अन्नपूर्ण गाउँपालिकाको आगमी बजेट सार्वजनिक (बजेटको पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी
असार ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले वजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । बजेटको पूर्णपाठ पढ्नुहोस ।

गाँउ सभाका अध्यक्ष ज्यु

गाँउसभाका सदस्य ज्यु

१. संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने व्यवस्था सँगै संघ, प्रदेश र स्थानीय तहले आ-आफ्नो तहको बजेट बनाउन सकिने संवैधानिक व्यवस्था छ ।  विद्यमान विषम परिस्थितिका बिच अन्नपुर्ण गाँउपालिकाको आ. व. ०७७।७८ को बजेट प्रस्तुत गर्न सम्मानित गाँउसभामा उपस्थित भएकी छु ।

स्थानीय नेतृत्वको विकास गर्दै, स्थानीय स्तरमा प्रशासनिक, न्यायिक र कानुनी अभ्यासको उपयोग गरी स्थानीय सरकारको रुपमा चौथो वार्षिक बजेट प्रस्तुत गर्न पाँउदा मैले गौरवको महशुस गरेकी छु । यस घडीमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि विभिन्न समयमा भएको आन्दोलनमा जिवन उत्सर्ग गर्नु हुने सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपुर्ण श्रादञ्जली व्यक्त गर्दछु ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङघर्ष,त्याग र वलिदानको गौरवपुर्ण इतिहासलाइ स्मरण एवं शहिद तथा बेपत्ता र पिडित नागरिकहरु प्रति स्थानीय सरकारको तर्फबाट उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।

४ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वले एकैपटक मानविय र आर्थिक संकटको सामना गर्नु परेको छ । यस संकटबाट स्वास्थ्य क्षेत्र, विकास निर्माण क्रियाकलाप गुणस्तरिय सेवा प्रवाह, कृषि उत्पादन र उत्पादकत्वमा कमी आइ विकासका समग्र सुचक पद्धतिमा गम्भिर प्रभाव परेको छ ।

संविधानले गरेको व्यवस्था अनुरुप संघ, प्रदेश र स्थानीय तह बिच सहकारिता, सहअस्तित्व र समन्वयलाइ प्रवर्धन गर्दै सार्थक जनसहभागिता, जनउत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गरी शशक्त स्थानीय सरकारको रुपमा जनतालाइ अनुभुति दिनु पर्ने अवसर, दायित्व र चुनौति हाम्रो सामु रहेको छ ।    स्थानीय सरकारको रुपमा मैले चौथो वर्षको बजेट प्रस्तुत गरि रहँदा कोरोनाबाट नागरिकको जिवन रक्षा गर्ने र विकास कार्यहरुलाइ गुणस्तरिय रुपमा, व्यापक सहभागिता सहित कार्यान्वयन गर्ने र स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्दै विदेशबाट आफ्नो मातृभुमीमा फर्की आएका दाजु भाइ तथा दिदि बहिनीहरुलाइ व्यवसायिक कृषि र पशुपालनमा संलग्न गराउनु पर्ने विषयमा गहन जिम्मेवारी बोध गरेकी छु । वितग ३ वर्षको कार्य अनुभव, अथक प्रयास स्वरुप हासिल भएको उपलब्धीको जगमा टेकेर विकास र समृद्धिको यात्रालाइ तिव्रता दिने मार्गमा कोरोना भाइरसको महामारीका कारण धक्का लागेको छ  ।

आगामी वर्षको बजेट तर्जुमा गर्दा नयाँ परिस्थितिले सिर्जना गरेको अवस्थाको सामना गर्न, हाल सम्म हासिल भएका उपलब्धीहरु संस्थागत गर्दै सक्षम स्थानीय नेतृत्वको माध्यमबाट सार्थक सहभागितामुलक संलग्नता रहेको जनप्रतिनिधिमुलक लोकतान्त्रिक पद्धतिबाट नागरिकले खोजेको, रोजेको, चाहेको विकास र परिकल्पना गरेको समतामुलक समाजको निर्माण गर्ने प्रणालीबाट निर्देशित हुँदै समाजवाद उन्मुख, प्रगतिशिल र उदियमान गाँउपालिकाको रुपमा विकास गर्न यो बजेट केन्द्रित छ ।

बजेट तर्जुमा गर्दा मैले मुलतः नेपालको संविधान र कानुन, नेपाल सरकार, गण्डकी प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथामिकता, स्थानीय सरकारबाट निर्मित ऐन, नियम, कानुन, कार्यविधी, मापदण्ड, निर्देशन, गाँउसभा र कार्यापालिकाका निर्णयहरु, दिगो विकास लक्ष्य, छिमेकी अन्य स्थानीय तहहरुले अबलम्बन गरेको कार्यदिशा, स्थानीय आम नागरिकको चासो र आवश्यकतालाइ मुख्य आधार बनाएकी छु । विगत ३ वर्षमा स्थानीय सरकारले गरेको कार्यअनुभव, विभिन्न क्षेत्रका सरोकारवालाहरुबाट प्राप्त महत्वपुर्ण सुझाव समेतलाइ बजेट निर्माणमा विशेष ध्यान दिएकी छु ।

