मंगला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस

विकल्प न्यूज/बेनी
असार ११ गते ।
म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत
रुपमा पारित भएको हो । 

गाउँ सभा सदस्यज्यूहरु !

उपस्थित गाउँपालिकाकाउपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं  उपस्थित सम्पूर्ण महानुभावहरु,

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड-१९) संक्रमणवाट मानव सभ्यता र मानव जातिमाथि नै अकल्पनिय संकट आइपरेको छ ।महामारी विरुद्ध यस गाउँपालिका आफ्नो क्षमता, श्रोत र साधनकासाथ जुटिरहेको यस कठिन घडीमा कोभिड-१९ वाट मंगलावासीको जिवन रक्षा गर्ने र महामारीवाट शिथिल भएको अर्थतन्त्रलाइ चलायमान वनाइ वैदेशिक रोजगारका लागि छिमेकी राष्ट्र भारत र तेश्रोमुलकमा रहि कोभिड-१९ का कारण प्रभावित भइ फिर्ता भएका नागरिकहरुलाइ व्यवसाय उन्मुख गराइ रोजगारी सृजना गर्न सकिने निति तथा कार्यक्रम वनाउन प्रयत्न गरेको छु ।

कोभिड-१९ को महामारीवाट स्वदेश तथा विदेशमा जीवन गुमाउनु भएका सम्पूर्ण नेपाली दिदी वहिनी तथा दाजुभाइ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु साथै स्वदेश तथा विदेशमा संक्रमित हुनु भएका सवै नेपाली दाजुभाइ तथा दिदिवहिनी हरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।महामारीवाट सुरक्षित राख्न नेपाल सरकारले गरिएको लकडाउनको पूर्ण परिपालना गर्नु भएकोमा मंगलावासी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु साथै आगामि दिनमा पनि नेपाल सरकार र गाउँपालिकाले चाल्ने हरेक कदममा निरन्तर सहयोग पाइरहने विश्वास लिइएको छु ।

संकटको यस घडीमा एकजुट भइ महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा अहोरात्र खटिनुहुने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, स्वयंसेवक, सवारीचालक लगायत राष्ट्रसेवक कर्मचारीको योगदानको उच्च प्रशंशा गर्दछु ।जोखिम पूर्ण यस परिस्थितिमा आ-आफ्नो तहवाट खटिनुहुने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कमाण्ड पोष्ट म्याग्दीका पदाधिकारी, जनप्रतिनिधी, राजनितिक दल, संचारकर्मी, उद्योगि व्यवसायी, यातयात व्यवसायी, निजिक्षेत्र नागरिक समाज लगायत सवै व्यक्ति तथा संघसंस्थालाइ धन्यवाद व्यक्त गर्दछु साथै असंगठीत क्षेत्रमा कार्यरत मजदुर, भुमिहिन सुकुम्वासीका लागि राहत वितरण कार्यमा लाग्नुहुने मंगलावासीहरुमा धन्यवाद दिन चाहन्छु ।

गाउँपालिकाले स्थापना गरेको कोरोना प्रकोप कोषमा स्वैच्छिक रुपमा नगद तथा जिन्सी सामाग्री योगदान गर्नुहुने वित्तिय संस्था, व्यक्ति तथा अन्य सामाजिक संघ संस्था स्वास्थ्य(पीपीइ, माक्स, स्यानीटाइजर) सामाग्री सहयोग गर्नुहुने सवै महानुभावहरुमा आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछु ।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी  स्थानीय तहमा विधायिकी,कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारको प्रमुखको रुपमा मंगला गाउँपालिकाको आर्थिक वर्ष २०७7/०७8 नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा मैले आफूलाइ गौरवान्वितभएको महसुस गरेको छु ।

 

नयाँ परिवर्तन पछि आम नागरिकले अवश्य पनि नयाँपनको अपेक्षा र आशा गर्नु अस्वभाविक होईन । यसरी नयाँपनको अपेक्षा गर्दै गर्दा प्राप्त हुने हरेक प्रकारको नयाँपनको दीगोपना प्रति पनि हामी सजग हुदै  आगामी आर्थिक वर्षमा मंगला गाउँपालिकामा सञ्चालन हुने विकासका क्रियाकलापहरुलाई जुनसुकै प्रकारले पनि दीगो तथा एकीकृत तवरले अगाडि वढाई समृद्ध मंगला गाउँपालिका वनाउनको लागि वास्तविकतालाई हृदयगंम गर्दै नीति तथा कार्यक्रमहरुको तर्जूमा गरेकोछु ।

आजको यस महत्वपूर्ण क्षणमा राष्ट्रलाई निरङ्कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत राज्य संचालन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै राष्ट्रियता,लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानसहित स्मरण गर्न चाहन्छु ।

गाउँसभाका सदस्यज्यूहरु

लोकतन्त्रको आधारस्तम्भको रुपमा एवं जनताले महसुस गर्न सक्ने र भेट्न सक्ने सरकारको रुपमा रहेको स्थानीय सरकारसंग जनताको विकास प्रतिको उच्च आकांक्षालाई समोचित सम्वोधन गर्दै समग्र गाउँपालिका समृद्धि तर्फ तिव्र गतिको यात्रा तय गर्नु पर्ने अवस्थामा हामी स्थानीय सरकारमारहेका छौँ ।यस विचमा स्थानीय सरकारको स्वरुपलाई  संविधान प्रदत्त व्यापक क्षेत्राधिकार भएको वलियो स्थानीय सरकारको रुपमा रुपान्तरण गर्ने प्रक्रियालाई संगसंगै र सावधानीपूर्वक अघि बढाउनु परेको छ । यस्तो जटिल र चुनौतिपूर्ण मोडमा लोकतन्त्रको संस्थागत विकास गर्न सदा सजग र संवेदनशील रहि मंगला गाउँपालिका निरन्तर काम गर्दै,नतिजा मुलक उपलव्धी प्राप्तिको लागि  अघि बढ्दैछ ।

नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकार,त्यसका अधिकार क्षेत्र र संघ,प्रदेश र स्थानीय सरकारविचको सहकार्य,समन्वय र सहअस्तित्व समेतको मर्म अनुसार नेपाल सरकार र प्रदेश सरकारले प्रस्तुत गरेको दिगो विकासको लक्ष्य प्राप्तिसहितको नीति तथा कार्यक्रम समेतलाई ह्दयंगम गरी तथा स्थानीय सरकार संचालनको दुई वर्षको अनुभव र गाउँसभा मार्फत पारित ऐन नियम तथा कार्यविधि समेतका आधारमा आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम तय गरिएको छ ।

गाउँसभाका सदस्यज्यूहरु,

स्थानीय सरकार जनभावना,जनआकांक्षा र आवश्यकताका आधारमा स्थानीय नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकास र  अपेक्षा पूरा गर्न विभिन्न चुनौतिलाइ सामना गर्दै दृढ संकल्पका साथ अगाडि बढिरहेको छ । भौतिक संरचना पर्याप्त नहुनु,कर्मचारी र अन्य स्रोतसाधनको कमी हुनु तथा संघ,प्रदेश र स्थानीय तहवीच आयोजनाको वर्गीकरण समयमा नहुनु जस्ता अनेकन प्रतिकूलताका बाबजुद स्थानीय सरकारले आर्थिक वर्ष २०७६/०७७ मा हासिल गरेका केही महत्वपूर्ण उपलव्धिहरु यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहान्छु ।

1.नेपालको सन्दर्भमा स्थानीय सरकार नवीनतम प्रयोग भएकाले स्थानीय सरकारको सुशासन,विकास र समृद्धिको लागि स्थानीय सरकार सञ्चालनका क्रममा स्थानीय तहलाई प्राप्त अधिकार क्षेत्रभित्रका विषयमा 21 वटा महत्वपूर्ण ऐन,नियम,निर्देशिका,कार्यविधि र मापदण्ड जारी भई स्थानीय राजपत्र प्रकाशन गरि कार्यान्वयनमा आएका छन् । यसबाट स्थानीय सरकारलाई संविधान एवं कानुन वमोजिम प्रदत्त विधायिकी अधिकारको संस्थागत हुंदै गएको र गाउँपालिकामा कानुनी र कार्यविधिगत आधार तयार भई काम कारवाहीमा थप सहजता आएको छ ।

