म्याग्दी पहिरो अपडेट ः वेपत्ता २७ जनाको शब भेटियो ( विवरण सहित)

विकल्प न्यूज/बेनी
असार २७ गते । विहिवार देखि अविरल वर्षा पछि म्याग्दीका विभिन्न स्थानहरुमा गएको पहिरोका कारण वेपत्ता भएका २७ जनाको शब भेटिएको छ । शनिबार नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीयवासीहरुको सक्रियतामा पहिरो स्थलमा वेपत्ताहरुको खोजी गर्दा २७ जनाको शब संकलन भएको प्रहरी नायब उपरिक्षक किरणजंग कुबरले जानकारी दिनुभयो । धौलागिरि गाउँपालिका ६ मराङमा गएको पहिरोमा परि वेपत्ता भएका २१ जना मध्य १८ जनाको शब भेटिएको प्रहरीले जनाएको छ । यसैगरी मालिका गाउँपालिका ७ बिममा गएको पहिरोमा परी वेपत्ता भएका ९ मध्य ८ जनाको शब भेटिएको प्रहरीले जनाएको छ । भेटिएका शवहरुको सनाखत भएको छ ।
यसै गरी रघुगंगा गाउँपालिका ६ ठाडाखानीका नलीमान छन्त्याल शुक्रबार खोलाले बगाएर मृत्यु भएको थियो ।
शुक्रबार नेपाली सेनाको र प्रभुको हेलिकप्टरले १२ जना घाईतेहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बेनी अस्पतालमा ल्याइएको छ । गम्भिर घाइतेहरुलाई पोखरा र काठमाण्डौ रिफर गरिएको छ । प्रभुको हेलिकप्टर ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र युवा व्यवसायी नारायण जिसीको पहलमा उद्धारका लागि ल्याइएको थियो ।  

 

  • पहिरोका हटस्पटहरु (७)
  • मालिका गाउँपालिका : बिम, दुले र नुरवाङ्ग (३)
  • धवलागिरी गाउँपालिका: मराङ, कल्लेनी, राम्चे र रिखा (४)

मृत अवस्थामा फेला परेका व्यक्तिहरुको बिबरण

जिल्लामा विपदको कारणले हालसम्म २७ जना व्यक्तिको मृत्यु भएको छ । उल्लेखित व्यक्तिहरुको लाशलाई सुरक्षाकर्मी र स्थानीय समुदाय समेतको सक्रियतामा उत्खनन गरी सनाखत समेत भईसकेको छ ।

 

  • मालिका गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्यक्तिहरुको बिबरण
  • मालिका गा.पा. ०७ विम बस्ने बर्ष ४० की बिष्णु पौडेल
  • ऐ.ऐ. बस्ने बर्ष ४ की ईच्छा पौडेल
  • ऐ.ऐ. बस्ने गौदेवी नेपाली (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने विशेष नेपाली (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने विर बहादुर नेपाली (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने निजको ३ महिनाको छोरी निशा नेपाली (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने बिष्णु नेपाली (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने सन्दिप नेपाली (अन्य विवरण नखुलेको)

 

  • धवलागिरी गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्यक्तिहरुको बिबरण
  • धवलागिरी गा.पा. -०६ मराङ्ग बस्ने तुल बहादुर क्षेत्री
  • ऐ.ऐ. सुकना लामगादे ( अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने आशिस लामगादे (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने आयुष लामगादे (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने आयुषा लामगादे (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने रेश्मा सुनार (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने मन सुनार (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने कमला श्रीपाली (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने सुरक्षा श्रीपाली (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने सुरज श्रीपाली (अन्य विवरण नखुलेको)
  • ऐ.ऐ. बस्ने जनिमा के.सी.को छोरा बर्ष १८ कोप्रकाश के.सी.
  • ऐ.ऐ. बस्ने बर्ष अं. ३३ की हिरा मति जुग्जाली ।
  • ऐ.ऐ. बस्ने बर्ष अं. ७ की करिश्मा जुग्जाली ।
  • ऐ.ऐ. बस्ने बर्ष अं. ५ की कञ्चन जुग्जाली ।
  • ऐ.ऐ. बस्ने बर्ष ५५ की गौशरा जुग्जाली
  • ऐ.ऐ. बस्ने बर्ष अं. २० की दिमा जुग्जाली ।
  • ऐ.ऐ. बस्ने निजको छोरी बर्ष अं. ४ की दिप्ती जुग्जाली ।
  • ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष अं. १ को दिवान जुग्जाली ।

 

  • रघुगंगा गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्यक्तिहरुको बिबरण
  • जि. म्याग्दी रघुगगा गा.पा. ६ ठाडाखानि बस्ने बर्ष अं. ५० नलिमान छन्त्याल

 

 

