लायन्सले जुटायो पहिरो पीडितको लागि ६ लाख भन्दा बढिको सामग्री

ममता बराइली / बेनी
साउन ९ गते ।

म्याग्दीमा क्रियाशिल लायन्स क्लबहरुले म्याग्दीको बाढि पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छ । गत असार २५ गते धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाँउपालिका ७ बिममा गएको पहिरो पिडितहरुको लागि करिब ६ लाख ५० हजार बराबरको राहत सामग्री सहयोग गरेको हो ।

 

लायन्स क्लब अफ बेनी म्याग्दी , महारानी, म्याग्दी दोभान, बेनी सिटि, मल्लाज, पिस सिटि, म्याग्दी दरबाङ, अन्नपूर्ण म्याग्दी र मंगला को सहयोगमा संकलन भएको सामग्री शुक्रबार लायन्स क्लबमा कार्यरत टिमको उपस्थितीमा जिल्ला प्रशासन कार्यलयलाई हस्तान्तरण गरिएको हो ।
१९५ त्रिपाल, १६७ कम्बल, ६ रोल म्याट्रेक्स, तन्ना र तकिया ३२ सेट र ६० वटा र्टच लाइट गरि करिब ६ लाख ५० हजार बराबरको सामग्री गाडि मार्फत पठाउने तयारी भएको लायन्स क्लब अन्तराष्टिय डिस्ट्रीक ३२५ बि वान का स्पेशल सेकेट्ररी सन्तोष रावलले बताउनुभयो ।