पहिरो पीडितको सहयोगका लागि काँग्रेसले संकलन ग¥यो १० लाख

विकल्प न्यूज/बेनी
साउन ९ गते । 

म्याग्दीका पहिरो पीडितहरुको राहतका लागि नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रुपियाँ सहयोग संकलन गरेको छ ।
गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका लागि उक्त रकम संकलन भएको हो ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा काँग्रेसका सभापति खम्बीर गर्बुजाले पहिरो पीडितहरुको सहयोगका लागि असार २६ गते नै जिल्ला कार्यसमितिको वैठक वसी देश तथा विदेशमा रहेका म्याग्देलीहरुलाई सहयोगको आह्वान गरेको बताउनुभयो । पार्टीको आह्वान अनुसार सहयोग रकम प्राप्त हुने क्रम रहेको उहाँले बताउनुभयो ।

 

विपद्मा परेकालाई सहयोग गर्न म्याग्दी काँग्रेसले राहत तथा उद्धार कोष स्थापना गरेको उहाँले बताउनुभयो । कोषमा जम्मा भएको सहयोगलाई पार्टीले तयार पारेको राहत तथा उद्धार निर्देशिका अनुसार पीडितहरुको घरसम्म राहत पु¥याउने उहाँले बताउनुभयो ।
जिल्लामा आएको ठूलो विपत्ती पनि प्रदेश र संघिय सरकारबाट राहतको कार्यक्रम आउन नसक्नु दुःखद पक्ष रहेको सभापति गर्बुजाले बताउनुभयो । अहिलेको ठूलो विपत्तीको सामाना गर्न स्थानीय सरकारले नसक्ने भएकाले प्रदेश र संघ सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाई थियो ।

पहिरो पीडितहरुको दयनीय अवस्था हेरेर पार्टीले राहत तथा पुनस्र्थापनाका लागि अभियान सञ्चालन गरेको उहाँको भनाई थियो । पहिरो पीडितहरुको राहत र पुस्र्थापनाका लागि जिल्लाका सरोकारवालाहरुले तत्काल योजना बनाउनुपर्ने सभापति गर्बुजाले बताउनुभयो ।
कार्यक्रममा पार्टी उपसभापति माधप्रसाद रेग्मी,प्रवक्ता अजयमिलन श्रेष्ठ, सचिव क्या. मिनबहादुर कार्की र सहसचिव भरत रकालले बाढी र पहिरो पीडितहरुको राहत र सहयोगका लागि सरकार गम्भिर नभएको बताएका थिए । पहिरो प्रभावित क्षेत्रहरुमा तत्काल प्रदेश र संघ सरकारले राहतको कार्यक्रम ल्याउन काँग्रेसले माग गरेको छ ।