बेनी नगरपालिकाका बाढीपहिरो प्रभावितलाई १० लाख राहत वितरण

विकल्प न्यूज/बेनी
साउन १४ गते । 

केही दिन यता परेको अविरल वर्षा पछिको बाढी र पहिरोबाट प्रभावित भएकाहरुलाई बेनी नगरपालिकाले १० लाख रुपैयाँ राहत वितरण गरेको छ । पूर्ण क्षति,विस्थापित र उच्च जोखिममा परेकाहरुलाई नगरपालिकाले १० लाख ७ हजार रुपैयाँ र ३६ थान पाल वितरण गरेको हो ।
बाढी र पहिरोका कारण घर पूर्णरुपमा क्षति भएकालाई ४० हजार, विस्थापितलाई ३० हजार र आशिंक क्षति पुगेकालाई २० हजार रुपैयाँका दरले राहत वितरण गरिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका विभिन्न स्थानहरुमा गरेर २० घर पूर्ण क्षति, एकसय ६ घर उच्च जोखिममा,२३ परिवार विस्थापित र १९ घरमा बाढी र पहिरोका कारण आंशिक क्षति पुगेको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार वडा नम्बर १ अर्जममा ५ घर उच्च जोखिममा रहेका छन् । एक घर पहिरोका कारण विस्थापित बनेको छ । यसै गरी वडा नम्बर २ मा ४ घर पूर्ण क्षति,१० घर उच्च जोखिम र २ घरमा आशिंक क्षति पुगेको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ३ मा ११ घर उच्च जोखिम,३ घर पूर्ण क्षति र २ घरपरिवार बाढीपहिरोका कारण विस्थापित बनेका छन् । वडा नम्बर ४ का १८ घर उच्च जोखिममा परेका छन भने १ घरमा पूर्ण क्षति पुगेको छ । ५ नम्बर वडाका ११ घर उच्च जोखिम,१ घर पूर्ण र १ घरमा आशिंक क्षति पुगेको छ ।    त्यस्तै वडा नम्बर ६ मा ६ घर पूर्ण,१३ घर उच्च जोखिम र ११ घर आंशिक जोखीममा परेका छन् । 

७ नम्बर वडाको मंगलाघाट स्थित प्रहरी चौकीलाई म्याग्दी नदीको कटानका कारण पूर्ण क्षति पुगेको छ भने कुरिला खर्क पहिरोको उच्च जोखिम परेको छ ।
वडा नम्बर ८को खैरेनीमा १ घर पूर्ण क्षति र एकपाटेमा रहेका १३ घर उच्च जोखिममा रहेका छन् । यता ९ नम्बर वडामा ३ घर उच्च र १ घर आंशिक जोखिममा परेका छन् ।

नगरपालिकाको १० नम्बर वडा पात्लेखेतको बन्द्रेको पहिरोका कारण २० घर पूर्ण क्षति, २३ घर विस्थापीत, १०६ घर उच्च जोखिममा र १९ घरमा आंशिक क्षति पुगेको छ ।

                                                                 विपद् व्यवस्थापनमा बेनी नगरपालिकाको प्रयास

 

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकाले नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगर विपद् व्यवस्थापन समिति गठन गरेको छ ।
समितिमा उपप्रमुख,राजनीतिक दलका प्रतिनिधि,जिल्ला प्रशासनको प्रतिनिधि,प्रहरी,रेडकक्रस, विषयगत शाखाका संयोजकहरु,उद्योग वाणिज्य संघ र गैसस सदस्य रहने व्यवस्था गरिएको सदस्य सचिव तथा नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।
बाढी र पहिरो प्रभावितहरुलाई तत्काल राहत वितरण गर्ने, पहिरोका कारण विस्थापितहरुलाई वसोबासको व्यवस्था र नगरक्षेत्र भित्रका सडकहरु खुलाउने लगायतका कार्यहरु प्रभावकारी तरिकाले गर्न व्यवस्था मिलाइएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । १० वटै वडाका जनप्रतिनिधिहरुलाई बाढी र पहिरोका कारण हुन सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै जुनसुकै समयमा उद्धार र राहतमा जुटन अनुरोध गरिएको छ । बाढी र पहिरोले भत्काएका सडकहरुको तथ्याङ्क संकलन गरी सडक खुलाउन प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

नगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क 

 

बेनी नगरपालिकामा २०७७ सालको अबिरल वर्षामा हाल सम्म भएका घटनाहरु(अद्यावधिक मिति:२०७७।४।१४गते)

क्र.सं. वडा नं. विपद(अबिरल वर्षाबाट हुन गएको बाढीपहिरो) बाट भएको क्षतिको विवरण कैफियत
Ø  अर्जमका धन ब. दर्जीको घर, उपल्लाचौरका ढलक ब. थापाको घर, घनश्याम शर्माको घर, सिमका खिम बहादुर थापाको घर र सिमका एक ब. थापाको घर गरी ५ घर नजिकको गएको स-साना पहिरोका कारण उच्च जोखिममा।खिम बहादुर थापाको परिवार विस्थापित भएको।

Ø  पहिरोका कारण एउटा कृषि फाममा संरचना क्षति हुनुका साथै करिब १००० कुखुरा मरेका।

Ø  ३ ठाँउमा कुलोको मुहान भत्केको।

Ø  बेनी-रत्नेचौर सडक तथा अन्य सडकहरुमा ठाँउ-ठाँउमा पहिरो गई बाटो अबरुद्ध।

Ø  लामागरा, सारेमारे, हुलाकडाँडा पहिरो

 
Ø  स-साना पहिरो तथा जमिन भत्किने लगायतको कारण खबराका नर ब. दर्जीको घर, जीवन सापकोटा, खड्क ब थापा, रुद्र ब सार्कीको घर गरी ४ घरहरु पूर्ण क्षति

Ø  खबराका चन्द्र सापकोटा घर र पूर्ण कुमारी पौडेलको घर गरी २ घरहरु आंशिक क्षति

Ø  खबराको शिव सापकोटाको घर, हिरा घिमिरेको घर, फापरखेतका किरण दर्जीको घर, राम ब. दर्जीको घर, मिठे सार्कीको घर, गोरे सार्कीको घर, दिल बसार्कीको घर, सोम ब कटुवालको घर, तमानेका दुर्गा ब सुनारको घर, कर्ण कुँबरको घर गरी जम्मा १० घर उच्च जोखिममा।

Ø  गौश्वाराका सूर्य पोखरेलको गोठ भत्केको।

Ø  बेनी-भकुण्डे सडकमा ठाँउ-ठाँउमा पहिरो गई बाटो अबरुद्ध।

 

 

 

 

 

 

 

 

Ø  स-साना पहिरो तथा जमिन भत्किने लगायतको कारण छेपारेका तुलाराम कामीको घर, सिमका तलमाया बि.क.घर, तुल बहादुर सुनारको घर गरी ३ घरहरु पूर्ण क्षति भएको,

Ø  टक ब. छन्त्याल, गीता सुवेदीको घर गरी जम्मा २ घरहरु आंशिक क्षति

Ø  शेर बहादुर सुनारको घर आंशिक क्षति भई विस्थापित भएको।

Ø   ज्यामिरेका गिता सुवेदीको घर, ज्यामिरेका शेर ब.  सुनारको घर, ज्यामिरेका तक छन्त्यालको घर, तोराखेतमा २ घर र हले गौडामा १ घर, राम बहादुर आले, लिला पुन, मेश्तल थापाको घर, तोराखेतको प्रेम के.सी. र गोपाल के.सी.को  घर उच्च जोखिममा । प्रेम केसि र गोपाल केसी विस्थापित भएको।

