ताजा समाचार:
Search

म्याग्दीका ४७ दिने शिशुको कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा मृत्यु

२०७७ असार १८ बिहीबार

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दी स्थायी घर भएका कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका ४७ दिने शिशुको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ । सोही अस्पतालमा जन्मेका शिशुको श्वास प्रश्वासमा समस्या देखिएपछि जन्मेको ४५ दिनको दिन घाँटीको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि अस्पतालमा रहेका उनको घाँटीको शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आइसोलेसेनमा उपचारत शिशुको संक्रमण पुष्टि भएको भोलीपल्ट मृत्यु भएको हो । संक्रमित शिशुको मृत्यु भएपछि उनको सम्पर्कमा आएका चिकित्सक र स्वास्थयकर्मीहरु शिक्षण अस्पतालकै क्वारेन्टाइनमा बसेका छन । आमाको भने कोरोना रिपोर्ट आउन बाँकी छ । यससँगै नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।tv annapurna