म्याग्दीमा थप दुई जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

असार १४ गते । म्याग्दीमा थप दुईजना महिलामा काेराेना पुष्टि भएकाे छ ।  उनिहरू हालै मात्र कुवेत र अाेमनबाट फर्किएका हुन ।

पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयले अाईतबार दिउसाे विज्ञप्ति मार्फत दुईजनामा काेराेना पुष्टि भएकाे जनाएको हाे ।

काेराेना संक्रमित हुनेहरूमा बेनी नगरपालिका  ३ कि ३०  वर्षिय र  धवलागिरि गाउपालिका  ६ कि ४० वर्षिय महिला भएकाेे स्वास्थ्य कार्ययालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे ।

उनिहरू बेनीकाे क्वारेन्टाइन मा बसेका हुन । याे संगै जिल्लामा काेराेना संक्रमित काे संख्या १६ पुगेकाे छ भने ६ जनामा निकाे भईसकेकाे छ ।