ताजा समाचार:
Search

म्याग्दी फेरी कोरोनायुक्त जिल्ला ः थपीए एकजना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी
साउन २४ गते ।

शुक्रबार साँझ देखि शनिबार विहान सम्म कोरोनामुक्त जिल्ला भनेर भनिएको म्याग्दीमा फेरी शनिबार १० बजे  देखि कोरोनायुक्त जिल्ला भएको छ ।   गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप एकजनामा कोरोना पुष्टी भएको हो ।
प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले शनिबार विहान १० बजे निकालेको विज्ञप्ती मा एकजनामा कोरोना पुष्टी भएको जनाइएको छ ।
भारतबाट आई बेनीको क्वारेन्टीनमा वसेका बेनपा ४ का २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

यो सँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । ४७ जना निको भएर घरफर्किसकेका छन् । शनिबार विहान मात्रै कोरोना जितेका ६ जनालाई विदाई गरिएको थियो ।