ताजा समाचार:
Search

सलह किरा संकलन गर्नेलाई रघुगंगा गाउँपालिकाले १५ रुपैयाँ दिने

विकल्प न्युज/ बेनी

असार १५ गते । 

भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई प्रतिकिलो रु १५ दिने निर्णय गरेको गरेको छ ।

गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा सलह देखिएपछि म्याग्दीमा समेत भित्रिने जोखिमलाई मध्यनजर गदै गाउँपालिकाले हरेक वडाभित्रका किसानलाई आवश्यक सर्तकता अपनाउन सूचना जारी गर्दै लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘सलह किरा भित्रिनुपुर्व नै नियन्त्रण गर्न आवश्यक तयारीमा जुटेका छौ,‘सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका छौ’ गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले भने ।

उनले सलहले क्षती पुर्याएमा किसानलाई राहतको समेत ब्यवस्था गर्ने गरी तयारी सुरु भएको बताए ।

उनले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाउन आवश्यक तयारी गर्ने समेत वडालाई निर्देशन दिएको बताए ।

कृषि ज्ञान केन्द्रसँग समेत सहकार्य गरी गाउँपालिकाले स्थानीय विधिको प्रयोग गर्ने जनाएको छ ।

सलह किराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको र क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउने, धुँवा लगाउने, आगो बाल्नेलगायत सबै प्राकृतिक विधि अपनाउन किसानलाई आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।