जनैपूर्णिमामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

विकल्प न्यूज/बेनी
साउन १८ गते । 

गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो । त्यसैअनुसार भोलि बिदा हुने भएको हो ।