ताजा समाचार:
Search

म्याग्दीमा पहिरो अपडेट : २२ जना बेपक्ता, एक महिलालाई दुखु खोलाले बगायो

विकल्प न्युज/ बेनी
म्याग्दी, २६ असार ।
अविरल बर्षाका कारण म्याग्दीमा हाल सम्म २२ जना बेपक्ता भएका छन् ।

भने एक जनालाई खोलाले बगाएको छ। वेपक्ता हुनेहरुमा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ ।

धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् ।

त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मराङका १० जनाको मृत्यु भएको

स्थानीयबासीले खबर गरेपनी प्रहरी घटना स्थलमा पुग्दै छन् ।
त्यस्तै मालिका गाउँपालिकाको ६ दुखुकी ३८ बर्षीय एक महिलालाई दुखु खोला पार गर्ने बेलामा खोलाले बगाएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।