ताजा समाचार:
Search

मराङका पहिरोपीडित सुत्केरी महिला भोकभोकै (भिडियो रिपोर्ट सहित)

ठाकुरप्रसाद आचार्य/मराङ
साउन ११ गते ।   गत असार २५ गते धौलागिरि गाउँपालिका ६ मराङ नाम्रुककी सविना विक बेलुकाको खान खादै थिइन । अविरल वर्षा भइरहेको थियो । एकैछिनमा गाउँ माथिबाट पहिरो खस्न थाल्यो । छिनभरमै पहिरोले घर घेरियो । खाना खादै गरेको भाग छाडेर भाग्यौं सविनाले भन्नुभयो ‘श्रीमानले पाँचदिनको बच्चा, मैले अर्को छोरीलाई समाएर भाग्यौं ।’

पाँचदिनको सुत्केरी सविना त्यो दिन रातभर पानीमा भिजेर वस्नुभयो । पाँचदिनको बच्चा पानीले भिज्यो सविनाले रुदै भन्नुभयो ‘हामी सातजनाको परिवारले भोकै रात काट्यौं ।’ २६ गते विहान गाउँपालिका अध्यक्षलाई फोन ग¥यौं हेली आउँछ भन्नुभयो पछि मौसम खुलेन आजलाई आउन सकेन भन्ने जवाफ दिनुभयो । दिनभर भोकभोकै वस्यो । २६ गते वेलुका छिमेकीको घरमा पुगेर खान खायौं सविनाले भन्नुभयो । आफ्नो भन्दा पनि बच्चाको माया लाग्दो रहेछ सविनाको श्रीमानले भन्नुभयो, ‘बल्लतल्ल ज्यान जोगियो ।’ अव खानेवस्ने ठाउँ छैन । उहाँले भन्नुभयो । सविना सँगै २ महिनाकी सुत्केरी हरिमाया विक र तिनमहिनाकी गिरु विक राम्चेको दलित सामुदायिक भवनमा राखिएको छ । उनीहरुले पेटभरी खान पाएका छैनन् । सुत्केरी महिलालाई पौष्टीक आहारको आवश्यकता पर्दछ तर उनीहरुले पेटभरीनै गरी खान खाद्यन्नको अभाव छ ।

यतिखेर खाने खाद्यन्न सकिएको छ । लत्ताकपडाको अभाव छ । बच्चालाई न्यानो कपडा लगाउन पाएकी छैन हरिमाया विकले रुदै भन्नुभयो, ‘चिसाका कारण बच्चा विरामी हुनथालेको छ ।’ हरिमायालाई बच्चालाई कसरी जोगाउने भन्ने चिन्ता छ ।

हामीलाई भेट्न कोही आएका छैनन् सविनाले भन्नुभयो, ‘माथि आकाशमा हेलिकप्टर उड्छ । हाम्रो दुःख र समस्या बुझ्न कोही आउँदैनन् ।’ यहाँहरु पहिलो पटक आउनुभयो सविनाले भन्नुभयो ।

सुत्केरीहरुलाई पौष्टीक आहार र बच्चालाई न्यायो कपडाको अभाव । राहत जिल्ला सदरमुकाममा थन्किएको छ । मराङ पुग्नका लागि सडक त पुरै बन्द नै छ । पैदल हिड्ने बाटो समेत छैन । जोखिम मोलेर पहिरोको यात्रा गर्नुपर्दछ । पहिरो गएको दुई हप्ता हँुदा पनि सामान्य पैदल हिड्नका लागि बाटो बनाइएको छैन ।

पहिरो पीडितको राहत र व्यवस्थापनका लागि प्रदेश र संघ सरकार उदासिन बनेको मराङवासीहरुको गुनासो छ । गाउँपालिकाको क्षमता अनुसार गरेका छौं गाउँकार्यपालिका सदस्य तिलकुमारी केसीले भन्नुभयो, ‘गाउँभरी पहिरो गएको छ ।

पहिराले सवै सखाप पारेको छ । मराङवासीहरु पीडा र दुःखमा छन् । आँखाबाट आशु बगिरहेको छ तर दुःखमा साथ दिन कोही आएका छैनन् ।’
आँखाबाट आशु झार्दै केसीले भन्नुभयो ‘मराङवासीहरुको पीडामा मलम लगाउन हामीले सकिरहेका छैनौं । हाम्रो क्षमता पनि छैन ।’

सुत्केरीको पीडा सुनेपछि ……


शनिबार म्याग्दीका पत्रकार र सिधाकुरा जनता सँग कार्यक्रमका प्रोस्तोता रबी लामिछाने सहितको टोली मराङको राम्चेमा पुगेको थियो । पत्रकार सँगको कुराकानीमा सुत्केरी महिलाहरुले आफुले पेटभरी खान समेत नपाएको बताएपछि सँगै पुग्नुभएका ओमकुमारी शान्तिकोषका अध्यक्ष  राजेश शाक्य र सचिव लोकेश पुनले तत्काल हेलीकप्टर मार्फत दरङबाट ९ बोरा चामल र ४ प्याक तोरीतेल झिकाएर वडा सदस्य तिलकुमारी केसीलाई हस्तान्तरण गर्नुभयो ।