्यले आफ्नो दैनिक मृत्यु संख्या सार्वजनिक गर्न बाँकी रहेपनि भिक्टोरियामा देखिएको वृद्धि त्यहाँको कुनै पनि राज्यमा एकैदिन भएको सबैभन्दा धेरै मृत्यु हो।

यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा ३२२ जना नयाँ संक्रमित फेला परेका छन्, जुन जुलाई २९ यताकै कम हो।अस्ट्रेलियामा हालसम्म करिब २१ हजारको संख्यामा संक्रमित फेला परेका छन् भने ३ सय १४ जनाको मृत्यु भएको छ, जुन अन्य विकसित मुलुकको तुलनामा कम हो।setopati