कोरोना अझै महामारीकै अवस्थामा : डब्ल्युएचओ

साउन १८, २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले वैश्विक महामारी घोषणा गरेको ६ महिनापछि पनि कोरोना महामारीकै रुपमा रहेको बताएको छ। शुक्रबार बसेको डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन गरेको छ।  संगठनले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई वैश्विक महामारी घोषित गरेको थियो।

डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले भनेका छन्‌, ‘धेरै देशहरुमा कोरोना महामारीको खराब अवस्था आएर पनि गइसकेको लाग्दैछ, तर संक्रमणको दोस्रो लहर देखिएको छ, जहाँ अघिल्लो हप्ता संक्रमणका मामिला घटेको थियो, त्यहाँ यतिखेर निकै तीव्र गतिमा संक्रमण फैलिएको छ।’