  1. स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान र कानुन वमोजिम न्यायिक समिति गठन भई न्यायिक समिति समक्ष दर्ता भएका विवादहरुको आपसी छलफल र मेलमिलापको माध्यमबाट समाधान गरिएको छ । स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ४७ ले व्यवस्था गरेको न्यायिक समितिको अधिकार क्षेत्रको मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी उक्त केन्द्रको संयोजक समेत तोकि न्यायिक समितिबाट सूचिकृत गरेको मेलमिलापकर्ताबाट कामकारवाही अगाडि वढिरहेको कुरा अवगत गराउन चाहन्छु साथै न्यायिक समितिमा हाल सम्म दर्ता भएका मुद्धा दर्ता भएका संख्या 58, मेलमिलाप तथा छलफलको माध्यमवाट समाधान गरिएका मुद्धा संख्या 46 वटा र समाधान हुनवाँकी संख्या १२ वटा रहेका छन ।
  2. गाउँपालिका भित्रको ऐतिहासिक महत्व,पुरातात्विक वस्तु,कला,संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्धन गर्न वार्ड नं.०३ झाँक्रीपानी र वडा नं. १ टोड्केलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुका साथै सामुदायिक होम स्टे दर्ता गरि तालिम प्रदान गरिएकोछ र वडा नं. ३ झाँक्रीपानीमा भ्यूटावर,पर्यटन पदमार्ग र सामुदायिक भवन लगाएत अन्य पूर्वाधारहरु निर्माण गर्नकासाथै वडा नं. ५ चाङ्गामा पर्यटन प्रवद्धर्न गर्नका लागि सडक निर्माण गरिएको छ।
  3. ढुंगा,गिट्टी,बालुवा,माटोआदि प्राकृतिक एवं नदीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर संकलन गर्न गाउँपालिका क्षेत्रभित्रका वगर घाटहरुको नयाँ थप स्थानहरुको पहिचान गरी प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न भइ सो सम्वन्धि आय ठेक्का समेत सम्झौता गरी स्थानीय कर संकलनको दायरा वढाउने कार्यलाइ प्राथमिकतामा राखि आन्तिरक आयलाई वृद्धि गर्दै लगिएकोछ साथै व्यवसाय दर्ता,होमस्टे दर्ता लगायत नयाँ आन्तरिक स्रोतको दायरा फराकिलो बनाई चालु आर्थिक वर्ष ०७6/०७7 अनुमानित आन्तरिक आय रु. ५४,००,000।- अक्षररुपी चौउन्न लाखमा कोभिड -१९ को प्रभावले गर्दा रु. 40,8३,४९९।- अक्षररुपी चालिस लाख तिरायासी हजार चारसय उन्नानसय रुपैयाँ मात्र जेष्ठ मसान्त सम्म प्राप्त भएकोमा ढुंगा,गिट्टी,बालुवा,माटोआदि प्राकृतिक एवं नदीजन्य वस्तुको विक्री तथा निकासी शुल्क मध्ये कानुन अनुसार ४० प्रतिशत प्रदेश सरकारलाइ फिर्ता दिनु पर्ने रकम रु. 4,80,852 अक्षररुपी चार लाख असी हजार आठसय वाउन्न रुपैयाँ प्रदेश कोष तथा लेखा नियन्त्रणको खातामा दाखिला गरिएकोछ
  4. विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यालय शुशासन तथा व्यवस्थापनमा सुधार गर्न विद्यालयका प्रधान अध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारी संग निरन्तर अन्तरक्रिया कोभिड-१९ को प्रभावको सयम वाहेकसंचालनगरिएको छ । स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्दन र स्तरीकरण गर्न गाउँ शिक्षा समितिको गठन भइ क्रियाशिल रहेको कुरा अवगत गराउ चाहन्छु ।तहगतरुपमा सुन्य दरवन्दी भएका विद्यालयहरुलाइ लागत सहभागिताको आधारमा १० जना शिक्षकको व्यवस्था गरि शिक्षक आपूर्तिको समस्यालाइ कम गरीएकोछ । आधारभूत तहको परीक्षा सञ्चालन,अनुमगन र व्यवस्थापन गर्न छुट्टै कार्यविधि निर्माण गरि कक्षा आठको परिक्षा मर्यादित एवं व्यवस्थित रुपमा सम्पन्न गर्दै लगिएकोछ ।
  5. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण नेपाल सरकारले २०७६ चैत्र देखि देशमा भएको वन्दावन्दी (lockdowan) ले शैक्षिक सत्रको सुरुवात हुन नपाउदै विद्यालय वन्द भै पठनपाठन अवरुद्ध भएको अवस्थामा पूर्व प्राथमिक देखि कक्षा ३ सम्मका वालवालिकाहरुलाई अभिभावकको सहयोगमा घरमा नै गराउन सकिने क्रियाकलापको संगालो सहितको सिकाइ सामाग्री छपाइ गरि विद्यालय मार्फत १२०० थान पुस्तक अभिभावकहरुलाई वितरण गरिएको ।
  6. संघीय सरकारको एक स्थानिय तह एक प्राविधिक विद्यालय सञ्चालन गर्ने निति अनुरुप मंगला माध्यामिक विद्यालय वावियाचौरलाइ शैक्षकि सत्र २०७६ देखि कक्षा ९ वाट कृषि वाली विज्ञान विषयको प्राविधिकधार संचालन गर्ने गरि अनुमति दिइ कार्यान्वयनमा आएकोछ । संघीय सरकारवाट आवश्यक सहयोग प्राप्त भइ सकेको र यस गाउँपालिकावाट समेत थप प्रोत्साहन अनुदान प्रदान गरीएको छ ।
  7. विद्यालयको भौतिक संरचना सुधारका लागि गाउँपालिका स्तरवाट चालु आ.व.मा प्रयाप्त वजेट विनियोजन भइ कार्यान्वन भएको साथै संघीय सरकारको सहयोगमा विद्यालयको भौतिक संरचना निर्माणमा आवश्यक सहयोग प्राप्त भइ विद्यालयको भौतिक अवस्थामा सुधार भएकोछ ।
  8. गाउँपालिकावाट पुस्ताकलय व्यवस्थापन, विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला र वालविकास केन्द्र व्यवस्थापनको लागि कार्यक्रम प्राप्त भइ गुण स्तर सुधारमा टेवा पुगेकोछ । शिक्षणमा सुचना तथा संचार प्रविधिको प्रयोगलाइ वढाउन विद्यालयमा कम्प्यूटर, प्रिन्टर तथा फोटोकपी मेशिन उपलव्ध गराइएकोछ ।

10.गाउँपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रकृयामार्फत चालु आर्थिक वर्ष ०७6/०७7 मा स्थानीयस्तरको विकासका लागि 1८६ वटा वार्षिक योजना बनाई कार्यान्वयन गर्दै गर्दा कोभिड-१९ का कारण नेपाल सरकाले २०७६ चैत्र महिना देखि गरेको लकडाउनको समयमा निर्माण कार्य जारी रहेकाले जेष्ठ मसान्त सम्म पूँजिगत प्रकृतिका योजनाहरुको वित्तिय प्रगति करिव 45.04प्रतिशत र भौतिक प्रगति 95 प्रतिशत  पुगेको छ । त्यस्तै संस्थागत सुशासन र सेवा प्रवाह संग जोडिएका योजना तथा कार्यक्रम करिव सम्पन्न भै सकेको अवस्था छ । यसवाट जनप्रतिनिधिहरुको भूमिका नीति निर्माण र विकास निर्माणको अगुवाइ,अनुगमन एवं जनताको सुख दु;खमा साथ दिने गरी गाउँपालिका सशक्त हुँदैछ ।

11.गाउँपालिकाले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण,स्रोत साधनको अधिकतम उपयोगको लागि नेपाल सरकार तथा प्रदेश सरकार संग साझेदारी एवं संयुक्त व्यवस्थापनमा पूर्वाधार निर्माण लगायतका कार्य गर्दै आएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नेपाल सरकार संग साझेदारी गरी समन्वय,सहकारीता र सहअस्तित्वको सिद्धान्तलाई स्विकार गर्दै आइरहेको अवगत छ ।

१2.नयाँ संरचना, कर्मचारी अभाव, भौगोलिक कठिनाई, कानुनी अस्पष्टता र अन्यौलताका बावजूद पनि सार्वजनिक सेवा प्रवाह र सुशासनलाई पहिलो प्राथमिकता दिंदै जनताको सुख दु;खमा अभिभावकत्व ग्रहण गर्दै गाउँ गाउँमा सिंदरवारको अनुभूति गराउन गाउँपालिका सदा प्रयत्नशील रहेको अवगत गराउन चाहन्छु ।

१3. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने संवैधानिक अधिकारलाई प्रत्याभूत गर्न गाउँपालिकाले स्वास्थ्यकर्मी लगायतको सुविधा सहित वडा नं. ४ वुकेनीमा सामुदायिक स्वास्थ्य इकाई तथा कुहुँमा वर्थिङ सेन्टर स्थापना गरी संचालनमा लिईएको छ । स्वास्थ्य सेवा नागरिकको घरघर सम्म विस्तार गरी नागरिकको स्वास्थ्य सम्वन्धि मौलिक हकप्रति गाउँपालिका प्रतिवद्ध हुदै आएकोछ ।

१4. कर्मचारी समायोजन पश्चात सृजित कर्मचारी अभावको अवस्थामा समेत कर्मचारीहरुको उच्च कार्यसम्पादन एवं लगनशिलताका कारण सेवा प्रवाहमा चुस्तता आएको छ ।स्थानीय सरकारका प्रतिफलहरुलाई नागरिक समक्ष पुर्याउन कर्मचारी वर्गबाट भएको सकारात्मक भूमिकाको सदा सर्वदा स्मरण गरिनेछ ।

  1. मंगला गाउँपालिका क्षेत्रमा रहेको उर्भर भुमिको अधिकतम उपयोग गर्ने तर्फ कृषकहरुलाइ प्रोत्साहन गर्नका लागि अनुदानमा आधारितविविध कृषि सामाग्री, विउ विजन, किटनाश औषधी र फलफुल विरुवातथा अन्य सामाग्री र पशु क्षेत्रमा तपशिलमा उल्लेखित वितरण गरि कृषि र पशुपालन व्यवसायलाइ आधुनिकीकरण तर्फ लगिएको छ ।

तपशिल

क. कृषि तर्फ
क्र.सं. वितरति सामाग्री परिमाण संख्या उपलव्धि कैफियत
१. थ्रेसर 22 वटा धान गहुँ कोदो चुट्ने वडा नं.2, ५ र गा.पा.
२. मिनिटेलर 16 वटा खेतियोग्य जमिन खन जोत वडा नं.2, ५
3. प्लाष्टिक टनेल 97 वटा वेमौसमी तरकारी उत्पादन वडा नं.2,४, ५ र गा.पा.
4. प्लाष्टिक पोखरी 22 वटा सुख्खा सिजनमा सिंचाइ गर्न गा.पा.
5. गहुँको विउ 8000 के.जी. गुणस्तरिय विउ वाट उत्पादनमा वृद्धि गराउन गा.पा.
7. किटनासक औषधी ५०० वोतल(100 एमएल) मकै खेतिको गवारो किरा नियन्त्रण गर्न गा. पा.
ख. पशु पंक्षी तर्फ
1. वोयर वोका 7 वटा व्यवसायिक वाख्रा फार्म र समूहमा नश्ल सुधार गा.पा.
2. वोयरपाठी 16 वटा व्यवसायिक वाख्रा फार्म र व्यक्ति नश्ल सुधार गा.पा.
3. दाना वनाउने मेशिन 3 वटा व्यवसायिक कुखुरा फार्म गा.पा.
4. चापकटर 4 वटा व्यवसायिक वाख्रा र भैसी फार्म गा.पा.
5. पाडापाडी पालन 15 वटा (२ जनालाइ) स्थानीय भैंसी संरक्षणका गा.पा.
6. मुर्रा क्रस भैंसी 3 वटा व्यवसायिक भैंसी फार्मलाइ दुध विक्री गा.पा.
7. नमुना वाख्रा खोर निर्माण 1 वटा व्यवसायीक वाख्राफार्म गा.पा.
8. स्थानीय वाख्रा वितरण 17 वटा विपन्न लक्षीत आय आर्जन वृद्धि वडा नं. ४
9. जै घाँस 600 के.जी. व्यवसायिक पशुफार्मलाइ उन्नत आहार गा.पा.
10. सुपर नेपियर र पासपलम घाँस विरुवा 10000 सेट व्यवसायिक पशुफार्मलाइ उन्नत आहार गा.पा.

