ताजा समाचार:
Search

नेकपामा कलह : पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीलाई सुझाब

असार १७, २०७७ काठमाडौं :

नेकपामा आन्तरिक कलह बढिरहँदा प्रधानमन्त्री केपी ओलीले पार्टीमा आएको जटिलता बारे आवश्यक सुझाव दिन आफूनिकटका नेताहरुलाई आग्रह गरेका छन्।  आफूनिकट स्थायी कमिटि सदस्य र मन्त्रीहरुलाई बालुवाटार बोलाई ओलीले पार्टीमा देखिएको जटिल परिस्थितिलाई सुल्झाउन सुझाव मागेका थिए।

यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले  आफू निटकका मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी गुरुङ, मन्त्रीहरु गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुसँग परार्मश गरेका हुन्।  बालुवाटार पुगेका सहभागीहरुले कोरोना महामारी जारी रहेको र अझै धेरै आर्थिक संकट आउने देखिएकाले यस्तो बेलामा पार्टीमा एकता कायम गर्न सुझाव दिएको बालुवाटर पुगेका स्थायी कमिटी सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बोलाएर गरेको परामर्शमा सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउनुपर्ने बताएको पर्यटनमन्त्री योगेश भट्टराइले बताए।  ‘पार्टी एकता र अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न आग्रह गुर्नभएको छ’ उनले भने

तर, बालुवाटरमा गएको भएपनि स्थायी कमिटीलाई लिएर कुनै रणनीति तयार नभएको संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ बताउँछन्। ‘पार्टीको अध्यक्ष र प्रधानमन्त्री भएको ठाउँमा बालुवाटर गइन्छ। तर, विवादित बिषयमा छलफल भएको छैन’ उनले भने। thha khabar