स्थानीय सरकारको आन्तरिक स्रोत, शर्शत अनुदान, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित वित्तिय समानीकरण अनुदान तथा राजस्व वाँडफाड र समपुरक अनुदानलाइ मुल आधार मानी यस वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरेकी छु । साथै यस बजेटमा गाँउपालिकाको आफ्नो अधिकार क्षेत्र भित्र कर तथा गैर कर, राजस्व परिचालन र व्यवस्थापनलाइ प्राथामिकतामा राखेकी छु ।

१० अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, चालु खर्चमा मितव्ययीता ल्याउने, पूजिँगत खर्चको अंश बढाउने, स्थानीय स्रोत, श्रम, सिपको प्रयोग गरी विकास योजना सञ्चालन गर्ने, फजुल खर्च नियन्त्रण गर्ने गरी बजेट प्रस्तुत गरेकी छु । कार्यक्रम छनौट, साधन स्रोतको बाँडफाँड र विनियोजनमा देखिने दोहोरपनालाइ न्युनिकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता स्रोत तथा विनियोजनका विचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ । ११ न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण, कानुनको तर्जुमा र परिपालन भौतिक पुर्वाधारको निर्माण र व्यवस्थापन, आन्तरिक स्रोतको आधार विस्तार, उत्पादन र उत्पादकत्व बृद्धि, आयोजनाको प्राथामिकरण, असल शासन प्रवर्धन, अन्तरसरकारी समन्वय आदी स्थानीय सरकारको प्रमुख चुनौतिको रुपमा रहेका छन ।

सभा अध्यक्ष महोदय,

१२ अब म आगामी आर्थिक वर्ष २०७७।७८ को बजेटका उद्देश्य तथा प्राथामिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्य निम्न अनुसार रहेका छन ।

लोकतन्त्रका लाभको समानुपातिक, समावेशी र न्यायोचित वितरण गर्नु,

प्राकृतिक स्रोत र साधनको उपयोगमा स्थानीय समुदायलाइ अग्राधिकार र प्राथामिकता प्रदान गर्नु,

जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चत गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गर्नु ,

कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख संघिय लोकतान्त्रिक     गणतन्त्रात्मक शासन प्रणालीलाइ स्थानीय तह देखि नै सुदृढीकरण गर्नु ,

स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाइ सुदृढ गर्नु ,

स्थानीय तहमा विधायीकी,कार्यकारिणी र न्यायिक अभ्यासलाइ संस्थागत गर्नु ,

ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकिय स्थलहरुको संरक्षण प्रवर्धन एवं प्रचार प्रसार र विकास गर्नु ,

यातायात सुविधामा नागरिकहरुको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रलाइ व्यवस्थित गर्नु।

१३ आगामी आर्थिक वर्षको बजेटमा देहायका क्षेत्रमा लगानी गर्न उच्च प्राथामिकता दिएकी छु ।

स्थानीय स्तरका विकास आयोजना र परियोजना, स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक र सिचाँइ, झोलुङगे पुल निर्माण, सञ्चार क्षेत्रको विकास मार्फत पुर्वाधार विकास र गुणस्तरिय सेवा प्रवाह,

आधारभुत स्वास्थ्य तथा सरसफाइ, कोभिड १९ को रोकथाम र नियन्त्रण सँग सम्बन्धित स्वास्थ्य कार्यक्रमहरु, शिक्षा, खानेपानी संस्कृतिको प्रवर्धन, लैङगिक समानता र सामाजिक समावेशीकरणको विकास मार्फत समतामुलक समाजको निर्माण,

कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य ,सहकारी, ज्येष्ठ नागरिक,   अपांगता भएका व्यक्ति, अशक्त र असहायहरुको संरक्षण,

विपद व्यवस्थापन, वन तथा वातावरण र जैविक विविधताको संरक्षण,

कोभिड १९ को कारण यस आ. व. मा सञ्चालन हुन नसकेका योजना तथा कार्यक्रहरुको निरन्तरता,

सुशासन र संस्थागत विकास,

सभाका अध्यक्ष महोदय,

अब म चालु आ. व. ०७६।७७ को आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१४ चालु आर्थिक वर्षमा ७० लाख आन्तरिक आम्दानीको प्रक्षेपण गरिएकोमा ज्येष्ठ मसान्त सम्म रु १ करोड १२ लाख ३ हजार १ सय ८३ संकलन भइ अनुमानित आयको प्रक्षेपण भन्दा  ६० प्रतिशत बढी राजस्व संकलन भइ प्रक्षेपणको तुलनामा १ सय साठी प्रतिशत राजस्व संकलन भएको  छ । त्यसै गरी चालु आर्थिक वर्षको ज्येष्ठ मसान्त सम्म संघिय सरकारबाट वित्तिय समानीकरण अनुदान बापत रु ७ करोड ११ लाख, शशर्त अनुदान १७ करोड ६२ लाख ५१ हजार, राजस्व वाँडफाँडबाट रु ३ करोड ६२ लाख ५१ हजार ६ सय ६० आय प्राप्त भएको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारबाट  वित्तिय समानिकरण बापत रु १ करोड १९ लाख १३ हजार, समपुरक अनुदान २५ लाख आय प्राप्त हुन आएको छ । शिख माध्यमिक विद्यालयको भौतिक पुर्वाधार निर्माण र छात्राबृत्ति एवं सामाजिक अभियानको लागि समेत गरी शशर्त अनुदानमा रु ६३ लाख ३० हजार प्राप्त भएको छ भने गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने ३१ लाख ४३ हजार राजस्व हाल सम्म प्राप्त हुन सकेको छैन ।