 

  1. गाउँपालिकाले गाउँपालिका भित्र प्राकृतिक तथा मानवीय सृजित कारणबाट हुन पुगेका घटनाहरुको तत्कालै सम्वोधन गरी स्थानीय सरकारको अनुभूति दिने प्रयास गर्दै आएको छ । वेनी दरवाङ्ग सडक खण्डको फापरखेत देखि दुखुखोला सम्म सडक आकस्मिक मर्मत सम्भारगरिएको छ साथै दुर्घटनामा घाइतेको तत्काल उद्धारका लागि वडा नं. १,२ र ३ मा हेलिप्याडको व्यवस्था गरिएको छ । सो प्रयोजनका लागि विपद व्यवस्थापन कोषबाट तत्काल वजेट प्रवन्ध गर्नुका साथै अग्नि पिडीत, वाढी पिडित, दैवी प्रकोपका क्षेत्रमाआर्थिक सहायता समेत प्रदान गर्दै आएको छ।
  2. सवै वडाका ज्येष्ठ नागरिक तथा अपाङग परिचयपत्र वितरण कार्य गाउँपालिकाको कार्यालयवाट गरिएको छ । महिला क्षमता तथा सशक्तिकरण कार्यक्रम लगायत लैङ्गिक हिंसा विरुद्धको अभियान विद्यालय र समुदाय स्तरमा संचालन गरिएको छ ।
  3. चालु आर्थिक वर्ष २०७६/०७७ मा यस मंगला गाउँपालिकाले गौरवका योजनाहरु सडक तर्फ सिम कोत्रवाङ्ग कुहुँ टोड्के सडक खण्डको सिम पैयूपाटा कुहुँ देउराली डाँडा स्तोरउन्नति, वावियाचौर सल्यान भर्जुला थाइवाङ हिदि सडक खण्डको वावियाचौर भर्जुला स्तोरउन्नति, पोक सातविसे वरंजा सडक खण्डको पोक-सातविसे पहिरो खोरिया स्तोरउन्नति, साम्तुङ टुनीवोट आर्भाङ खण्डमा स्त्तोरन्नति, पखेर पिङ्गे हाँसेडाँडास्तोरउन्नति र पोक नेटा किम्चौर सडकको जिल्ला पुर्वाधार कार्यालय म्याग्दी र सडक डिभिजन कार्यालय वाग्लुङ मार्फत स्तोरउन्नति, पुलचोक-पिपलवोट-पाँखु-धारा-सिर्कुम-टिकावाङ मोटरवाटोको पिपलवोट पाँखु स्तोरउन्नतिको कार्य,वावियाचौर वजार कालोपत्रे, मंगला शिक्षा क्याम्पस भवन, वडा नं. ४ वडा भवन इवीडीङ/सिलवन्दी वोलपत्र मार्फत गरिएको छ भने सिम कोत्रवाङ-खुम्ल्या-पैयुपाटा-कुहुँ-टोड्के नमुना सडक निर्माण स्तोरउन्नतिको अँधेरीखोला-टोड्के सडक खण्ड स्तोरउन्नति उपभोक्ता समिति मार्फत गरिएकोछ ।
  4. मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने फोहर मैला व्यवस्थापनको लागि वावियाचौर वजारको कुहिने र नकुहिने फोहर वर्गिकरण गराइ कुहिने फोहरलाइ प्राराङ्गिक मल उत्पादनमा प्रयोग र नकुहिने फोहर साप्ताहिक रुपमा संकलन गरि अस्थायी ल्याण्ड फिल्ड साइडमा व्यवस्थापन गरिनुका साथै वावियाचौर वजारमा ढल निकास निर्माण योजनालाइ निरन्तर रुपमा संचालन गरिएकोछ।
  5. पर्यटन पूर्वाधार विकास अन्तर्गत गाउँपालिकाको नाममा जग्गा व्यवस्था गरि गाउँपालिकाको लगानीमा वडा नं. २ वावियाचौरमा मंगला इन्देणी पार्क निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
  6. खेलाडी राष्ट्रका लागि खेल स्वास्थ्यका लागि भन्ने नाराका साथ माध्यामिक विद्यालय स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समपन्न भएकोछ ।
  7. गाउँपालिकावाट गत आ.व. र चालु आ.व. मागरि निम्न उल्लेखित भए अनुसारका भौतिक पूर्वाधार योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरि कार्यान्वन प्रकृया अगाडि वढाइएको छ ।

१. पोक-सातविसे-वरंजा ३ नं वडा कार्यालय हुदै ४ नं वडा कार्यालय जोड्ने मोटरवाटो, मंगला-५,३र४

2.. वावियाचौर वजार कालोपत्रे योजना

  1. महेन्द्र रत्न माध्यामिक विद्यालय छात्रावस निर्माण
  2. सिम कोत्रवाङ कुहुँ सडक
  3. ४ नं वडा कार्यालय भवन
  4. कुहँ पूर्णगाउँ टोड्के सडक
  5. मंगला इन्द्रेणी पार्क
  6. मंगला शिक्षा क्याम्पस छात्रावास निर्माण
  7. वरंजा धापुङ सिले अर्गल सडक
  8. पखेर डोरेभिर सातविसे पोक सडक
  9. म्याग्दीखोला नदी नियन्त्रण वडा नं. २,३र ५

 

  1. म्याग्दी नदीले पुर्‍याएको खेतियोग्य जमिन तथा वस्ती संरक्षणका लागि भु तथा जलाधार क्षेत्र संरक्षण कार्यालय र जिल्ला विपद व्यवस्थापन समितिको सहयोगमा हाँडेभिर, सहस्रधारा, पाना वगर र ताराखेतमा नदि नियन्त्रणका कार्यहरु गरिएकोछ ।
  2. राष्ट्रिय योजना आयोग, सिहंदरवार काठमाण्डौको मिति २०७६ पौष २ गते सार्वजनिक सुचना अनुसार समपुरक अनुदान र विशेष अनुदानमा स्थानियतहले दुवै तर्फ प्रत्येकमा ३/३ वटा योजना माग गरि पौष मसान्त भित्र प्रस्ताव पेश गर्नुहुन भनि उल्लेख भएकाले मंगला गाउँपालिकावाट उल्लेखित योजनाहरुको प्रस्ताव पेश गरिएकोमा पोक-सातविसे-वरंजा ३ नं वडा कार्यालय हुदै ४ नं वडा कार्यालय जोड्ने मोटरवाटो, मंगला-५,३र ४ सडकलाइ रकम रु. १ करोड 67 लाख रुपैयाँ समपुरक र अर्मन प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, मंगला-५ को लागि रकम रु. 1 करोड 60 लाख रुपैयाँ विशेष अनुदानको र प्रदेश योजना आयोग गण्डकी प्रदेशवाट सिम कोत्रवाङ-खुम्ल्या-पैयुपाटा-कुहुँ-टोड्के नमुना सडक निर्माण स्तोरउन्नति समपुरक अनुदानवाट ५० लाख र वावियाचौर वजार कालोपत्रे ४० लाख रवरंजा धापुङ सिले अर्गल सडक ५० लाख सशर्त अनुदान सिलिङ प्राप्त भएको सम्मानित सभा समक्ष माग प्रस्ताव पेश गरिएको जानकारी गराउन चाहन्छु  ।
  • समपुरक अनुदान तर्फ
  1. पोक-सातविसे-वरंजा ३ नं वडा कार्यालय हुदै ४ नं वडा कार्यालय जोड्ने मोटरवाटो, मंगला-५,३र ४
  2. वरंजा-धापुङ-सिले-अर्गल-सडक, मंगला-३र ४
  3. पखेर-डोरेभिर-सातविसे-पोक सडक, मंगला-३ र 5

ख) विशेष अनुदान तर्फ

  1. महेन्द्ररत्न माध्यामिक विद्यालय आवासिय भवन, मंगला-३
  2. अर्मन प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, मंगला-५
  3. भाइवाङखोला-कोत्रवाङ-सिम सिंचाइ योजना, मंगला-२

 

  1. आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेश पोखराको सार्वजनिक सुचना अनुसार समपुरक अनुदान र विशेष अनुदानमा स्थानियतहले दुवै तर्फ प्रत्येकमा ३/३ वटा योजना माग गरि पौष मसान्त भित्र प्रस्ताव पेश गर्नुहुन भनि उल्लेख भएकाले मंगला गाउँपालिकावाट उल्लेखित योजनाहरुको प्रस्ताव पेश गर्ने निर्णय गरियो ।
  • समपुरक अनुदान तर्फ
  1. सिम कोत्रवाङ-खुम्ल्या-पैयुपाटा-कुहुँ-टोड्के नमुना सडक निर्माण स्तोरउन्नति मंगला-2र 1
  2. वावियाचौर-काफ्लचौर-सल्यान-भर्जुला-थाइवाङ-हिदी नमुना सडक निर्माण मर्मत तथा स्तोरउन्नति, मंगला-2 र १
  3. पुलचोक-पिपलवोट-पाँखु-धारा-सिर्कुम-टिकावाङ मोटरवाटो स्तोरउन्नति, मंगला-५

ख) विशेष अनुदान तर्फ

  1. मंगला इन्द्रेणी पार्क निर्माण, मंगला-2
  2. मंगला शिक्षा क्याम्पस छात्रावास निर्माण, मंगला-2
  3. वाङ्गेधारा खानेपानी तथा सरसफाइ योजना, मंगला-3

 

  1. प्रदेश सरकारको मुख्य मन्त्री नमूना कृषि कार्यक्रम यस गाउँपालिकाको वडा नं. २, ३ र ५ मा नमूना कृषक समूह मार्फत कार्यक्रम संचालन गरिएकोछ ।
  2. मंगला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय वावियाचौरवाट आ.व. 075/076 मा उपभोक्ता समिति मार्फत संचालित योजनाहरु मध्ये उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिका अध्यक्ष तथा सचिव, स्थानीय तह निर्वाचन पश्चात उत्कृष्ट कार्य सम्पादन गर्ने वडा अध्यक्ष र गाउँकार्यपालिकाका कर्मचारीहरुलाइ नगद रु. १०,०००।-अक्षररुपी दश हजार रुपैया सहित 2076 पौष २३ गतेको गाउँ सभावाट सम्मान गरियो ।
  • उपभोक्ता समिति तर्फ
  1. सिम कोत्रवाङ-खुम्ल्या-पैयुपाटा-कुहुँ नमुना सडक निर्माण स्तोरउन्नति, मंगला-2 र 1-अध्यक्ष श्री एकजित रोका
  2. वावियाचौर वजार ढलनिकास योजना, मंगला-2 अध्यक्ष श्री विरेन्द्र खडका
  3. पोक-सातविसे-वरंजा ३ नं वडा कार्यालय हुदै ४ नं वडा कार्यालय जोड्ने मोटरवाटो, मंगला-५,३र ४- अध्यक्ष श्री वलाराम सापकोटा

