ताजा समाचार:
Search

भारतमा करिब साढे पाँच लाख पुगे कोरोना संक्रमित

१५ असार, काठमाडौं ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख ४८ हजार ३१८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसका १९ हजार ४५९ संक्रमित फेला परेका हुन् ।

साथै भारतमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ३८० जनाको मृत्यु भएको हो । भारतमा कोरोना भधाइरसबाट संक्रमित हुनेमध्ये करिब तीन प्रतिशतभन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख २१ हजार ७२३ अर्थात् समग्र संक्रमितको ५८ दशमलव ६७ प्रतिशत हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म एक लाख ६४ हजारभन्दा धेरै संक्रमित भेटिँदा सात हजार ४२९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दिल्लीमा पनि ८३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार ६२३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि संक्रमितको संख्या ८२ हजार नाघेको छ । यो राज्यमा एक हजार ७९ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा २२ हजारभन्दा धेरै संक्रमित भेटिँदा ६६० जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६३९ जनाको मृत्यु भइसकेको छ । बिहारमा नौ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ६० जनाको मृत्यु भइसकेको छ ।online khabar