ताजा समाचार:
Search

म्यानमारको खानीमा पहिरो जाँदा १०० जनाभन्दा बढीको मृत्यु

१८ असार, काठमाडौं ।

म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् ।

अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्यको हपकान्ट क्षेत्रमा रहेको उक्त खानीमा पहिरो गएको हो । भारी वर्षापछि आएको पहिरोमा परी मुनि ढुङ्गा जम्मा पारिरहेका मानिसहरु पुरिएका थिए ।

म्यानमारमा विश्वको सबैभन्दा धेरै जेड पाइन्छ । म्यानमारले वाषिर्क करिब ३० अर्ब डलरको जेडको कारोबार गर्ने गरेको छ । तर, खानीमा दुर्घटना भने भइ नै रहने गरेको छ । गत वर्ष पनि जेड खानीमा भएको दुर्घटनामा एक सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

अहिलेसम्म पहिरोमा पुरिएका मानिसहरु को हुन् भन्ने विषयमा भने यकिन हुन सकेको छैन । यो खानीमा ट्रकबाट खसेका जेडहरु पाइने आशामा मानिसहरु आएर यो क्षेत्रमा खोजी गर्ने गरेका छन् ।

यो क्षेत्रमा रुख नभएको कारण पत्थर पहिरोको खतरा रहेको चेतावनी विशेषज्ञहरुले दिँदै आएका थिए ।online khabar