म्याग्दीमा थप २ युवामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

असार २४ गते ।

म्याग्दीमा थप २ जना युवामा  काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगलबार  काेराेना पाेजेटिभ अाएकाे हाे । दूवैजना विदेशबाट फर्किएर क्वारेन्टाइन मा बसेका थिए ।

काेराेना पुष्टि हुनेमा कुवेतबाट फर्किएर म्याग्दी क्याम्पस काे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका २ का ३५ वर्षिय पुरूष र भारतबाट अाई वेष्ट प्वाइन्ट क्वारेन्टाइन मा वसेका बेनी नगरपालिका १ का वर्ष ३३ का एक पुरूष रहेकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयाे ।

संक्रमित काे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उनिहरूलाई बेनी स्थित अाईसाेलेशनमा लागिएको छ ।

म्याग्दीमा संक्रमित काे संख्या २१ पुगेकाे छ । हाल सम्म १० जना निकाे भएर घर फर्किसकेका छन ।