गण्डकी प्रदेशका ७ जिल्लामा थपिए १५ जना कोरोना संक्रमित

असार २८, २०७७ काठमाडौं :

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका सात जिल्लामा १५ संक्रमित थपिएका हुन्। आज सबै भन्दा धेरै तनहुँमा ६ जना थपिएका छन्।

त्यस्तै बागलुङ, पर्वत र गोरखामा २/२ जना नवलपरासी पूर्व, स्याङ्जा र लमजुङमा एक एक जना थपिएका हुन्। पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार १ सय ९२ पुगेको छ भने ७ सय २६ जना डिस्चार्ज भएका छन्। thha khabar