बेनी नगरका स्वयमसेविकाहरुलाई झोला र छाता

विकल्प न्यूज/बेनी
साउन १४ गते । बेनी नगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई झोला र छाता वितरण गरेको छ । नगरको १० वटै वडामा कार्यरत ७२ जना स्वयसेविकाहरुलाई एक ÷ एक थान झोला र छाता वितरण गरिएको हो ।

बुधवार नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जुबरुवाल,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी,कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र स्वास्थ्य संयोजक लिला गौतमले स्वयमसेविकाहरुलाई झोला र छाता वितरण छ ।

सामाग्री वितरण गर्दै नगरप्रमुख श्रेष्ठले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्यसेविकाहरुको योगदान उच्च रहेको बताउनुभयो । स्वास्थ्यका कार्यक्रमहरुलाई जनताको घरदैलोमा पु¥याउन स्वयमसेविकाहरुले खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो । कोरोना महामारीका समयमा पनि स्वयमसेविकाहरुले जनताको सेवाका लागि खटिएर काम गरेको उहाँले बताउनुभयो ।

आगमी दिनमा पनि नगरपालिकाले स्वयमसेविकाहरुलाई गर्नुपर्ने सहयोगमा कुनै कमि नगर्ने प्रमुख श्रेष्ठको भनाई थियो ।
वर्षातका कारण सवैलाई नगरपालिकामा बोलाएर सामाग्री हस्तान्तरण गर्न समस्या भएकाले सम्बन्धित स्वास्थ्यचौकीका इन्चार्ज मार्फत सामाग्री स्वयमसेविकाहरुको हातमा पु¥याउने व्यवस्था मिलाइएको स्वास्थ्य संयोजक गौतमले जानकारी दिनुभयो ।

झोला र छाताले स्वयमसेविकाहरुलाई स्वास्थ्य सामाग्रीहरु लिएर जनताको घरदैलोमा पुग्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गत आर्थिक वर्षको कार्यक्रमको ९० हजार रुपैयाँबाट झोला र छाता खरिद गरिएको संयोजक गौतमले बताउनुभयो ।
नगरपालिकाले विगत तिन वर्ष देखि स्वयमसेविकाहरुको स्वास्थ्य विमा पनि गर्दै आएको छ ।