१५ अनुदान तथा राजस्व वाँडफाँडको अतिरिक्त स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ रु ८३ लाख ९३ हजार ७ सय पचास प्राप्त भएकोमा हाल सम्म ३० लाख ३५ हजार ७ सय ५० खर्च भएको छ भने अन्य योजनाहरु सञ्चालनको क्रममा रहेकोले भुक्तानी बाँकी छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सुदृढीकरण कार्यक्रम तर्फ रु १५ लाख ८ हजार प्राप्त भएकोमा हाल सम्म ६ लाख २१ हजार ३ सय ७१ रुपैया खर्च भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ कुनै रकम प्राप्त नभएकोले ज्येष्ठ मसान्त सम्म रोजगार संयोजकको तलब भत्ता बाहेक सो सँग सम्बन्धित अन्य कार्यक्रमरु सञ्चालन हुन सकेनन ,यस्ता कार्यक्रमहरुको प्रतिवेदनहरु सिधै नेपाल सरकार र सम्बन्धित निकायमा पेश गरिने भएकोले स्थानीय सरकारको बजेटमा समावेश गरिएको छैन ।

१६ चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म चालु खर्च र पूजिँगत गरी जम्मा ३३ दशमलब६८ प्रतिशत व्यय भएको छ । आ. व. ०७७।७८ को अनुमानित आय व्ययको विवरण अनुसुचीमा उल्लेख गरिएको छ।

सभाका अध्यक्ष महोदय,

अब म क्षेत्र गत रुपमा आ .व. २०७७।७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

स्वास्थ्य

१७ संविधानले व्यवस्था गरेको निशुल्क स्वास्थ्य सेवा लिने मौलिक हकको प्रत्याभुति गर्न, सबै नागरिकलाइ स्वस्थ बनाइ उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्न, सवल मानव पुँजी निर्माण गर्न, स्वास्थ्य क्षेत्रलाइ विशेष प्राथामिकता दिदै स्वास्थ्य संस्थाबाट वितरण हुने निशुल्क औषधीको लागि आवश्यक पर्ने बजेटको व्यवस्था मिलाइएको छ ।

१८ विद्यमान परिवेशमा कोविड १९ को संक्रमण फैलिदै गइरहेकोले संघिय सरकार र प्रदेश सरकार सँगको समन्वयमा यसको रोकथाम र नियन्त्रणको लागि तत्काल गर्नु पर्ने अति आवश्यकिय कार्यको लागि, क्वारेन्टाइन निर्माण र व्यवस्थापन, अग्रपंतिमा खटिने व्यक्तिहरुको लागि सुरक्षा सामाग्रीहरु खरिद  तथा अन्य कार्यको लागि विपद व्यवस्थापन कोषमा रु १ करोड चालिस लाख रुपैया विनियोजन गरेकी छु ।

१९ स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जिवनयापन सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको प्रत्याभुति गराउन सुत्केरी र गर्भवती तथा बालबालिकाको पोषण सुधार कार्यक्रम एवं पुर्व तथा उत्तर प्रसुति चेक जाँच कार्यक्रम सञ्चालनको लागि  रु ५ लाख २० हजार बजेटको व्यवस्था गरिएको छ ।

२० विगत वर्षमा स्वयं सेविकाहरुलाइ गाँउपालिकाको तर्फबाट दिदै आएको प्रोत्साहन कार्यक्रमलाइ निरन्तरता दिएकी छु । सो कार्यको लागि रु ७ लाख २० हजार विनियोजन गरेकी छु ।

 

सडक पुर्वाधार

२१ यातायातका साधनको प्रयोग मार्फत भौगोलिक विकटता न्युन गर्न, कृषि तथा पशु व्यवसायको विकास गर्न, जनजिवन सहज र सरल बनाउन सघाउ पुग्ने गरी सडकको स्तरउन्नती गर्न, गाँउपालिका  क्षेत्रका सबै वस्तीहरुमा यातायात सेवा पुर्याउनको लागि सडक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेकी छु ।

ग्रामीण कृषि सडक स्तरउन्नती राम्चे, मह आउने छहरा मोटरबाटो निर्माण दोबा, ठुलो बगर कटुन्जे मोटरबाटो निर्माण तातोपानी, चिसापानी कृषि सडक स्तरउन्नती तातोपानी, घट्टेखोला लिग्म डाँडागाँउ पुलिवाङ जलुका हुदै दुवारी मोटरबाटो निर्माण दाना, पटार गाडपार ढाडेश्वारा कोप्चेपानी मोटरबाटो निर्माण नारच्याङ, चिता घर जाने बाटो निर्माण शिख, खादी खोल्सा पहिरे गाँउ सडक विस्तार तथा सितल ताप्ने सडक निर्माण हिस्तान, सेकार्कु माझखर्क मोटरबाटो निर्माण दोबा, ग्रामिण कृषि सडक स्तरउन्नती राम्चे लगायतका सडकहरुको पुर्वाधारको विकास र स्तरउन्तीको लागी रु १ करोड ६७ लाख विनियोजन गरेकी छु ।