4.रष्टिक भवन मर्मत, मंगला-४ सचिव श्री वुद्धी वहादुर पुन

  1. साउनेपानी जुरढुङ्गा मोटरवाटो, मंगला-५ अध्यक्ष श्री नर वहादुर छन्त्याल
  2. भेङ्गा सक्कल डाँडा खानेपानी योजना मंगला-३ अध्यक्ष श्री नु माया सार्की

ख) वडा अध्यक्ष तर्फ

  1. वडा अध्यक्ष श्री धन वहादुर खाती क्षेत्री, मंगला-२
  2. वडा अध्यक्ष श्री कविन्द्र रोका मगर, मंगला-3

ग) कर्मचारी तर्फ

  1. कार्यकारी सचिव(अधिकृत छैठौं) श्री राजेन्द्र आचार्य
  2. ना.सु(सहायक पाँचौ) श्री राधा कुमारी खत्री
  3. मंगला गाउँपालिका वडा नं. ५ को धारा किमचौर सडक निर्माण कार्यमा कडा चट्टान देखिएकाले उक्त चट्टान फोड्ने क्रममा ठूलो ढुङ्गा खसी एक वटा गोठ र सुन्तला वगैंचामा क्षति पुगे पश्चात श्री शिसु कल्याण मा.वि. सहित सिंगो गाउँलाइ वाटोको कारण असर पुग्ने देखिएकाले उक्त स्थानवाट सडक निर्माण कार्य अगाडी वढाउने सम्वन्धमा विभिन्न चुनौतिहरु देखिएको हुदाँ चुनौती समाधानका लागि मंगला गाउँपालिकावाट विभिन्न निकाय/तहहरु संग समन्वयन गरि भुगर्भविदको टोली समेत झिकाइ अध्ययन गराइ प्रतिवेदन समेत प्राप्त भएको सम्मानित सभा समक्ष जानकारी गराउदछु ।
  4. मंगला गाउपालिको खेतियोग्य जमिनमा सिंचाइ सुविधा उपलव्ध गराउनका लागि मंगला गाउँपालिकावाट स-साना सिंचाइ कुलाहरुको स्तोरउन्नति गरिएको छ भने प्रदेश सरकारको आर्थिक सहयोगमा सिमलचौर सिंचाइ योजना,भर्जुला सिंचाइ योजना,सल्यान सिंचाइ योजना,रणवाङ सिंचाइ योजना,पिपलवोट/शेराफाँट सिंचाइ योजना,भाईवाङ सल्यान सिंचाई योजना र दह सिंचाइ योजना निर्माण भएका छन ।
  5. मंगला गाउपालिकामा आधारभुत खानेपानी आपूर्तिका लागि मंगला गाउँपालिकावाट स-खानेपानी योजना निर्माण तथा स्तोरउन्नति गरिएको छ भने प्रदेश सरकारको आर्थिक सहयोगमा भर्जुला सल्यान खानेपानी, दुखु खोला रणवाङ खानेपानी, भाइवाङ पैयूपाटा खुम्ल्या खानेपानी र भर्जुला सल्यान खानेपानी, न्यूखोला जुकेपानी आल्टा वनाह खानेपानी योजना निर्माण भएका छन भने हिदी खानेपानी योजना संचालन प्रकृयामा रहेको छ।
  6. मंगला गाउपालिका क्षेत्र भित्र रहेका नदी तथा खोलाघाटमा आवतजावत गर्नका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम टिविएसयुको सहयोगमा काफलचौर कोत्रवाङ र न्यूखोला झोलुङ्गे पुल निर्माण समपन्न भएका छन भने प्रदेश सरकारको आर्थिक सहयोगमा लुलियाघाट र खोलाखर्क झोलुङ्गेपुल निर्माणधिन अवस्थामा रहेका छन ।
  7. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत मंगला शिक्षा क्याम्पस भवन निर्माण र धापुङ महेश मोटरवाटो निर्माण भैरहेको छ यस कार्यका लागि वजेट व्यवस्था गरिदिनु हुने प्रतिनिधी सभा सदस्य माननिय भुपेन्द्र वहादुर थापा ज्यूलाइ हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
  8. प्रदेश विकास साझेदारी कार्यक्रम अन्तरगत लरेनी भर्जुला मोटरवाटो, सिर्कुम चाङ्गा मोटरवाटो, सामुदायिक भवन वुकेनी, गतिशिल युवाक्लव खेल मैदान निर्माण र घेरावर, न्यस्टार युवाक्लव खेल मैदान निर्माण र घेरावर, खुम्ल्या वाल विकास केन्द्र भवन, पूर्णगाउँ टोड्के सामुदायिक होमस्टे भवन निर्माण, श्री जनआवाज आ.वि. खेलमैदान र वाटो निर्माण र रातामाटा खेल मैदान निर्माण भएका छन यस कार्यका लागि वजेट व्यवस्था गरिदिनु हुने गण्डकी प्रदेश सामाजिक विकास मन्त्री माननिय नरदेवी पुन ज्यूलाइ हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
  9. मंगला गाउँपालिका अन्तरगत रहेका हरेक गाउँटोल तथा वस्तिका नागरिकहरुको सामुहिक बैठक/भेला गर्नका लागि उनीहरुको पायक पर्ने स्थानमा एकीकृत सामुदायिक भवनको निर्माण कार्यहरु चालु आ.व. सम्ममा तपशिल अनुसार निर्माण भएको सम्मानित सभा समक्ष जानकारी गराउँद छु ।

तपशिल

 

क्र.सं. योजनाको नाम वडा नं निर्माणको अवस्था
१. लालि गुराँस सामुदायिक भवन निर्माणधिन
२. एकीकृत सामुदायिक भवन र्‍यालेखोर निर्माणधिन
३. एकीकृत सामुदायिक भवन हिदी निर्माण सम्पन्न
4. एकीकृत सामुदायिक भवन झाँक्रीपानी निर्माणधिन
5. पखेर सामुदायिक भवन खोप क्लिनिक पखेर निर्माण सम्पन्न
6. गतिशिल युवा क्लव सामुदायिक भवन निर्माणधिन
७. न्यूस्टार युवा क्लव सामुदायिक भवन निर्माणधिन
8. एकीकृत सामुदायिक भवन पाखर्क 5 निर्माणधिन
9. एकीकृत सामुदायिक भवन कुर्सीमला निर्माण सम्पन्न
10. सिमलचौर एकिकृत सामुदायक भवन 2 निर्माण सम्पन्न

 

 

3५.यस वर्षका हाम्रा उपलव्धिहरु उत्साहवर्धक छन् । गाउँपालिकाले लिएका नीतिहरुको कार्यान्वयनबाट स्थानीय नेतृत्वको विकास, शुशासन, समृद्धी भइ स्थानीय शशासन पद्धति सुदृढ  हुने प्रशस्त आधारहरु तयार भएका छन् ।हरेक दिन एक कदम अगाडि बढ्ने गाउँपालिकाको दृष्टिकोण र शैलीका  कारण सम्पूर्ण मंगलावासी नागरिको घरघरमा सिहं दरवारको अनुभित भएको महशुस गरेकोछु ।

 

 

गाउँ सभा सदस्यज्यूहरु !

अब म यहाँहरु समक्ष मंगला गाउँपालिकाको आर्थिक वर्ष २०७७/20७८ को लागि तर्जूमा गरिएको नीति तथा कार्यक्रमहरु प्रस्तुत् गर्ने अनुमति चाहन्छु ।