  • घाईतेहरुको बिबरण
  • हालसम्म बिभिन्न स्थानबाट १२ जना घाईतेहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरुमा पठाईएको छ ।
  • पोखरा मणिपाल शिक्षण अस्पताल र काठमाण्डौ रिफर भएको बिरामीहरुः-
  • मालिका गा.पा. ०७ विम बस्ने बर्ष अं. ३६ को पूर्ण बहादुर नेपाली ढाडमा चोट खुट्टा फ्याकचर (अवस्था बोल्न सक्ने, पोखरा रिफर) ।
  • जि.म्याग्दी धवलागिरी गा.पा. ०६ बस्ने बर्ष २२ की मन्जिता श्रीपाली (गर्भवती महिला ढाँडमा समस्या) (अवस्था बोल्न सक्ने, पोखरा रिफर) ।
  • ऐ.ऐ. बस्ने बर्ष ७ को सफल श्रीपाली (अवस्था बोल्न सक्ने, पोखरा रिफर) ।
  • ऐ.गा.पा.-७ ताकम बस्ने बर्ष ६७ को सतदेबी बिटालु टाउको,हात,खुट्टा मा चोट (अवस्था मध्यम, पोखरा रिफर) ।
  • मालिका गा.पा.-६ बस्ने बालसिंह रोका (Nepal Mediciti Hospital, काठमाण्डौ) ।
  • बेनी अस्पतालमा उपचाररत
  • जिल्ला म्याग्दी धवलागिरी गा.पा.-६ मराङ रिखा बस्ने बर्ष १२ को अंकित जुग्जाली अवस्था सामान्य
  • ऐऐ.बस्ने बर्ष ३५ को कुशल पुन अवस्था सामान्य
  • ऐऐ.बस्ने बर्ष १६ की बिर्सना जुग्जाली अवस्था सामान्य
  • ऐऐ. बस्ने बर्ष ३४ को धन बहादुर जुग्जाली अवस्था सामान्य
  • ऐऐ.राम्चे बस्ने बर्ष ८७ की गौमती सुनार अवस्था सामान्य
  • ऐऐ.राम्चे बस्ने बर्ष २२ को दिपक श्रीपाली अवस्था सामान्य
  • ऐऐ. बस्ने बर्ष ७२ को हरि बिटालु अवस्था मध्यम

 

  • जिवितै सम्पर्कमा आएका व्यक्तिहरु

विपद पश्चात वेपत्ता भएका भनिएकामध्ये ३ जना व्यक्तिहरु स्वयं सम्पर्कमा आएका ।

  • जि.म्याग्दी धवलागिरी गा.पा. ०६ मराङ्ग रिखा बस्ने बर्ष अं. ४० को धन बहादुर जुग्जाली ।
  • ऐ.ऐ. बस्ने बर्ष अं. १४/१५ की रितु कुमारी जुग्जाली
  • ऐ.ऐ. बस्ने बर्ष अं. ४/५ को अर्जुन जुग्जाली

 

  • हालसम्म बेपत्ता रहेका व्यक्तिहरुको बिबरण
  • जि.म्याग्दी मालिका गा.पा. ०७ विम बस्ने एलिसा के.सी. (अन्य विवरण नखुलेको)
  • मालिका गा.पा.-६ बस्ने बर्ष अं. ४०/४१ की गिता रोका (खोलाले बगाई हराई बेपत्ता भएको) ।
  • जि.म्याग्दी धवलागिरी गा.पा. ०६ कल्लेनी बस्ने बर्ष ५१ की जनिमा के.सी.
  • ऐ.ऐ. बस्ने बर्ष १६ को सविन पुन ।

 

  • सुरक्षित स्थानमा स्थानान्तरण

जिल्लाभरबाट करिब ८९६ जना जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सि.नं. गाउँपालिका जनसंख्या
धवलागिरी गाउँपालिका अं.५९०
मालिका गाउँपालिका अं.१९६
रघुगंगा गाउँपालिका ८५
बेनी नगरपालिका २५
कुल जम्मा अं.८९६ जना
  • राहत वितरण

प्रभावित क्षेत्रहरुमा तत्काल जिल्ला प्रशासन कार्यालय म्याग्दीको संयोजनमा विभिन्न संस्थाहरु समेतको सहयोगमा बिभिन्न राहत सामाग्रीहरु बितरण गरिएको छ ।

सि.नं. बिबरण एकाई संख्या
पाल गोटा ३८
ब्ल्यांकेट गोटा ३३
म्याट र कम्बल सेट २५
चाउचाउ कार्टुन ८४
विस्कुट कार्टुन १६
तेल कार्टुन २०
नुन बोरा ५२
पानी प्याक
मसला बोरा
१० चामल बोरा ५०
११ दाल बोरा

 

  • सुरक्षा परिचालन

नेपाल प्रहरी (जिल्ला प्रहरी कार्यालय, म्याग्दी; विपद व्यवस्थापन कार्यदल, बाग्लुंग; प्रदेश सशस्त्र प्रहरी गण, पोखरा), नेपाली सेना (श्री श्री बक्स गुल्म, म्याग्दी), सशस्त्र प्रहरी बल गुल्म, म्याग्दी

हेलीकप्टर: नेपाली सेनाको MI17 र प्रभु एयरको हेलिकप्टर