रुप्सेमा ठूलो बाढी आयो,पुल र होटल बगायो

विकल्प न्यूज/बेनी
साउन ५ गते । रुप्सेमा बाढी आएपछि बढेको कालिगण्डकी । तस्विर सुरेन गुरुङ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनामा सोमबार ठूलो बाढी आउँदा बेनी जोमसोम सडक खण्डक अन्तर्गत रुप्से खोलामा रहेको पक्की पुल बगाएको छ ।

प्रारम्भीक जानकारी अनुसार रुप्से झरनामा आएको बाढीले होटल,पार्किङ गरेर राखेको बस र एक्साभेटर बगाएको भन्ने जानकारी आएको प्रहरी नायब उपरिक्षक किरण जंग कुँबरले बताउनुभयो ।

बाढीले रुप्से झरनाको फेदीमा रहेको होटल पनि बगाएको दानाकी रिता बरुवालले जानकारी दिनुभयो । उहाँका अनुसार होटल छेवैमा राखिएको एउटा बस र एक्साभेटर पनि बगाएको छ । कालीगण्डकी नदीमा पनि पानीको सतह बढेको उहाँले बताउनुभयो ।

दिउसो रुप्सेको शिरमा ठूलो बर्षा भएको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यसै गरी म्याग्दीखोलाको पानीको सतह पनि बढेको छ । वर्षा भइरहेको र नदीमा पानीको सतह बढेकाले नदी तटीय क्षेत्रका वस्तीलाई सर्तक हुन प्रहरीले अनुरोध गरेको छ ।