  • मंगला गाउँबासीको विद्यमान चाहना र आवश्यकतालाई उपलब्ध सिमित साधन र श्रोतबाट एकै पटक र एकै आर्थिक वर्षमा सम्बोधन गर्न सकिने अवस्था नरहने भएकोले यी समस्यालाई प्राथमिकताका आधारमा क्रमशः सम्बोधन गर्दै जाने नीति लिईनेछ ।
  • विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका श्रमिक, साना किसान, असाहय व्यक्ति र गरिव तथा विपन्न वर्गका परिवारलाइ लक्षित गरि स्वास्थ्य शिक्षा सिप विकास तालिमसाथसाथै रोजगारी एवं आय आर्जनको लागि एक वडा एक कृषि/पशु पकेट क्षेत्र निर्धारण कार्यक्रम संचालनमा ल्याइनेछ ।
  • एक वडा एक कृषि/पशु पकेट क्षेत्र निर्धारण कार्यक्रमका लागि प्रति वडा रु. ५ लाख रुपैयाँ वरावरको आवश्यक विउ विजन तथा मेशिनरी औजार सामाग्री मंगला गाउँपालिकाको एक वडा एक कृषि/पशु पकेट क्षेत्र संचालन कार्यविधि निर्माण गरि सो कार्यविधि भित्र रहि अनुदानमा उपलव्ध गराउने निति लिइएकोछ साथ साथै उक्ति नितिमा कृषिको लागि आवश्यक मल विउ तथा अन्य सामाग्रीका लागि सहुलियत कृषि पसल संचालनमा ल्याइनेछ।
  • कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि वन्दावन्दीलाइ प्रभावकारी वनाउन, राहत वितरण गर्न, औषधी उपलव्ध गराउन परिचालन गरिएका स्वयंसेवकहरुको कार्य अव उप्रान्त राष्ट्रसेवक कर्मचारी, प्रहरी र शिक्षकहरुवाट सम्पादन हुने व्यवस्था मिलाउदै जाने निति अख्तियार गरिनेछ ।
  • सवैको खाद्य अधिकारको सुनिश्चित गर्दै भोकमरीको अन्त्य गर्न गाउँपालिका स्तरीय खाद्य वैंक स्थापना गरि सोही वैंक मार्फत एकद्वार प्रणाली लागू गरि खाद्य पदार्थमा पहुँच नपुग्ने नागरिकहरुलाइ खाद्य उपलव्धताको सुनिश्चित गरिनेछ ।
  • समाजमा रहेका विद्यमान आर्थिक, भौतिक, शैक्षिक, सामाजिक/साँस्कृतिक, जातीय तथा लैगिक विभेदहरुलाई न्यूनिकरण गर्दै समतामूलक समाज निर्माणमा जोड दिईने छ यसका लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरणको नितिलाइ आत्मसाथ गर्ने निति लिइएकोछ ।
  • स्थानीय विकास प्रकृयालाई वातावरण मैत्री र दीगो विकासको अवधारणा अनुसार अगाडि बढाउन सकिएन भने यसले विनाशलाई पनि निम्त्याउन सक्ने भएकोले विकासका क्रियाकलापहरुलाई दीगो तथा एकीकृत विकासको अवधारणा अनुसार स्थानीयबासीको सक्रीय सहभागितामा गाउँपालिकाको दीगो तथा एकीकृत विकास योजना तयार पारी कार्यान्वयन लागि दैविक प्रकोप तथा विपद व्यवस्थापन कोष स्थापना गरी लागू गरिनेछ ।
  • गाउँपालिकालाई आर्थिक क्षेत्रमा समेत आत्मनिर्भर बनाउँदै लैजान अत्यावश्यक छ । त्यसैले गाउँपालिकामा कर राजश्व र गैरकर राजश्वको दायरालाई फराकिलो पार्दै उपयुक्त कर प्रणालीको अबलम्बन गरी हरेक नागरिकलाई कर र राजश्व अनिवार्य तिर्नु पर्दछ भन्ने वास्तविकतालाई आत्मसात गर्ने नीति लिईनेछ ।कोभिड-१९ ले आर्थिक वर्ष ०७६/०७७ मा पारेको प्रभावलाइ मध्य नजर गर्दै 077/078 का लागि करको दायरा यथावत गर्ने घोषणा गरिएकोछ।
  • समाजको आर्थिक समृद्धि उपलब्ध श्रोत र साधनको वैज्ञानिक व्यवस्थापन र न्यायोचित वितरण प्रणालिमा भर पर्ने भएकोले गाउँपालिकामा रहेका हरेक श्रोत-साधनहरुको यथोचित व्यवस्थापनलाई उच्च प्राथमिकता दिदै आन्तरिक आयको दायरालाई बढाउनका लागि राजश्व/करको सम्भाव्यता अध्ययनको आधारमा करको दर न्यूनिकरण गरी सवैलाइ सहभागिता गराइने नीति लिईनेछ ।
  • गाउँपालिका अन्तर्गत विद्युतिकरण हुन बाँकि रहेका ग्रामिण क्षेत्रलाई विद्युतिकरण गर्ने कार्यमा संघ र प्रदेशको समन्वय एवम् सहयोगमायथासक्य छिटो सम्पन्न गरि उज्यालो गाउँ पालिका घोषणा गरिनेव्यवस्था मिलाइनेछ ।
  • गाउँपालिका अन्तरगतका भौतिक तथा अन्य कुनै पनि विकास प्रकृयालाई पूर्णरुपले एकीकृत, जनमुखी तथा पारदर्शी बनाउदै सबै प्रकारका अनियमिततालाई न्यूनिकरण गर्दै आम नागरिकलाई सुशाशनको प्रत्याभूति हुने व्यवस्थालाइ निरन्तरता दिइने छ
  • गाउँपालिकामा हुन सक्ने सम्भावित आर्थिक तथा अन्य अनियमितताहरुलाई पूर्णतः नियन्त्रण तथा नियमन गर्नका लागि हरेक महिना प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्ष समक्ष प्रस्तुत गरेको प्रतिवेदन कार्यपालिकाको बैठकमा छलफलका लागि पेश गरिनेछ । समस्या र चुनौतीहरुको बिश्लेषण गरी समाधान गर्न उपयुक्त निर्णय गर्ने निति लिईनेछ ।
  • कृर्षि योग्य उर्वर भूमिमा सिँचाईको आवश्यक व्यवस्था गर्दै कृषि र पशुपालन क्षेत्रलाई क्रमशः व्यवसायिक बनाउँदै लैजाने नीति लिईने छ सोका लागि वडा र गाउँपालिका स्तरको योजनामा आवश्यक वजेटको व्यवस्था गरिने छ साथै प्रदेश सरकार सँग भैरहेको समन्वयलाइ अझ प्रभावकारि वनाउदै लगिनेछ ।
  • स्थानीय उत्पादन र बजारीकरणमा देखा परिरहेको विद्यमान असन्तुलित मूल्यावस्थालाई वैज्ञानिक तथा व्यवहारिक ढङ्गले नियन्त्रण तथा सन्तुलन कायम गर्न आवश्यक पर्ने जनचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिदै वजार अनुगमन कार्यलाइ तिव्रता दिईने छ ।
  • गाउँपालिकाका हरेक गाउँ वस्तिलाई ग्रामिण सडक सञ्जालमा जोडिने छ । यस प्रकारका सडकहरुलाई हरित सडकको अवधारणा अनुसार स्थानीय जनसहभागिताको आधारमा समेत हरेक वडामा पुग्न कम्तिमा एक नमूना सडक निर्माण, विकास र विस्तारको थालनीलाई निरन्तरता दिदै सडक किनारामा वृक्षारोपण कार्य अगाडि वढाउने निति लिईने छ ।
  • समृद्ध समाज निर्माणको परिकल्पनालाई साकार पार्नका लागि समाजमा नैतिकवान, कर्तव्यनिष्ठ र उत्तरदायि नागरिकको आवश्यकता पर्दछ । यसका लागि गाउँपालिकाले “एकीकृतसमाजिकपरिवर्तनका लागि प्रशिक्षण (Schooling For Integrated Social Change)कार्यक्रमसञ्चालनगर्नेनीतिअनुसार अनुशिक्षणमा जोड दिईनेछ।
  • समाजमा विद्यमान खस्किदों नैतिकता एवम् बढ्दो दण्डहिनता, उश्रृंखलता, अशान्ति जस्ता अवस्थालाई निरुत्साहित पार्दै स्थानीय नागरिकलाई अविलम्ब शान्ति, अमनचयन तथा सुशाशनको प्रत्याभूति हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्ने नीति लिईने छ ।
  • समाजमा देखिएको विद्यमान अवस्थाको धुम्रपान, मध्यपान तथा लागू पदार्थको दूव्र्यसनी उपयोगका कारण जनधनको क्षेति भइरहेको तथा समाजमा नकारात्मक प्रभाव सृजना भैरहेकोले सुशासन र सुव्यवस्थामा खलवल पुग्ने भएकाले यस्ता समाजमा विकराल अवस्था भित्र्याउने तत्वहरुको नियमन तथा नियन्त्रणलाई कडाईका साथ निरुत्साहित पार्ने नियम तर्जूमा गरी विद्यालय र समुदाय स्तरमा कार्यक्रम लागू गरिने छ ।
  • मंगला गाउँपालिकामा आगामी ३ वर्षमा उद्योग तथा स्वरोजगारको पूर्वाधार तयार पारी एक बस्ती एक उद्यम एक व्यक्ति एक सिप को अवधारणा लिई आगामि १० वर्ष सम्ममा बेरोजगारीताको अन्त्य गर्ने दिशामा सम्पूर्ण क्रियाकलापहरुलाई केन्द्रीत गर्न आ.व. २०७४/20७५ देखि थालिएको गाउँपालिका क्षेत्रमा स्थापना र सञ्चालन गर्न सकिने उद्योग, व्यवसाय, व्यवसायी पहिचानका साथै लघुऔद्योगिक क्षेत्र (Micro Industrial Area) को स्थापनाको लागि लघु उद्यम विकास रणनितिक योजना तयार भएकाले उक्त योजनालाइ कार्यान्वन गरिनेछ ।
  • मंगला गाउँपालिकामा बेरोजगारिताको अन्त्य गर्ने लक्ष्य अनुरुप स्वरोजगारिताको लागि उद्यम तथा व्यवसाय गर्न ईच्छुक नागरिकहरुलाई सम्बन्धित उद्यम तथा व्यवसायसँग सम्बन्धित ज्ञान, सीप, धारणा तथा प्रविधिमूलक विभिन्न तालिम उपलब्ध गराउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमवाट वेरोजगार पहिचान पश्चात प्रधानमन्त्री रोजगार कार्यक्रमको समन्वयमा कार्यक्रम संचालन गर्ने आवश्यक व्यवस्था मिलाईने छ
  • मंगला गाउँपालिकाका हरेक शिक्षण सँस्थाहरुलाई उनीहरुले तयार पारेको विद्यालय सुधार योजना (School Improvement Plan –SIP) को आधारमा मात्रै कार्यक्रमहरु प्रदान गरिने छ । शिक्षाको गुणस्तर अभिवृद्धिको लागि शिक्षणमा सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology-CIT) को प्रयोग बढाउदै लगिने छ । शून्य दरबन्दि रहेका विद्यालयहरुमा शिक्षक दरबन्दि थप गर्नका लागि प्रदेश तथा संघीय सरकारमा आवश्यक पहल गरिने छ ।तहगत रुपमा शुन्य दरवन्दी रहेका विद्यालयहरुमा लागत सहभागिताको आधारमा शिक्षक व्यवस्थापनको कार्यलाइ निरन्तरता दिइनेछसाथै वडा अध्यक्ष संग शिक्षा प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।अपेक्षित उपलव्धि पुरा गर्न नसक्ने विद्यालयहरुलाइ गाउँपालिकावाट दिदै आएको अनुदान कटौति समेत गरिने निति लिइनेछ।
  • विद्यार्थि संख्या कम रहेका आधारभुत विद्यालयहरुलाइ आवश्यक प्रकृया मिलाइ निश्चित मापदण्डका आधारमा नजिकको विद्यालयमा गाभ्ने निति लिइनेछ ।
  • प्रारम्भिक वाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु र विद्यालय कर्मचारीले न्यूनतम पारिश्रमिकमा काम गरेको विद्यमान अवस्थालाइ मध्यनजर गर्दै प्रोत्साहनको लागि आवश्यक वजेटको व्यवस्था गरि निरन्तरता दिइएको छ ।
  • विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाइ त्रैमासिक रुपमा तलव भत्ता भुक्तानी गर्ने विद्यमान व्यवस्थालाइ विद्यालयवाट माग फारम मासिक रुपमा पेश भइ आएको खण्डमा सम्वन्धित निकायवाट निकाशा प्राप्त भइ आएमा मासिक रुपमा तलव भत्ता भुक्तानी दिइने व्यवस्था मिलाइनेछ ।
  • विद्यालय क्षेत्र भित्र स्वास्थ्यमा नकरात्मक असरपार्ने जङफुड निषेध गर्ने संघीय सरकारको नितिलाइ कार्यान्वयन गरिनेछ ।
  • शिक्षकहरुको पेशागत विकासका लागि गैर सरकारी संस्था /प्राविधिक संस्था संगको साझेदारीमा व्यवस्थापन तथा शिक्षण विधि सम्वन्धि तालिम संचालनको व्यवस्था मिलाइनेछ ।
  • विद्यार्थीहरुमा लुकेको प्रतिभा पहिचान र प्रष्फुटनको लागि विद्यार्थी प्रतिभा पहिचान कार्यकम ल्याइनेछ ।
  • योग गरौ स्वस्थ रहौं भन्ने नाराका साथ गाउँपालिका स्तरमा योगाभ्यास कक्षा सञ्चालन गरिनेछ । साथै विद्यालय तहमा योग शिक्षा सञ्चालन गर्न शिक्षक तथा विद्यार्थीलाइ प्रोत्साहन गर्ने निति लिइनेछ ।
  • विद्यालयको शुसासन, प्रवद्धनको लागि विद्यालयको प्रधान अध्यापकलाइ जवाफदेही र उत्तरदायि वनाउन आवश्यक कार्यक्रमको व्यवस्था गरिनेछ । प्रधान अध्यापकलाइ दिइदै आएको मासिक प्र.अ. भत्तामा प्रोत्साहन स्वरुप थप रकम उपलव्ध गराउने नितिलाइ निरन्तरता दिइएको छ ।
  • प्रविधि मैत्री शिक्षालाइ जोड दिदै सम्भाव्यताका आधारमा कार्यक्रम वनाइ कार्यान्वयन गरिने छ ।
  • स्वास्थ्य संस्थाको समन्वय तथा परिचालनमा विद्यालयका विद्यार्थिहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने निति लिइनेछ ।
  • स्वास्थ्य संस्थाको सहयोगि भुमिकामा रहि समुदायमा महिला स्वयं सेविकाको रुपमा काम काज गर्दै समुदायमा चेतना फैलाउने महिला स्वयं सेविकाहरुलाइ प्रोत्साहित गर्नका लागि आवश्यक प्रोत्साहन भत्ताको व्यवस्थालाइ निरन्तरता दिइनेछ ।
  • कोभिड-१९ को प्रभावको न्यूनिकरण गर्न सर्ने तथा नसर्ने रोगको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि जन स्वास्थ्य प्रवर्द्धन कार्यक्रमहरु निरन्तर रुपमा संचालन गरिनेछ ।
  • कोभिड-१९, डेङ्गो लगायत सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि वडा स्तरमा सचेतना कार्यक्रमका साथसाथै परिक्षण र निवारणका लागि मंगला गाउँपालिकावाट स्वास्थ्य स्वयं सेवक समिति गठन गरि परिचालन गरिनेछ ।
  • समाजमा पछि परेको वर्ग महिला, दलित, जनजाति, वालवालिका, जेष्ठ नागरिक अपाङ्ताभएका ब्यङ्कतिलाइ प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाइ प्राथमिकता दिइने छ ।महिला शसक्तीकरण सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ तथा सरसफाइ, बालबालिकाको पोषणमा सुधार लागि पोषण सुधार योजना तयार गरिएकाले कार्यान्वयनका लागि महिला लक्षीत कार्यक्रमलाइ महिला सग उपाध्यक्ष कार्यक्रम सग आवद्ध गरीने छ । गाउपालिका भित्रका स्वाथ्य संस्थामा सुत्केरीहुने आमा हरुका लागी उपाध्यक्षय उपाहार कार्यक्रम मार्फत प्रोत्साहान गरीने छ ।वालविलकाको लागी पोषण सुधार कार्यक्रमलाई आ व ०७७।०७८ लाइ वृहत स्वाथ्य सचेतना वर्षको रुपमा घोषणा गरीने छ ।
  • न्यायीक समितीको क्षमता विकास गरीनुको साथै न्यायीक कार्य सम्पादनलाइ सहज सरल र प्रभावाकरी वनाउन कानुनी साक्षरता तथा मेलमिलाप कार्यक्रम सञ्चालन गरीने छ ।
  • पश्चिम म्याग्दी क्षेत्रमा रहेको एक मात्र मंगला शिक्षा क्याम्पसलाई वहुविषयक क्याम्पसमा रुपान्तरण गर्नका लागि आवश्यक पर्ने आधारभूत आर्थिक, भौतिक तथा अन्य व्यवस्थापकीय क्षेत्रमा क्रमशः सहयोग गर्दै जाने नीतिलाई निरन्तरतादिइनेछ ।
  • खेलाडीहरु राष्ट्रका गौरव, ईज्जत र प्रतिष्ठा भएकोले मंगला गाउँपालिका अन्तर्गत रहेका आम खेलप्रेमी यूवाहरुलाई गोलबद्ध गर्दै उनीहरुको चाहना र आवश्यकता अनुसारको खेलकुद र यस सँग सम्बद्धसवै पक्षको विकास, विस्तार एवम् व्यवस्थापन गर्न गठन भएको मंगला गाउँपालिका स्तरीय खेलकुद विकास समिति मार्फतगाउँपालिका स्तरीय खेलकुद र विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिनेछ ।
  • मंगला गाउँपालिका अन्तरगत बजार विकास भैसकेका स्थानहरु र वजार उन्मुख स्थानमा फोहरमैला व्यवस्थापन गर्न ल्याण्डफिल साईटको खोजी गर्ने र बजार क्षेत्रको फोहरमैला व्यवस्थापन गर्ने गरिएको ल्याण्डफिल साईटको सुरक्षित व्यवस्थापन गर्दैबजार क्षेत्रमा क्रमश: ढल-निकासको समेत व्यवस्था गर्दै जाने कार्यलाइ निरन्तरता दिइने छ।
  • मंगला गाउँपालिका अन्तरगत रहेका हरेक गाउँटोल तथा वस्तिका नागरिकहरुको सामुहिक बैठक/भेला गर्नका लागि उनीहरुको पायक पर्ने स्थानमा एकीकृत सामुदायिक भवनको निर्माण गर्न सहयोग गरिने कार्यलाई निरन्तरता दिईनेछ ।
  • मंगला गाउँपालिकाको समग्र पर्या-पर्यटन विकासलाई आय–आर्जनको प्रमुख क्षेत्रको रुपमा विकास गर्न भैरहेका पर्यटकीय स्थलहरुमा पदमार्ग, सामुदायिक लज, भ्यूटवार, पार्क निर्माण एवम् होम स्टे कार्य र नयाँ सम्भाव्यता अध्ययन गरि विस्तृत परियोजना प्रतिवेदनका आधारमा संघीय सरकार र प्रदेश सरकार संगको सहकार्य गर्दै सबलीकरण गरिनेछ ।
  • कोभिड-१९ को प्रभावको कारण वालवालिकाहरुमा पर्न गएको मनोवैज्ञानिक असरलाइ न्यूनिकरण गर्नका लागि स्वास्थ्य/ खेल तथा मनोरञ्जनको माध्यमवाट नकारात्मक मनोवैज्ञानिक असरलाइ कम गर्नका लागि एक वडा एक वाल उद्यान निर्माण गर्ने निति लिइनेछ ।
  • मंगला गाउँपालिका अन्तर्गत रहेका भाषा, सँस्कृति, साँस्कृतिक-धार्मिक तथा ऐतिहासिक स्थलहरु कोट मन्दिर आदिको संरक्षण तथा संबर्द्धनक लागि आवश्यक योजनाहरु/कार्यक्रमहरु तय गरी सञ्चालन गरिनेछ ।
  • यस गाउँपालिका क्षेत्रमा पाईने भौगोलिक तथा पर्यावरणीय हिसाबले सम्भव हुने उच्च मूल्यदरका जडीबुटी प्रजातिहरुको व्यवसायिक खेति विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाउने गरी ०७४/०७५ बर्ष देखि शुरु गरिएको जडिवुटी खेती र प्रविधिलाई आगामी आर्थिक वर्षमा थप विस्तार विकासका लागि वन तथा वातावरण क्षेत्रमा वजेट व्यवस्था गरिने छ ।
  • गाउँपालिका क्षेत्रमा रहेका खाली, पर्ति, चउर, नदी उकास क्षेत्र तथा सडक किनाराको खाली स्थानहरुको लगत तयार पारी भू-क्षय रोकथामकालागि स्थानीय सहभागिताको आधारमा पोषिला भूईँ तथा डाले घाँस, अम्रिसो, बाँस निगालोको व्यापक वृक्षारोपण गरी हराभरा गराउने नीतिको निरन्तरता दिइनेछ ।
  • स्थानीय समुदायको अग्रधिकारलाइ व्यवहारिक रुपमा प्रत्याभुत गराउन वनको दिगो व्यवस्थापन, संरक्षण तथा उपयोगमा समुदायको जिम्मेवारी तुल्याउदै वनक्षेत्रवाट अधिकतम लाभ उठाइ न्यायोचित वितरणको माध्यमवाट स्थानीय समुदायको आर्थिक सामाजिक पर्यावरणीय र भौतिक लगाएतका विकासको क्षेत्रमा महत्व पूर्ण योगदान पुर्‍याउने साथै आर्थिक समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न थप योगदान पुर्‍याउने निति लिइनेछ ।
  • गाउँपालिका क्षेत्र भित्र रहेका वाँझो जग्गाको लगत संकलन गरि जग्गा धनीसंगको सहकार्यमा भुमि व्यवस्थापन तथा सदुपयोगको लागि स्थानीय कृषकहरुको सहभागितामा वाँझो जग्गामा कृषि तथा पशुपालन व्यवसाय संचालन गर्ने निति लिइनेछ ।
  • मंगला गाउँपालिका क्षेत्र भित्र उत्पादि कृषि उपजहरुको भण्डार तथा व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारको समन्वयमा चिसायान केन्द्र निर्माण गर्ने व्यवस्था मिलाइनेछ ।
  • मंगला गाउँपालिकाको घोवाताल खम्वाङ सडक मंगला-५ र भर्जुला वासवोट घट्टचिउरे आवाङ्ग सडक मंगला-१ लाइ कृषि सडकको रुपमा निर्माण तथा स्तोरउन्नतिको लागि वजेट व्यवस्था गरिएको छ ।
  • आम नागरिकले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवालाई अनिवार्य गराईने छ । यसको लागि मंगला गाउँपालिका अन्तरगतका सबै स्वास्थ्य सँस्थाहरुको सुदृढीकरण गर्दै अधिकाँश नागरिकहरुलाई पायक पर्ने नजिकको स्थानमा स्वास्थ्य परीक्षण केन्द्र/सामुदायीक स्वास्थ ईकाई खडा गरी मासिक रुपमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था र अत्यावस्यक औषधिहरुको सहज आपूर्ति र वितरणलाई सुनिश्चितता गरिनेछ ।अर्मन स्वास्थ्य चौकीमा एक्सरे र ल्याव संचालन गर्नका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको लागि प्रकृया अगाडि वढाइने छ साथै प्राथमिक अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारवाट प्राप्त विशेष अनुदान रकमलाइकार्यान्वयन गरिनेछ ।
  • स्वास्थ्य विमालाई सबै नागरिकहरुका लागि अनिवार्य गरिने छ । मंगला गाउँपालिका अन्तरगत बसोबास गर्ने अति विपन्न गरीव परिवारलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्नका लागि आवश्यक वजेटको व्यवस्था गरीनेछ ।
  • संघीय सरकारको निति तथा कार्यक्रममा उल्लेख भए अनुसार यस मंगला गाउँपालिकामा प्राप्त रकमलाइ प्रधानमन्त्री रोजगार कार्यक्रम संग समन्वयन गर्दै युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजनाहरु क्रमिक रुपमा अगाडि वढाउने नितिलाइ पूर्ण रुपमा कार्यान्वयन गरिनेछ ।

