बागलुङ १४ र पर्वत १३ जना गरी गण्डकीमा ५३ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/बेनी
असार १५ गते । गण्डकी प्रदेशका पाँच जिल्लामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय प्रयोगशाला काठमाण्डौमा गरिएको पिसिआर परिक्षणमा बागलुङमा १४ र पर्वतमा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यसै गरी तनहुमा १० स्याङजा १० र गोरखामा ६ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ । थपिएका संख्या सँगै प्रदेशमा कुल संक्रमितको संख्या ९४९ पुगेको छ ।