२२ गाँउ वस्तीका एक टोलबाट अर्को टोलमा एक गाँउबाट अर्को गाँउमा जाने बाटो निर्माण र स्तर उन्नती गर्ने कार्यको लागि समेत बजेटको व्यवस्था गरिएको छ ।

खानेपानी

२३ आधारभुत खानेपानी नपुगेको स्थानमा खानेपानी पुर्याउने कार्यक्रमलाइ निरन्तरता दिएको छु । पुराना खानेपानी आयोजनाहरुको मर्मत र सुधार गर्ने र नयाँ खानेपानी योजना सञ्चालनको लागि कोप्चेपानी खानेपानी  मर्मत नारच्याङ, फलाटे खानेपानी मर्मत शिख, घोरेपानी खानेपानी पाइप खरिद घार, खिम्जा खानेपानी मर्मत घार, पेरी भरानी खानेपानी व्यवस्थापन हिस्तान समेतको लागि  रु २० लाख बजेटको व्यवस्था गरिएको छ ।

२४ बिद्युत तथा वैकल्पिक उर्जाको उत्पादन र उपभोग बढाउन जोड दिइएको छ । यस गाँउपालिकामा निर्माणाधिन जलबिद्युतहरु आयोजनाहरु तोकिएको समयमा सम्पन्न गराउन आवश्यक सहयोग सहजीकरण र समन्वय गरिने छ ।

शहरी विकास

२५ गाँउपालिकाको आफ्नो भवन नभइ दैनिक प्रशासनिक कार्य सञ्चालनमा समेत असहजता भएकोले जग्गा भाडामा लिइ गाँउपालिकाको ट्रस निर्माण कार्यको लागि रु २५ लाख विनियोजन गरेकी छु । यसबाट प्रशासनिक सेवा प्रवाहमा गुणस्तरियता र प्रभावकारीता हुने कुरामा विश्वास लिएकी छु ।

 पर्यटन

२६ गाँउपालिका क्षेत्र भित्र रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपुर्ण आधारको रुपमा रहेको पर्यावरण अनुकुल पर्यटन उधोगको विकास गरिने छ ।

२७ स्थानीय रोजगारी, व्यापार, व्यवसायलाइ प्रवर्धन गर्ने अथाक सम्भावना बोकेको पर्यटन क्षेत्र मार्फत यस क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्था सुधार गर्ने, कृषि उत्पादनको विक्री वितरणमा सघाउ पुग्ने भएकोले यसलाइ विकासको महत्वपुर्ण आधारको रुपमा लिइएको छ ।अन्नपुर्ण गाँउपालिकालाइ आकर्षक मनोरम र साहसिक पर्यटकिय गन्तव्यको रुपमा पहिचान स्थापित गराउन अन्नपुर्ण पदमार्गमा शौचालय निर्माण नारच्याङ, तातोपानी मुन्द्रा चढाउने डाँडा धौलागिरी बेसक्याम्प पर्यटन पदमार्ग निर्माण, सुवा फगाम दुवारी हुदै धौलागिरी बेसक्याम्प जाने पर्यटन पदमार्ग निर्माण, रातोपानी कुण्ड संरक्षण घार, पाउद्वार तातोपानी कुण्ड संरक्षण शिख, पाउद्वार देखी खोप्रा खयर बराह थान सम्म पर्यटन पदमार्ग निर्माण, स्वात ढाँड खर्क खोप्रा वयली सम्म पर्यटन पदमार्ग निर्माण, घोरेपानी चित्रे पदमार्ग निर्माण समेतको लागि रु ६८ लाख विनियोजन गरिएको छ।

कृषी

२८ किसानको हक, हित संरक्षण र संवर्धन गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन, कृषीको व्यवसायीकरण, विविधकरण र आधानुकिकरण गर्न कृषकको लागि कृषि सामाग्री, मल, विउ, विषादी, फलफूलका विरुवा वितरण को लागि बजेटको व्यवस्था मिलाएकी छु ।

२९अर्गानिक कृषि उपजको उत्पादन र उपभोग बृद्धि गरी बिषादी रहित खाध्यन्नको उत्पादन बढाइ स्वस्थ्य नागरिकको विकास गर्न एक वडा एक नर्सरी कार्यक्रमको लागि रु २ लाख विनियोजन गरेकी छु ।

३० प्राकृतिक विपत्ति वा महामारीबाट कृषकहरुको बालीनालीमा पुगेको क्षति पुर्ति स्वरुप कृषकलाइ राहत वितरणको लागि आवश्यक मापदण्ड बनाइने छ । कृषकलाइ क्षति पुर्ति वितरणको लागि रु १ लाख विनियोजन गरेकी छु ।

३१ आर्थिक अवस्था कमजोर भएका गर्भवती ,सुत्केरी महिला अर्गानिक कृषि उत्पादनको उपभोग गरी स्वास्थ्य र  बच्चाको पोषणमा सुधार ल्याउन एक घर एक करेसावारी कार्यक्रम सञ्चालन गरिने छ यसको लागि रु २ लाख विनियोजन भएको छ ।

