ताजा समाचार:
Search

‘विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपालीले कोरोनालाई जिते’

२८ असार, काठमाडौं ।

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपालीले कोरोनालाई जितेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको निधन भएन ।

विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

डा. सापकोटाका अनुसार शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमणमुक्त भएका छन् ।

अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

एनआरएनएका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ भने ४६ हजार ३ सय ४६ जना संक्रमित छन् ।

यसैबीच नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको छ ।

यसैगरी १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।online khabar