बेनीमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालियो (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन २५ गते । 

म्याग्दीको सदरमुकाम बेनीबजारमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालिएको छ । अव्यवस्थित सवारीपार्कीङका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै बजारको सुन्दरतामा पनि हस आएको थियो ।

 

आइतबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी ,प्रहरी नायब उपरिक्षक किरण जंग कुँबर, लगायतका सरोकारवालाले व्यवस्थित पार्कीङ प्रणालीको सुरुवात गरेका हुन । अभियानको पहिलो चरणमा अव्यवस्थित सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालिएको छ । जथाभावी सवारीसाधनको पार्कीङले दुर्घटना बढ्नुका साथै बजारमा सवारीजाम हुने समस्या थियो । बजारको मुख्य गल्लीहरुमा पार्कीङलाई व्यवस्थित बनाइएको छ । गल्लीका दुई साइडमा आलोपालो गरी पार्कीङको व्यवस्था मिलाइएको छ ।

बजारको मुख्य गल्ली न्यूरोड र संगमचोक,हुलाक चोक,क्याम्पसचोक र अस्पतालचोकमा एकसातामा परिवर्तन गर्ने गरी एक एकातर्फ मात्र पार्कीङको व्यवस्था गरिएको छ । एकहप्ता गल्लीको दाया र अर्को हप्ता बायाँ गरी आलोपालो पार्कीङको व्यवस्था गरिएको प्रहरी नायब उपरिक्षक किरणजंग कुँबरले बताउनुभयो । पहिलो चरणमा पार्कीङ स्थल र पार्कीङ निषेध स्थल प्हिचान गरी बोर्ड राखिएको उहाँले बताउनुभयो । पहिलो चरणमा सर्वसाधरणहरुलाई सचेत बनाउन माइकिङ र सञ्चारमाध्यमबाट जानकारीमुलक सन्देशहरु प्रशारण गर्ने र दोस्रो चरणबाट अटेरी गर्नेलाई कारबाहीको प्रकृयामा लैजाने ट्राफिक प्रहरी कार्यालयका प्रमुख विष्णुबहादुर नेपालीले बताउनुभयो । नगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्रीहरु सहयोग गरेको छ ।