३२ परम्परागत खेती प्रणाली र आधुनिक खेती प्रणालीको तुलनात्मक विश्लेषण गरी बालीको उत्पादन बढाउन, कृषकलाइ दक्ष बनाउन कृषक पाठशाला कार्यक्रम सञ्चालनको लागि रु २ लाख बजेटको व्यवस्था गरेकी छु। व्यवसायिक रुपमा कृषि खेती तर्फ उत्प्रेरित गर्न, कृषकहरुको आत्म सम्मान गराइ उत्प्रेणा बढाउन, अगुवा कृषकहरुलाइ पुरस्कृत गर्ने व्यवस्थाको लागि बजेट विनियोजन गरेकी छु । कृषी क्षेत्रको समग्र विकासको लागि रु ४० लाख विनियोजन गरिएको छ ।

पशु सेवा

३४ पशुपालनको दृष्ट्रीले यस अन्नपुर्ण गाँउपालिका प्रचुर सम्भावना भएको क्षेत्र हो ।व्यवसायिक पशुपालन मार्फत कृषकहरुको आर्थिक अवस्था सुधार गर्न सकिन्छ । बोयर जातको वोका वितरणको लागि रु ४ लाख र नश्ल सुधारको निम्ति राँगो वितरणको लागि रु ४ लाख  विनियोजन गरेकी छु ।

३५ कृषकहरुलाइ निशुल्क रुपमा वितरण हुदै आएको ‍पशु औषधी, पशुलाइ लगाइने भ्याक्सिन व्यवसायिक कृषकलाइ घाँसको विउ वितरण, घाँस घेराबार कार्यक्रम सञ्चालनको लागि प्रयाप्त बजेट विनियोजन गरेकी छु ।

३६ गाँउपालिका क्षेत्रमा स्वच्छ मासुको उत्पादन र विक्री वितरण गर्न फ्रेस हाउसहरुको सुधार गर्ने कार्यको लागि रु १ लाख विनियोजन गरेकी छु ।

३७ व्यवसायिक माछा पालनको थालनी गरेका व्यवसायिक कृषकहरुलाइ उत्पेरणा गराउन माछाको भुरा वितरण कार्यक्रमको लागि रु २ लाख विनियोजन गरेकी छु । पशु सेवा विकासको लागि समग्र रु ३० लाख विनियोजन गरेकी छु ।

सहकारी

३८ सहकारी क्षेत्रको प्रवर्धन गर्ने, स्थानीय विकासमा यसको उपयोग गर्ने, सहकारी क्षेत्रका सबै गतिबिधीहरुमा स्वच्छता, जवाफदेहीताको लागि नियमन गर्ने व्यवस्था मिलाएकी छु । गाँउपालिका क्षेत्र भित्रका सहकारीहरुको नियमन गर्न, व्यवस्थित गर्न, सहकारी वित्तिय विश्लेषण कार्यक्रमको लागि रु ३ लाख विनियोजन गरेकी छु ।

आयुर्वेद

३९ परम्परागत चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धनको लागि रु २ लाख विनियोजन गरेकी छु ।

खेलकुद

 

४० खेलकुदलाइ आपसी एकता सुदृढ गर्ने एवं यस गाँउपालिकाको सम्मान र पहिचान अभिबृद्धि गर्ने माध्यमको रुपमा विकास गर्न युवा तथा खेल र खेल क्षेत्रको विकासको लागि अध्यक्षकप खेलकुद प्रतियोगिता सञ्चालन गरिने छ । यसको लागि रु १० लाख विनियोजन गरेकी छु ।

४१ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न, खेलकुद तथा खेलाडीमा योजनावद्ध लगानी गर्ने व्यवस्था मिलाएकी छु । खेलकुद विकासको लागि खेल मैदान नभएका स्थानहरुमा खेल मैदानको विकास र पुर्वाधारहरुको निर्माण कार्यलाइ प्राथामिकतामा राखी खेल मैदानहरुको निर्माण र मर्मतको लागि उल्लेख्य बजेटको व्यवस्था मिलाइएको छ ।

खेलकुद मैदान निर्माण राम्चे, काफल डाँडा खेलकुद मैदान निर्माण राम्चे, एम. वि. वाइ. सी. खेल मैदान मर्मत दोबा, बास्केट फाइवर बोर्ड तातोपानी, युवा खेलकुद सामाग्री युवा खेलमैदान तारबार ग्याविन जाली दाना, बास्कोट युवा खेल मैदान निर्माण नारच्याङ, किन्दु खेल मैदान तारबार घेराउ शिख, स्वात युवा खेल मैदान मर्मत समेतका लागि रु ४७ लाख विनियोजन गरिएको छ ।

संस्कृती

४२ स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु सम्बन्धमा आधारित समाजको निर्माण गर्न ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण संवर्धन र विकास गरी समतामुलक समाजको निर्माण गरिने छ ।

