जापानबाट म्याग्दीले विद्यार्थीहरूले पठाए पहिराे पीडितलाई सहयाेग

विकल्प न्युज/ बेनी

साउन ७ गते । 

जापान पढ्न गएका म्याग्देेेेलि विद्यार्थीहरूले पहिराे पीडितहरूलाई सहयाेग पठाएका छन ।

गत  असार २५ गते धौलागिरि गाउँपालिकाकाे ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिममा गएकाे पहिराेका पीडितहरूकाे सहयाेगका लागि दुईलाख २६ हजार ५ सय ६३ रूपैया पठाएका हुन ।

बुधवार म्याग्देलि विद्यार्थी का प्रतिनिधि विनाेद केसिले अाेमकुमारी शान्तिकाेषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयाे । 

जापानमा रहेका पदम गर्बुजा,चित्रा पुन,मिलन केसि,विकास केसी र बिमल वुढाथाेकी लगायतकाे पहलमा रकम संकलन गरि पठाएको प्रतिनिधि केसिले बताउनुभयाे ।

पहिराे पिडितहरूलाई  राहत र पुनर्स्थापना का लागि शान्ति काेषले सहयाेग अभियान संचालन गरेकाे छ । काेषमा अहिले सम्म  ८ लाख पचास हजार रूपियाँ संकलन भएको काेषका कार्यालय सचिब डक बहादुर राेकाले जानकारी दिनु भयाे ।

पहिराेमा परेर विममा ८ र मराङमा १९ जनाकाे मृत्यु भएकाे थियाे भने विममा १, मराङमा २ जना अझै वेपत्ता छन ।