बर्खे झरी र राजनीति

शान्ति वस्नेत /विकल्प न्यूज
साउन ७ गते ।

दिनपछि रातको आगमन भएजस्तै हरेक दुःख पछिको सुखद समयको प्रतीक्षा हामीले गरिनै रहेका हुन्छौं । हरेक दिनले हरेक समय लाई झेलीनैरहेका हुन्छौं तर पनि हामी प्रतिकक्षा गर्न छोड्दैनौ। हरेक गुधुली साँझ सँगैं रातको त्यो संकेत गरे झै मिर्मिरे उषा किरणले दिनको सङ्केत गरे जस्तै यो बर्खे झरीले पनि आफ्नो मौसमको प्रत्याभूति गर्नेगर्दछ।

प्रकृतिले पनि आफ्नो कर्म बिर्सिएको छैन तर यहाँ मान्छेहरुले भने प्रकृति जत्तिकै पनि आफ्नो कर्मलाई निर्वाह गर्न सकेको छैनन् । जीवन त अमुल्य हो । अहिले मानिस मानिस बीच मूल्य तोकातोक गरेर आफु आफुबीच तछाडमाछाड गर्ने मानिसहरुको कमी छैन।
बर्खामासको भेल जस्तै बनीरहेको छ मानिसको जीवन पनि कुन बेला कहाँ कहाँकस्तो बाढी पहिरो जाने हो आउने हो पत्तै पाइसक्नुछैन। बर्खे झरी र राजनीति उस्तै हुन थालेकोछ। पानी को मुहान नभएको सुख्खा स्थानमा पनि पानी पलाउन सुरु गरेको छ र आशाको किरण जगाउन थालेको हुन्छ।

कतिपय स्थानमा धेरै बाढी आएर जनजीवन नै अस्तव्यस्त बनाएका घटना हरेक वर्ष हामीले भोग्दै आउका छौ। त्यो भेल पनि आफै सुकेर जान्छ पानी पलाउने र सुक्नेको पत्तोनै नहुने तैस्तै हो राजनीती पनि बर्खाको भेल जस्तै भएकोछ।

कहिले आशाको किरण चारैतिर फैलिएको हुन्छ । कहिलेकाही त्यही किरण नै अँध्यारो औसिको रात जस्तो भएर आउनेगरेको छ।
हरेक स्थानमा राजनीतिको गन्ध दुर्गन्धित तरिकाले फैलीरहेको छ। बर्खाको भेल जस्तो तरिकाले राजनीतिले हानी पु¥याइरहेको छ । प्रकृतिको त्यो सुन्दर अनुपम मैदान आज भेलले ढुबाए जस्तै आज नेपालीहरुको त्यो कोमलह्दय पनि राजनीतिले गर्दा ढुबानमा पारेको छ ।

बाढीले बर्खामा नेपालीहरूको मन रुवाएको छ । तर राजनीतिले हिउँददेखि बर्खा केही पनि नबिराई नेपाली मन रुवाइरहेको छ ।
राजनीतिले आफ्नो देश सधै ढुबीरहेको छ । सरकारी निकायबाट हरेक बिपत्तिहरुलाई सम्बोधन त गर्ने गरेको छ । तर जब बिपद्को समयावधि सकिदै जान्छ नि उनीहरु ले पुनः बिपद आउछ भन्ने कुराको हेक्का नै राखेका हुँदैनन । जव विपद् पर्दा मात्रै अर्को पटक यस्तो विपद् पुन अर्को वर्ष दोहोरीनदिऔं भन्ने कुराको प्रतिवद्धता जायर गर्ने चलन छ ।

तर यो पनि राजनीति दलहरूले चुनाबको समयमा चुनावी नाराहरु प्रतिबद्धता गरेर प्रचारप्रसार गरेजस्तो मात्रै हो । काम गर्न भाषण गरे जस्तो सजिलो हुन्छ र जुनसुकै कुरा पनि नि बोल्न सजिलो काम गर्न त गाहे नै हुन्छ । हाम्रो देशले धेरैनै नेता त जन्मायो तर जनताको मर्म बुझन सक्ने नेता जन्माउन सकेन ।
साउने भेल जस्तै बनेको छ राजनीति चुनाव आउँदा भने रातदिन नभनी जनताको घरदैलोमा पुगेर अनेकौं झुटा सपनामा अल्मल्याएको पनि धेरै बर्ष बितिसकेको छ।

सानालाई पाखा र ठुला लाई काख गर्न प्रवृत्ति कहिल्यै पनि हटेकोछैन जुन जोगीआएनी कानै चिरेको भने जस्तै भएकोछ।
हरेक क्षेत्रमा राजनीतिले नछोएको ठाउँ नै छैन एउटा जनताका लागि अत्यन्तै बिश्वासिलो स्थान कर्मचारीतन्त्र यो झनै राजनीतिको मुख्य मैदान सम्झेर नीतिगत रुपमा हरेक स्थानमा गोल गरिरहेका छन ।

हरेक राजनीति सँग कर्मचारीको स्वार्थले गर्दा पनि मुख्य रुपमा कार्यहरुले गतिलिन सकेको छैन । नीतिगत आफ्नो जिम्मेवारी विर्सेर कहाँबाट कसरी कमाउन सकिन्छ भन्ने दाउँमा मात्रै आफ्नो दिनचार्य विताउने गरेको प्रशस्त उदाहरणहरु छन् ।
राजनीति आफै असफल हैन तर यहाँ राजनीतिकको खोक्रो खोल ओढ्नेहरु केही तत्वहरुले गर्दा देशलाई पनि बर्खे झरी जस्तै राजनीतिले पनि सबैको मन रुबाएको छ ।

सबै जना सावधानी अपनाउनु पर्नेछ। बर्खे झरी र यो राजनीतिले धेरैको जनजीवनमा कष्टकर थपिदिएको छ ।