मृगौला पीडित गबुर्जालाई पोर्चुगलबाट २४ हजार सहयोग

विकल्प न्यूज/बेनी
साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका मृगौला पीडित अमृत गर्बुजालाई २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । विगत केही वर्ष देखि मृगौलाको रोगबाट ग्रस्त भएका गबुर्जाको उपचारमा सघाउन पोर्चुगलमा रहनुभएका यामलाल पौडेलको पहलमा उक्त रकम संकलन भएको हो ।

पौडेललेको नेतृत्वमा संकलन भएको रकम विहिवार ओमकुमारी शान्तिकोषको समन्वयमा पीडितको दिदी मिना बुदुजालाई मोती पौडेलले रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम बुझ्दै पीडितको दिदी बुदुजाले सहयोग रकमले भाईको उपचारमा टेवा पुग्ने बताउनुभयो । गबुर्जाको आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या भएको छ । देश तथा विदेशमा रहेका म्याग्देलीले उहाँको उपचारमा सघाउन आर्थिक संकलन गर्दै आएका छन् ।