 

  • गाउँपालिका अन्तरगत सञ्चालन हुने ऐतिहासिक तथा साँस्कृतिक वा अन्य कुनै पनि स्थानीय पर्वहरु गाउँपालिकाले आफै आयोजना गरेकोमा बाहेक अन्य अवस्थामा नियमपूर्वक दर्ता भएका सँघसँस्थाहरुले गाउँपालिकाको पूर्व स्वीकृति लिएर विद्यालयको पठन पाठनमा अवरोध नआउने गरी बढीमा ५ दिन मात्रै सञ्चालन गर्न पाईने व्यवस्थालाई निरन्तरता गरिने छ ।
  • दलित, जनजाति, महिला, अपाङ्गता भएका नागरिक, द्धन्द पिडित, यूवा, ज्येष्ठ नागरिक, बालबालिका समेतलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा उक्त क्षेत्रका नागरिकहरुको चाहना, आवश्यकता र पेश भएको प्रस्तावना-पत्रको आधारमा कार्यक्रमहरु छनौट गरी प्राथमिकता साथ सञ्चालन गर्ने नीति लिईने छ ।
  • मंगला गाउँपालिका क्षेत्र अन्तरगतका ऐतिहासिक, पुरातात्विक, सामाजिक-साँस्कृतिक महत्वका लोपोन्मुख वस्तुहरु तथा सम्पदाहरुको संरक्षण, संबर्द्धन तथा व्यवस्थापन गर्नका लागि एक संग्रहालयको स्थापना तथा सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि वढाइ आगामी दुइ वर्ष भित्रमा संग्रालय स्थापना गरिने कार्यका लागि संङ्घीय एवम् प्रदेश सरकारसँगको नीतिगत एवम् आर्थिक सहयोगमा थालनी गरिने छ ।
  • मंगला गाउँपालिका अन्तरगत सञ्चालन हुने भौतिक विकासलाई सुचारु गर्न बस्तिविकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड, २०७२माउल्लेखभएकाप्रावधानहरुलाईआधारमान्दैयसगाउँपालिकाकोलागिउपयुक्तरव्यवहारिकमापदण्डसमेततयारपारीलागूगरिनेछ। साथै मिति २०७५/०१/१२ गतेको दोस्रो गाउँसभावाट पारित गाउँपालिका क्षेत्रका सबै प्रकारका मोटरवाटोहरुको बर्गिकरण अनुसारको सडक मापदण्डलाई पालना गरिनेछ ।
  • मंगला गाउँपालिका अन्तर्गत सञ्चालन हुने भौतिक पूर्वाधारका विकासलाई स्थानीय नागरिकहरुले थपअपनत्वको अनुभूती गरुन भनेर यस्ता योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दा कम्तिमा १५ प्रतिशत रकम बराबरको स्थानीय जनसहभागिता (नगद तथा वस्तु वा श्रम) जुटाउने साथै भौतिक पूर्वाधार तर्फको पुँजिगत खर्च तर्फ कट्टा हुदै आएको तिन प्रतिशत प्रशासनिक व्यवस्थापन खर्च/ कन्टेन्जेन्सी रकमलाइ थप एक प्रतिशतले वृद्धि गरि एक प्रतिशत रकमलाइ मंगला कोरोना प्रकोप कोषमा र एक प्रतिशत रकम एक वडा एक पकेट क्षेत्र कृषि कार्यक्रममा खर्च गरिनेछ ।
  • मंगला गाउँपालिका अन्तर्गतको श्रोत र साधनको परिचालनबाट सम्पन्न गर्न नसकिने योजना तथा कार्यक्रमहरुलाई प्रदेश तथा संघीय सरकार समक्ष पेश गरी उक्त योजना तथा कार्यक्रमहरु प्राप्त गर्न विशेष पहल समेत गरिने छ ।
  • मंगला गाउँपालिका क्षेत्र भएर वग्ने म्याग्दी नदीले खेति योग्य जमिन तथा वस्तीलाइ पुर्‍याएको क्षतिलाइ संरक्षण गर्नका लागि गाउँपालिकावाट तयार गरिएको म्याग्दी खोला नदी नियन्त्रण विस्तृत परियोजना प्रतिवेदनलाइ आवश्यक कार्यान्वयन गर्नका लागि प्रदेश र संघीय सरकार संगको सहकार्यमा चालु आ.व. मा प्रकृया अगाडी वढाइनेछ ।
  • व्यावसायिक कृर्षि तथा पशुपालनको लागि वार्षिक कार्यक्रम/कार्यविधिको आधारमा अनुदानको व्यवस्थालाई निरन्तरता दिईनेछ ।
  • प्राराङ्गिक मल र रसायन मुक्त उत्पादनलाई थप प्रभावकारि र उपयोगी बनाउनलाई गाउँपालिका अन्तर्गतका घर, विभिन्न माध्यमिक विद्यालय तथा सार्वजनिक स्थलमा मानवमुत्र एवं पशुमुत्र संकलन तथा प्रयोग गर्ने विधि प्रकृयालाइ निरन्तरता दिदै वैज्ञानिक भकारो सुधार र शौचालयको निर्माण गरिनेछ।
  • कृषि प्रणालीलाइ वातावरण मैत्री वनाउदै कृषिको यान्त्रीकिकरण, औद्योगिकरण, व्यवसायीकरणको माध्यमवाट उत्पाद र उत्पादकत्वमा वृद्धि गरि आयातित उपजलाइ प्रतिस्थापन गरि कृषि उद्यमी र उद्योगको विकास गर्न स्थानीय श्रमशक्तिको सिप तथा क्षमताको अभिवृद्धि गरि आय तथा रोजगारि सृजना गर्दै उत्पादकत्व वढाउन युवा सशक्तिकरणलाइ जोड दिइनेछ ।
  • नागरिकको आधारभूत आवश्यकता रहेको बासको लागि खरले छाएका घरहरुलाई विस्थापित गरि कर्कटपाताले छाउन आवश्यक व्यवस्था गरिने नीतिलाईनिरन्तरता दिईने छ ।
  • चालु आर्थिक बर्षदेखि संयुक्त लगानीमा आयोजना कार्यान्वयनका लागि आवश्यक रकम सहितको समपुरक कोषको व्यवस्थापन कार्यलाइ निरन्तरता दिइनेछ ।
  • शैक्षिक क्षेत्रको समग्र विकास र गुणस्तरमा सुधार गर्न शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि उपउक्त नीतिगत व्यवस्थाका साथसाथै आवश्यक रकम सहितका योजना तथा कार्यक्रमहरु सञ्चालन गरिनेछन ।
  • गाउँपालिका क्षेत्रमा हुने विकासका गतिविधिहरुको मापन हुने गरी विकासको स्तर (Development Standards) निर्धारण गरी एकरुपता ल्याउन आवश्यक पर्ने कानूनी तथा प्राविधिकीय व्यवस्था मिलाईनेछ । समग्र गाउपालिकाको आवधिक र रणनितीक योजना  तयार पार्नका लागि आवश्यक वजेटको व्यवस्था मिलाइएकोछ ।
  • गाउँपालिका क्षेत्रमा कार्यक्षेत्र रहेका उत्पादन तथा सेवामुलक सहकारी संस्थाहरु र वित्तिय क्षेत्रको सुदृढीकरण साथै खोलौं वैक खाता भन्ने अवधारणालाइ कार्यान्वयन गर्दै जनताको घरदैलोवाटै आर्थिक कारोवार गर्न सक्ने गरि वैकं वित्तिय संस्था तथा सहकारी संग समन्वय र सहकार्य गरि आर्थिक कारोवार सुरक्षित व्यवस्थित र मितव्ययी तरिकाले भएरहित वातावरणमा संचालन गर्नका लागि आवश्यक प्रक्रियालाई अगाडि बढाईनेछ ।
  • जनता संग सहकारी कार्यक्रमलाइ सहकार्य गर्दै सहुलियत कृषि ऋण प्रदानका लागि आवश्यक समन्वय गरिनेछ ।
  • सुरक्षित, स्वच्छ र सुलभ खानेपानीको व्यवस्था गर्न मिटर जडित एकघर एकधारा खानेपानी योजना निर्माण गर्ने नीतिलाई प्राथमिकताकासाथ कार्यान्वयन गर्ने गाउँपालिकाको वास योजना रणनितिक योजना निर्माण गरि कार्यान्वनमा ल्याउनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
  • सञ्चार माध्यम, सञ्चार गृहर यसमा संलग्न सबै पक्षको विकास र सम्बृद्धिलाई ध्यान दिँदै स्थानीय तहमा समेत संस्थागत विकास गरिनेछ ।
  • द्वन्द व्यवस्थापनका लागि वडा स्तरमा मेलमिलाप केन्द्रको स्थापना र संचालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
  • मंगला गाउँपालिका क्षेत्र भित्र रहेका सार्वजानिक जग्गाहरुलाई स्थानीय तहको आवश्यकताका आधारमा स्वामीत्वमा ल्याउने प्रक्रियालाइअगाडी वढाइनेछ ।
  • मंगला गाउँपालिका वाट संचालन हुने आयोजनामा काम गर्ने श्रमिकहरु 15 (पन्ध्र) जनाको सामुहीक दुर्घटना विमा गर्ने निति लिइनेछ ।
  • मंगला गाउँपालिका क्षेत्र भित्रका गरीव, विपन्न, जेहन्दार तथा पछाडिपारीएका / अति विपन्न परिवारका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलव्ध गराउन र   प्राविधिक शिक्षा हाँसिल गर्न छात्रवृति प्रदान कार्यलाइनिरन्तरता दिइनेछ ।
  • गाउँपालिका स्तरका उत्कृष्ट कृषक, आमा समूह, विद्यालय, वाल शिक्षा सहजकर्ता, युवा क्लव, स्वास्थ्य कर्मी, महिला स्वयं सेविका, खेलाडी, उपभोक्ता समित समेतलाइ प्रोत्साहन गर्ने र गाउँपालिकामा उत्कृष्ट कार्य सम्पादन गर्ने जनप्रतिनिधी र कर्मचारीलाइ पुरस्कृत गर्ने नितिलाइ निरन्तरता दिइनेछ ।
  • कार्यालयको कामको चापको आधारमा कार्यालय समय वाहेक अतिरिक्त समय काम काज गर्ने कर्मचारीहरुलाइ मासिक प्रोत्साहन तथा फिल्ड भत्ताको लागि आवश्यक वजेट व्यवस्था गरिनेछ ।
  • दैवी प्रकोपवाट कृषि वाली उत्पादन तथा पशुपंक्षी क्षेत्रमा क्षति भएका पिडित कृषकको क्षति मुल्याँकन गरिसंघीय सरकार, प्रदेश सरकार संगको समन्वय मापदण्ड वनाइ राहत उद्धारका लागि सहयोग प्रदान गर्ने निति लिइनेछ ।
  • वडाको वस्तीमा आमा समूह गठन तथा पुर्न गठन गरि मासिक वैठक तथा वचतको नियमितताको लागि प्रोत्साहन स्वरुप कार्यालयको कर्मचारी खटाइ व्यवस्थापन गर्ने निति लिइनेछ ।
  • समाजमा वढ्दै गएको वाल विवाह, जवरजस्ती करणी, यौन तथा लैङ्गिक हिंसा, छुवाछुत तथा भेदवावअन्त्यका लागि आवश्यक निति तथा कार्यक्रम संचालन गरिनेछ ।
  • मातृ मृत्यूदर कम गर्न आमा सुरक्षा कार्यक्रमलाइ प्रभावकारी कार्यान्वन गर्ने नितिलाई प्राथमिकता दिइनेछ ।
  • स्वास्थ्य संस्था तथा कार्यरत कर्मचारीहरुलाइ प्रविधि मैत्री वनाइ सुचना र अनलाइन प्रविधिमा आवद्ध गराइने छ ।
  • स्वास्थ्य सेवामा रिक्त रहेको दरवन्दीमा करार सेवामा खुल्ला प्रतिष्पर्धा मार्फत कर्मचारी पदपूर्ति/व्यवस्थापन गरी वडा अन्तर्गतका स्वास्थ्य संस्थाका कार्यलाइ प्रभावकारी वनाइनेछ ।
  • न्यायिक समितिको व्यवस्थापन तथा कानुनी समस्या समाधानका लागि कानुनी सेवा परार्मश सेवा करारमा लिने र प्रभावकारी न्याय सम्पादनका लागि वजेट व्यवस्था गरिनेछ ।
  • कृषकहरुलाइ कृषि पेशामा उत्साहित गर्नका कृषि तथा पशु मेला प्रदर्शनीको आयोजना गर्ने साथै जलवायू परिवर्तन रोगको प्रकोप एवं प्राकृतिक विपदवाट कृषि क्षेत्रमा आउन सक्ने जोखिमलाइ न्यूनिकरण गर्न वाली विमा र पशु विमा कार्यका लागि विमा कम्पनीहरुको समन्वयमा विमा गर्ने व्यवस्था मिलाइ लगानी संरक्षण गरिनेछ ।
  • नश्ल सुधारका कार्यक्रम संचालन गरि उन्नत नश्लको व्यवसायिक पशु पंक्षीपालको लागि कृषकहरुलाइ प्रोत्साहन गर्नका लागि पोषणयुक्त पशु आहार, घाँस खेति, चरिचरन क्षेत्रको विकास गर्दै प्राविधिक कर्मचारीको व्यवस्थापन गरिनेछ ।