४३ सामाजिक र सांस्कृतिक रुपले हाम्रो समाज जिवित संग्राहालय हो । यसको संरक्षण र विकासले समाजको यथार्थ चित्रण गर्दछ । स्थानीय संस्कृति, सम्पदा, कला, भेष भुषाको संरक्षण प्रर्वधन र विकासमा स्थानीय आमा समुहहरुको योगदान र भुमिका उल्लेख्य छ । सबै वडाहरुमा आमा समुह क्रियाशिल रहदै आएका छन ।

लाली गुराँस आमा समुह किचन निर्माण तातोपानी, चिता घर जाने बाटो निर्माण शिख, चित्रे देवी मन्दिर सत्तल निर्माण घार, मति चौर बराहथान धारा निर्माण दाना, शिवालय मन्दिरमा सामाग्री खरिद नारच्याङ, घोरेपानी आमा समुह संग्रालय निर्माण घार, काभ्रे चिता घर जाने बाटो निर्माण दाना, नागी महिला सामुहिक भवन निर्माण राम्चे, समेतको लागि रु २९ लाख पचास हजार विनियोजन गरेकी छु ।

शिक्षा विकास

४४ सामुदायिक विद्यालयहरुमा शैक्षिक सुशासन कायम गर्न शिक्षाको प्रवर्धन र विकास गर्न शैक्षिक क्रियाकलापहरुलाइ व्यवस्थित गर्न गाँउपालिकाको शिक्षा व्यवस्थापन कार्यविधी निर्माणको लागि बजेटको व्यवस्था मिलाएकी छु ।

४५ शिक्षालाइ वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सिपमुलक, रोजगारमुलक, सक्षम, प्रतिस्पर्धी, नैतिक एवं गाँउपालिकाको विकास र हित प्रति समर्पित जनशक्ति तयार गर्न आवश्यक बजेट व्यवस्था मिलाएकी छु ।

४६ आगामी आर्थिक वर्षमा समेत अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङसिल खेलकुद प्रतियोगिता सञ्चालन गर्न, आधारभुत तहको परिक्षा सञ्चालन अनुगमन र व्यवस्थापन समेतको लागि रु ८ लाख २८ हजार पाँच सय विनियोजन गरेकी छु ।

४७ शौक्षिक गुणस्तर अभिबृद्धि गर्न, कार्य सम्पादनमा चुस्तता ल्याउन प्रमुख प्रशासकिय अधिकृतसँग शिक्षा अधिकृतले, शिक्षा अधिकृतसँग प्रधानध्यापकले र प्रधानध्यापकसँग शिक्षकले कार्य सम्पादन करार सम्झौता गर्ने, विद्यालयमा हाजीरी मेसिन जडानको लागि आवश्यक बजेटको व्यवस्था मिलाएकी छु ।

४८ प्रारम्भिक वाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको लागि दिदै आएको प्रोत्साहनमा मासिक रु ५सय थप र विद्यालय सहायक कर्मचारीलाइ मासिक रु १ हजार तलब भत्ता वृद्धि गरिएको छ  सोको लागि रु १५ लाख १२ हजार विनियोजन गरेकी छु ।

४९ १०० पुर्णांकको एकिकृत स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण र छपाइ गरी लागु गरिने छ । शिक्षकहरुको लागि ५ दिने आइसिटी तालिम सामुदायिक विद्यालयलाइ दिइने आय व्ययको लेखा अनुशासन सम्बन्धी अभिमुखिकरण तालिम, वि. व्य. स. र सि. अ. स. अध्यक्षहरुलाइ वडागत रुपमा अभिमुखिकरण तालिम, शैक्षिक क्यालेन्डर निर्माण, शैक्षिक प्रर्दशन मेला (Matrix Mela), गाँउपालिकाको शैक्षिक बुलेटिन प्रकाशन र अध्यक्षसँग एक विद्यालय एक हरित फुलबारी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेकी छु ।

५० सार्वजनिक विद्यालय समायोजन एवं एकिकरण (मेघा विद्यालय) कार्यक्रम कार्यान्वयन कार्यविधी  २०७७ बमोजिम निर्धारित प्रकृया पुरा गरेका विद्यालयहरुको समायोजन गर्ने कार्य प्राथामिकताको आधारमा गरिने छ ।

५१ शिक्षा सँग सरोकारवालाहरुको सकरात्मक मनोवृत्ति विकास गरी शौक्षिक गुणस्तर अभिबृद्धि गर्न उत्कृष्ट कार्य सम्पादन गर्नेलाइ पुरस्कृत गर्ने कार्यक्रम समेत समावेश गरेकी छु ।

वन वातावरण र विपद व्यवस्थापन

५२ जनसाधारणमा वातावरणिय स्वच्छता सम्बन्धी चेतना बढाइ, भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाइ न्युनिकरण गर्दै वन, वन्यजन्तु, पंक्षी वनस्पति तथा जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।

५३ विपद सुचना दिएर आउने विषय होइन, यो कहाँ, कति बेला, कसरी जान्छ भनेर अनुमान लगाउन सकिदैन । तथापी प्राकृतिक प्रकोपबाट हुने जोखिम न्युनिकरण गर्न पुर्व सुचना, तयारी, उद्धार, राहत र पुनस्थापना जस्त कार्यक्रम सञ्चालन गर्न विपद व्यवस्थापन कोषबाट खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

