ताजा समाचार:
Search

आँखै अगाडी आफन्त पहिरोमा पुरिए (भिडियो सहित)

विकल्प न्यूज/सिवाङ
असार २७ गते । ‘मध्यरातको समय थियो एक्कासी माथिबाट ठूलो पहिरो खस्यो । सवै जना भागभाग भयौं । हेर्दा हेर्दै आँखै अगाडि तिनजनालाई पहिरोले पु¥यो । बचाउन सकिएन । ’ मराङ कल्लेनीका तोरण बहादुर भण्डारीले भन्नुभयो ‘भागेर ज्यान बच्यौं छिमेकीलाई बचाउन सकिएन ।’ विहिवार राती ठूलो पानी परेको थियो । मध्यरातमा त माथिको डाडै खसेर आयो उहाँले भन्नुभयो । शनिबार भण्डारीलाई हेली मार्फत उद्धार गरी सिवाङ ल्याइएको हो ।  धौलागिरि गाउँपालिका ६ मराङको कल्लेनीमा पहिरोमा परेर तिनजना वेपत्ता भएका छन् । वस्ती देखि माथि डाडाबाट आएको पहिरोका कारण विस्थापीत भएका ७५ जनालाइ उद्धार गरी सिबाङ स्थित हेम माविको भवनमा राखिएको छ । गाउँपालिका र स्थानीयवासीहरुले पीहिरो पीडितहरुलाई खाने र वस्ने व्यवस्था गरिएको छ ।शनिबार पहिरोमा फसेका तिनजनालाई प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरी सिवाङ ल्याइएको छ । ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र युवा व्यवसायी नारायण जिसीको पहलमा पुगेको हेलीकप्टरले उनीहरुलाई सिवाङ ल्याएको हो ।

https://www.youtube.com/watch?v=ucD5iM91Ou4&t=189s

अन्य पहिरो पीडितरुलाई शुक्रबार दिउसो नै उद्धार गरी सिवाङ ल्याइएको थियो । भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण उद्धार,वेपत्ताको खोजी र राहत वितरणमा समस्या भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । शनिबार साँझ सम्म पहिरोमा परेर घाइते भएका सवैलाई उद्धार गरिएको र पहिरोमा फसेकाहरुलाई पनि उद्धार गरी सुरक्षित स्थलमा राखिएको उहाँले बताउनुभयो ।