 

  • मंगला गाउँपालिका वडा नं. ३ पखरे जल्केनीमा रहेको प्राकृतिक श्रोत तातोपानी कुण्डको संरक्षण तथा उपयोग लागि कार्यक्रम वनाइ प्रकृया अगाडि वढाइनेछ ।
  • मंगला गाउँपालिका वडा नं. २ हिदी, वडा नं. ३ झाँक्रीपानी र वडा नं. ५ चाँगामा चिया र टिमुर खेतिका लागि अध्ययन अनुसन्धान कार्यका थालनी गरिनेछ ।
  • मंगला गाउँपालिकाको असाह्य, सहाराविन वालवालिका र असाध्य रोग (मुटु, मृगौला, क्यान्सर, एच आइ भी एड्स आदि) लागेको प्रमाणित भएको नागरिकका लागि अध्यक्ष संग सहायता कार्यक्रमलाइ निरन्तरता दिइनेछ  ।
  • ठुला पूर्वाधार निर्माण सम्वन्धी आयोजनाहरु प्रतिष्पर्धाको आधारमा वोलपत्रको माध्यम द्वारा संचालन कार्यलाइ निरन्तरता दिइनेछ ।
  • वहुउद्देश्यीय सामुदायिक सभाहल निर्माण प्रदेश सरकारको समन्वयन र गाउँपालिकाको समपुरक कोष परिचालन गरि सम्पन्न गरिनेछ ।
  • यस गाउँपालिकाको गौरवका योजनाहरु संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा कार्यान्वयन गर्दै लगिनेछ ।
  • यस गाउँपालिकाको आर्थिक वर्ष ०७7/०७8 मा कार्यान्वयन गरिने योजना तथा कार्यक्रमहरु लेखा प्रणाली व्यवस्थित गर्न गराउनका लागि महालेखा नियन्त्रकको कार्यालयको निर्देशन वमोजिम स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सुत्रमा प्रविष्टि गरी कार्यान्वयन प्रणालीलाइ निरन्तरता दिइनेछ ।
  • यस गाउँपालिका क्षेत्रमा आकस्मीक रुपमा हुने विपदका कार्यक्रमहरुलाइ तत्काल विपद व्यवस्थापन गर्ने गरि अध्यक्ष संग विपद व्यवस्थापन कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाको प्रशासकिय भवन निर्माण गर्न जग्गा व्यवस्थापनको लागि आवश्यक वजेट व्यवस्था गरेको छु साथै भवन निर्माणको वजेट व्यवस्थाको लागि विस्तृत परियोजना प्रतिवेदन सहित प्रदेश र संघिय सरकारमा माग गरिनेछ ।
  • भौतिक पूर्वाधार तर्फ विनियोजित गरिएका पूँजिगत प्रकृतिका योजना तथा कार्यक्रमहरुलाइ अन्य तर्फको खरिद प्रकृतिका योजना तथा कार्यक्रममा रकमान्त गर्न नहुने भौतिक पूर्वाधार समितिको सुझावलाइ नितिगत व्यवस्था गरिनेछ।
  • सुचनाको हक सम्वन्धी ऐन २०६४ को परिपालना गर्दै सार्वजनिक निकायमा रहने सार्वजनिक सरोकारका सुचनाहरुलाइ नागरिकको सुचनामा पहुँच सुनिश्चितताको लागि गाउँपालिकको वेभसाइड मार्फत प्रकाशीत गरि Pro-Active Discloser लाइ कार्यान्वयनमा ल्याइनेछ ।
  • मंगला गाउँपालिका क्षेत्रभित्र हुन सक्ने विपदको अध्ययन वमोजिम विपद प्रतिकार योजना निर्माण साथै आवश्यक सामाग्रीको व्यवस्थापनको लागि वजेटको व्यवस्था गरेको छु ।
  • स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्था वमोजिम गठित विषयगत समितिहरुको भुमिकालाइ थप प्रभावकारी वनाइनेछ ।
  • वित्तिय शुशासनलाइ प्रवर्द्धन गर्नका लागि गत आ.व.का महालेखा परिक्षणवाट औल्याइएका वेरुजुलाइ फर्छ्यौट गर्दै वेरुजुलाइ सुन्य गर्ने निति लिइएकोछ ।
  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाइ व्यवस्थित र सुदृढीकरण गर्दै जनमुखि वनाउन अनलाइन प्रणाली मार्फत कार्यान्वयन हुदै आएको कार्यलाइ निरन्तरता दिइनेछ ।

गाउँसभा सदस्यज्यूहरु !

प्रस्तुत नीति अनुसार मंगला गाउँपालिकाको बजेट तथा कार्यक्रम तयार गरी प्रस्तुत हुने कुरामा सम्पूर्ण सदस्यज्यूहरुमा विश्वस्त गराउन चाहन्छु । प्रस्तुत नीतिलाई यसकै मर्म र भावना अनुसार कार्यान्वयन गर्नका लागि आवश्यक ऐन, कानून तथा निर्देशिकाहरुको तर्जुमा सम्बन्धित विषयगत समितिद्वारा तयार गरिने छ । प्रस्तुत नीतिको मर्म र भावना अनुसार बनाईएका सबै ऐन, नियमहरुको लागू गरिने छ । समाज परिवर्तनको यस महत्वपूर्ण र अत्यावश्यक कार्यमा आम मंगला गाउँपालिकाबासीहरुको सदैव पूर्ण साथ, समर्थन र सहयोग रही रहने छ भन्ने अपेक्षा राख्दछु ।

धन्यवाद !