महिला विकास र शशक्तिकरण

५४ महिला विरुद्ध सामाजिक, धार्मिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा हुने शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा जन्य कार्य वा शोषणको अन्त्य गरी महिलाहरुको शशक्तिकरण र विकासमा जोड दिइने छ ।

५५ द्धन्द्ध पिडित तथा हिंसामा परेका एक महिला, बालबालिका, ज्येष्ठ नागरिक, विशेष क्षमता भएका व्यक्तिहरुको लागि सबै वडामा सहयोग तथा सामाग्री वितरण कार्यक्रमको लागि रु १ लाख पचास हजार विनियोजन गरेकी छु  ।

५६ गर्भवती तथा सुत्केरी महिला र बच्चालाइ पोषणयुक्त खाध्य वस्तुहरुको वितरण गरी आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन सबै वडामा उपाध्यक्षसँग सुत्केरी महिला तथा बच्चा भेटघाट, पोषणयुक्त खाध्य सामाग्री वितरण कार्यक्रम सञ्चालनको लागि रु २ लाख बजेटको व्यवस्था मिलाइएको छ ।

५७ विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान पश्चात अपांग परिचय पत्र वितरण गरी राज्यबाट प्रदान गरिने सेवा सुविधामा उनीहरुको पहुँच स्थापित गर्न सबै वडामा अपांग परिचय पत्र वितरण शिविर सञ्चालन गरिने छ सोको लागि रु १ लाख ६० हजार विनियोजन गरेकी छु ।

 

५८ महिला महिला बिच हुने विभेद र असमानताको अन्त्य गरी सुमधुर पारिवारिक वातावरण सिर्जना गरी पारिवारिक विमेल र असमझदारी कम गर्न सबै वडामा असल सासु बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिने छ ।सोको लागि रु १ लाख विनियोजन गरेकी छु ।

 

५९ गत आर्थिक वर्षमा सञ्चालन गरिएको गुडिया कुसन र चुरापोते तालिमलाइ थप प्रभावकारी बनाउन र सोको प्रयोग र विकास गरी सिप विकास मार्फत उत्पादन गर्न सहायता सामाग्री वितरणको व्यवस्था मिलाएकी छु ।

 

६० महिलाहरुको शशक्तिकरण विकास र सचेतना अभिबृद्धिको लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएकी छु । अशक्त असहाय र आर्थिक रुपले विपन्न महिलालाइ समेटने गरी

महिला आकस्मिक कोष सञ्चालन कार्यविधीलाइ परिमार्जन गरी व्यवस्थित गरिने छ । सोको लागि आवश्यक रकम महिला आकस्मिक कोषबाट खर्च गरिने छ यस कार्यको लागि रु ८ लाख विनियोजन गरेकी छु।समग्र महिलाहरुको हित र प्रवर्धनको लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ।

सुचना तथा प्रविधी

६१ सुचना सञ्चार र प्रविधिको विकास मार्फत विधुत्तिय शासनको मार्गमा अगाडी बढन गाँउपालिकाको मोबाइल एप्लिकेशन निर्माण, ग्रुप एस. एम. एस., वेवसाइट नविकरण र गाँउपालिकाका सवै जनशक्तिको विवरण अध्यावधिक गर्ने कार्यको लागि आवश्यक पर्ने बजेटको प्रवन्ध गरिएको छ ।सुचना तथा जानकारीको आदान प्रदान सुचना र प्रविधीको प्रयोग गरी प्रवाह हुने व्यवस्था मिलाइने छ ।

सामाजिक सुरक्षा, सामाजिक संरक्षण र शशक्तिकरण

६२ आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, शशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर र लाभ पाउने व्यवस्था मिलाइएको छ ।

६३ विपन्न, अनाथ, असाहय, असमान्य बालबालिकाको लागि पोषण र स्टेशनरी सामाग्रि वितरण, वञ्जितिकरणमा परेका सुकुम्बासी व्यक्तिहरुलाइ मुल धारमा ल्याउने कार्यक्रम दाना, धुवा रहित चुल्हो खरिद कार्यक्रम घार,दलित तथा विपन्नको लागि शौचालय निर्माणमा सहयोग कार्यक्रम घार समेतको लागि रु ५लाख ५० हजार रुपैया विनियोजन गरेकी छु ।

६४ किशोर किशोरी अवस्थामा लागु औषधको बढदो प्रयोगमा कमी ल्याउन सामाजिक विकृती र विसंगतिलाइ न्युनिकरण गरी विद्यालयमा लागु ‍औषधको प्रयोग न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न एक वडा एक विद्यालयमा अध्यक्ष सँग लागु पदार्थ नियन्त्रण कार्यक्रम सञ्चालन गरिने छ ।सोको लागि रु १ लाख बजेट व्यवस्था मिलाइएको छ ।

सुशासन र सार्वजनिक सेवा प्रवाह

६५ शासकिय स्वच्छता र सुशासन प्रवर्धनलाइ प्राथामिकतामा राखी सबै क्षेत्रमा सदाचारको नीति अबलम्बन गरिने छ ।

६६ सार्वजनिक प्रशासनको कार्य संस्कृतिमा आमुल परिवर्तन गरी संघिय शासन प्रणालीको मर्म र कार्य शैलीको विकास गरिने छ ।सार्वजनिक पदाधिकारीहरुको जवाफदेहिता सुनिश्चित गरिने छ ।

