६० लाख लगानीमा गाउँमा कुखुरापालन(भिडियो सहित)

विकल्प न्यूज/बेनी
असार १६ गते ।
बेनी नगरपालिका–९ काउँलेगौडाका ओमकार पुरी र उहाँको भाईले ६० लाख लगानी गरेर गाउँमा कुखुरापालन व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर पुरी दाजुभाईले गाउँमा कुखुरापालन व्यवसाय थाल्नुभएको हो । कुुखुरा पाल्नका लागि दुइवटा व्यवस्थित खोर निर्माण गर्नुभएको छ ।

व्यवसायिक रुपमा कुखुरा पालन व्यवसाय गर्नुभएका पुरीले वर्षमा करिब १० लाख भन्दा वढी आम्दानी गर्नुहुन्छ । पुरी दाजुभाईले गाउँमा नमुना कृषक रुपमा पहिचान बनाउनुभएको छ ।

तिनवर्ष अघि पुरी पोल्ट्री फर्म स्थापना गर्नुभएका पुरीको फर्मबाट दैनिक रुपमा पाँच प्याक जति अण्डा उत्पादन हुन्छ । उत्पादित अण्डा बेनीमा सहजै विक्री हुने उहाँले बताउनुभयो । माग अनुसार अण्डा उत्पादन गर्न सकिएको छैन पुरीले भन्नुभयो, ‘बजारको माग धेरै छ उत्पादन बढाउन सकिएको छैन ।’ खोर निर्माण गर्न सरकारी निकायबाट अनुदानमा दुइलाख पचास हजार रुपियाँ पाएको उहाँले बताउनुभयो । कुखुरामा लाग्ने रोग र व्यवसायको क्षमता बढाउन सरकारी निकायबाट थप सहयोगको अपेक्षा उहाँको छ ।

पुरीको फर्ममा यतिखेर अण्डा उत्पादनका गर्ने लिर्यस कुखुरा छन् । ३ हजार कुखुरा पाल्न सकिने क्षमता फर्ममा दूई वटा खोरमा १३ सय अण्डा दिने र १५ सय अण्डा दिन तयार रहेका कुखुरा छन् ।

https://www.youtube.com/watch?v=PLfApipRQUM&t=28s

विगत तिनवर्ष देखि दुइभाई मिलेर कुखुरापालन व्यवसाय गर्नुभएको छ । विदेश जान भन्दा गाउँमै परिश्रम गर्ने सोचका साथ व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । परिवारका साथ गाउँमा व्यवसाय गर्दा आफूलाई धेरै आनन्द आउने गरेको उहाँको अनुभव छ । कोरोना भाइरसका कारण विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई सरकारले विशेष अनुदानको व्यवस्था गरेर गाउँमै कृषि पेशातर्फ आकर्षीत गर्नुपर्ने उहाँले बताउनुभयो ।