Ø  छेपारेको गंगादेबी श्रीस, अमर बहादुर कामीको उच्च जोखिममा रहेको।

Ø  हल्लेगौँडाका झलक ब.रोकाको घर उच्च जोखिममा रहेको।

Ø  भुकभुकेको हिरा क्षेत्रीको गोठ र मुसुङको मिन ब. पुनको गोठ पूर्ण क्षति भएको।

Ø  बेनी-भकिम्ली सडक क्षेत्रमा ठाँउठाँउमा पहिरो गई बाटो अबरुद्ध भएको।

 
Ø  स-साना पहिरो तथा जमिन भत्किने लगायतको कारण डाँडाखेतका महेन्द्र कुँबरको घर पूर्ण क्षति भएको।

Ø  डाँडाखेतका तिलक बाँनियाको घर, मसिना दर्जीको घर, शावित्री चोखालको घर, कमल सार्कीको घर, सिँगाका बिराज चोखालको घर, याम ब. खत्रीको घर, सुदिप खत्रीको घर, तातोपानीका ११ घर गरी जम्मा १८ घर उच्च जोखिममा रहेका।

Ø  होम ब. बुढाको खेतमा क्षति, तातोपानी कुण्डको संरचनामा क्षति, हरियाली समूहको फाममा क्षति, सुर्कमेलाको लिफ्ट सिँचाईमा क्षति, फापरखेतको ५० कि.मि. पक्की कुलो बगाँएको, सोतामा पहिरो आई १५ मुरीको खेतमा क्षति पुर्याएको।

Ø  मोटर चल्ने सडकहरुमा ठाँउठाँउमा पहिरो आई बाटो अबरुद्ध भएको।

 
Ø  स-साना पहिरो तथा जमिन भत्किने लगायतको कारण रुद्र ब. खत्री र भुपेन्द्र दमाईको घर पूर्ण क्षति भएको,

Ø  कोरेपानी चोकको डेक बहादुर बानियाँको घर आंशिक क्षति

Ø   चिप्लेटीमा हिम ब. खत्रीको घर, नेपानेका कृष्ण दर्जी र जमुना सुनारको घर, नयाँ गाँउमा ३ घरहरु र  कोमाली टोलमा ७ घर गरी जम्मा ११ घरहरु उच्च जोखिममा रहेका।

Ø  बगुवा खोलामा २ परिवारको खेत पहिरोले पुरेको। बगुवा खोलामा सामुदायिक बन आधा भाग पहिरोले क्षति पुर्याएको।

Ø  यस वडाका विभिन्न सडकहरुमा ठाँउठाँउमा पहिरोले क्षति पुर्याई सडक अबरुद्ध भएको।

 
Ø  स-साना पहिरो तथा जमिन भत्किने लगायतको कारण डम्मरामा जयलाल खत्रीको घर, कल्पना खत्रीको घर, खिम कुमारी थापाको घर, बल ब खत्रीको घर, जनक जंग खत्रीको घर, खरेनीको सुनिता सार्कीको घर गरी  घर पूर्ण क्षति पूर्ण क्षति भएको;

Ø  भवदत्त उपाध्याय, देब सुवेदी, झलक बहादुर खत्री, चन्द्र बहादुर खत्री, डिल बहादुर खत्री, कमला पति जैसी, भिम बहादुर बि.क., हिमाल बि.क., फुलुमति सर्किनि, खिम कुमारी थापा, धन बहादुर खत्रीको घर आंशिक क्षति

Ø  लक्ष्मी खत्री, तेज बहादुर खत्री, गंगादेवी खत्री, गोपाल के.सी., पेवति थापा, दिप बहादुर घर्ति, हर्क बहादुर लामिछाने, कविता कार्की, शेर बहादुर कार्की, विकास बानियाँ, कृष्ण खत्री, मन कुमारी सार्की र सुन्दर थापाको घर उच्च जोखिममा रहेको।

Ø  एउटा खानेपानी ट्याङ्की र ग्रिनभिउ कृषि फाममा क्षति तथा उच्च जोखिममा रहेको।

Ø  ठाँउठाँउमा पहिरो गई सडक अबरुद्ध भएको।

Ø  रुपा कुमारि सापकोटाको भैसी गोठ भत्कन गई १ भैसी मरेको।

Ø  पुजा बानियाँको ग्रिनभिउ कृषि फाममा क्षति पुगेको। ३५ कुखुरा मरे।

 
Ø  मंगलाघाट प्रहरी चौकी रहेको घरमा पूर्ण क्षति पुगेको।

Ø  कुरिला खर्क क्षेत्रमा पहिरोले गर्दा उच्च जोखिम रहेको।

 
Ø  स-साना पहिरो तथा जमिन भत्किने लगायतको कारण खरेनीमा एक घरमा पूर्ण क्षतिपुगेको;

