म्याग्दीमा पहिरोमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो, वेपत्ताको खोजी कार्य जारी

विकल्प न्यूज/बेनी
असार २७ गते । म्याग्दीमा पहिरोमा परेर ज्यान गुमाउनेहरुको संख्या १५ पुगेको छ । विहिवार राती आएको अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्दा १५ जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।

 

पहिरोमा परेर धौलागिरि गाउँपालिका ६ मराङमा ९ जना र मालिका गाउँपालिका ७ बिममा ४ जना र दुखु गाउँकी एक महिला सहित ५ जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा खोलाले बगाएको १ जना गरि हाल सम्म १५ जनाको शब भेटीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीका अनुसार शनिबार शब भेटीनेको परिचय खुलेको छैन ।  

पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी कार्य जारी राखिएको छ । घटनास्थलमा नेपाली सेना,प्रहरी,शसस्त्र प्रहरी,जनप्रतिनिधि र स्थानीवासीहरुले खोजी तथा उद्धारमा जुटेका छन् । भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण शुक्रबार वेपत्ताहरुको उद्धार र खोजीमा समस्या आएको थियो । शनिबार भने मौसम अनुकुल भएकाले उद्धारमा टोली जुटेको हो । 

उद्धारका लागि बिम पुगेको प्रहरी निरिक्षक ध्रबप्रसाद शर्माका अनुसार बेपत्ता भएका ९ जना मध्ये हाल सम्म ४ जनाको शब पहिरोबाट निकालिएको छ ।