Ø   एक पाटे क्षेत्रमा १३ घर उच्च जोखिममा रहेका।

Ø  जलेश्वरको बाटो भत्केको। कालिपुलमा ग्याबिन जालि नदिले लगेको।म्याग्दी उद्योग वाणिज्य संघ मुनि कालिगण्डकीले ग्याबिन जालि बगाएको।घतान चोक माथि पहिरो आएको।

 
Ø  स-साना पहिरो तथा जमिन भत्किने लगायतको कारण चित्र ब. खत्री र मन कुमारी परियारको घरमा क्षति पुगी घर बिहिन हुने स्थिति बनेको। तोरीपानीमा १ घरमा आंशिक क्षति पुगेको।मुना कार्कीको घर, कृष्ण ब. खत्रीको घर, तेज ब. चोखालको घर गरी ३ घर उच्च जोखिममा रहेको।

Ø  घतानकोट भगवति मन्दिर र तोरीपानीकोट भगवति मन्दिरमा आंशिक क्षति पुगेको।

Ø  नेप्टेचौरमा खानेपानी ट्याङ्कीमा क्षति पुगको।

Ø  गलेश्वर दाह संस्कार गर्ने घाटमा क्षति पुगेको।

Ø  गलेश्वरमा पक्की पुल भत्काएको।

Ø  गलेश्वर चौकी पछाडि जग्गा लगेको।

Ø  गलेश्वरको अमृत शेरचनको जग्गा कटेरो, चर्पी रघुगँगा नदिले कटान गरी लगेको।

Ø  ठहर ब. चोखालको कुखुराको घर (खोर) मा क्षति पुगेको।

Ø  पुरी पोल्टी फाम उच्च जोखिममा रहेको।

Ø  ठाँउठाँउमा पहिरोका कारण बाटो अबरुद्ध भएको।

 
१० १० Ø  पहिरो तथा जमिन भत्किने लगायतको कारण २० घरहरु(बाद्रेको पहिरो)

Ø  गम ब सार्कीको घर बस्न नसक्ने भई विस्थापित

Ø  बाद्रेको पहिरोले उच्च जोखिम निम्त्याएको।

Ø  ठाँउठाँउमा पहिरो गई यस क्षेत्रका सडकहरु अबरुद्ध भएका।

Ø  १० न वडा कार्यालयमा भलबाढी आएको।

 
समग्रमा बे.न.पा.मा Ø  मंगलघाट पुलिस चौकी सहित २० घरहरुमा पूर्ण क्षति पुगेको, १९ घरहरुमा आंशिक क्षति पुगको, १०६ घरहरु उच्च जोखिममा रहेका, विस्थापित भएका परिवार: २३

Ø  ठाँउठाँउमा पहिरो गई सडकहरु अवरुद्ध भएका। गलेश्वर पुल भत्किएको।

Ø  ५ पशुपन्छी गोठहरु (१ भैसी र १०३५ कुखुरा), ४ सिचाई कुलो, २ खानेपानी ट्याङ्कीमा क्षति पुर्याएको।

Ø  केही खेतबारी तथा सामुदायिक बनहरुमा सानो ठूलो पहिरो गई क्षति पुर्याएको।

 

 

यसै सन्दर्भमा बेनी नगरपालिकाले गरेका प्रयासहरु

  • यसै वर्षायाम (असार र साउन महिनामा) बाट भएको विपदबाट प्रभावित ३२ घर परिवारलाई रु १०,०७,०००।०० रुपैयाँ राहत वितरण गरिएको।
  • ३६ थान पाल लगायतका सामग्रीहरु उपलब्ध गराइएको।