६७ कर्मचारी तथा शिक्षकहरुको गाँउपालिका भित्र सरुवा, पुरस्कार, सजाय, वृति विकास र क्षमता अभिवृद्धिको अवसरलाइ कार्यसम्पादनमा आधारित बनाइने छ ।

६८ सार्वजनिक प्रशासनलाइ स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागीतामुलक बनाउन प्रमुख प्रशासिकय अधिकृतले अध्यक्षसँग र विषय गत शाखा प्रमुख र अन्य कर्मचारीले प्रमुख प्रशासकिय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरी गुणस्तरिय र प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाइने छ ।

६९ आगामी आ. व.बाट कार्यान्वयनमा आउने गरी कर्मचारी कल्याणकारी कोष स्थापना गरी सञ्चालन गरिने छ । कर्मचारी कल्याण कोषको लागि रु १५ लाख र कर्मचारी प्रोत्साहन र पुरस्कारको लागि रु १ लाख बजेटको व्यवस्था मिलाइएको छ ।

७० सम्झौता बमोजिम तोकिएको समय भन्दा अगावै कार्य सम्पन्न गर्ने, गुणस्तरिय र प्रभावकारी रुपमा कार्य गर्ने उपभोक्ता समितिलाइ पुरस्कार र सम्मानको व्यवस्था गरिने छ ।

७१ बजेटको तयारी, लेखांकन तथा प्रतिवेदन जस्ता कार्य स्थानीय सञ्चित कोष (SUTRA) प्रणाली मार्फत गरी स्थानीय सरकारको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा सुशासन कायम गरिने छ ।

७२ संघिय सरकार, प्रदेश सरकार र अन्य विकास साझेदार संस्था सँगको सहलगानीमा गाँउपालिकाको पुर्वाधार विकासको लागि समपुरक कोषमा १ करोड पचास लाख व्यवस्था गरिएको छ ।साथै गाँउपालिका भित्र सहज यातायात एवं आवातजावतलाइ थप व्यवस्थित गर्न, भैपरी आउने आपतकालिन पुर्वाधार योजनाका लागि मर्मत सम्भार कोषबाट बजेट खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

७३ सुचना र प्रविधिको प्रयोग गरी सरल, सहज र प्रभावकारी रुपमा योजना सञ्चालन गर्न आगामी वर्ष योजनाको सफ्टवेयर सञ्चालनमा ल्याइने छ ।सेवा प्रवाहमा विधुत्तिय सामाग्रीहरुको प्रयोगलाइ प्राथामिकता दिइने छ ।

७४ पुर्व कर्मचारी, सैनिक, प्रहरी लगायतका पुर्व राष्ट्रसेवकहरुमा रहको ज्ञान, सिप र अनुभवलाइ गाँउपालिकाको हितमा समुचित उपयोग गरिने छ ।

७५ आ. व. ०७७।७८ मा  विभिन्न विषय क्षेत्रगत, चालु, पुजीगत, गाँउपालिकाबाट सञ्चालन हुने, वडागत रुपमा सञ्चानल हुने, विषय गत शाखाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रममा अनुमानित विनियोजनभएको बजेट अनुसुचीमा समावेश गरिएको छ ।

सभाका अध्यक्ष महोदय,

अब म बजेटमा उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।

७६ आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा ४० करोड ९४ लाख २६ हजार खर्च हुने अनुमान गरिएको छ । शशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान प्राप्त भइ सञ्चालन हुने योजनामा तोकिए अनुसार बजेट निर्धारण भइ आएको शिर्षकमा खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

कुल विनियोजन मध्ये चालु तर्फ ७ करोड १६ लाख २० हजार अर्थात १७ दशमलब ४९ प्रतिशत र पुजीगत तर्फ १३ करोड ३६ लाख ६ हजार अर्थात ३२ दशमलब ६३ प्रतिशत रहेको छ । शर्शत अनुदान तर्फ प्राप्त हुने रकम रु २० करोड ४२ लाख अर्थात ४९ दशमलब ८७ प्रतिशत तोकिइ आए बमोजिमका शिर्षकहरुमा नै खर्च गरिने छ ।त्यस्तै गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समपुरक तथा विशेष अनुदानमा आधारित योजना तथा कार्यक्रमहरु तोकिएबमोजिमका स्थानहरुमा संचालन र कार्यान्वयन गरिने व्यवस्था मिलाइएको छ ।

७७ आगामी आ. व. को व्यय अनुमानको विवरण शिर्षक तथा उपशिर्षगत रुपमा पेश गरिएको छ। त्यस विवरणमा पदाधिकारी र कर्मचारीको तबल भत्ता, पानी तथा बिजुली, कर्मचारीको पोषाक, सञ्चार तथा महसुल, मसलन्द तथा कार्यालय सामाग्री, पत्र पत्रिका तथा सुचना प्रकाशन सेवा र परामर्श खर्च, इन्धन, मेसिनरी तथा औजार मर्मत, सुचना प्रकाशन जस्ता प्रशासनिय प्रकृतिका चालु खर्चको लागि ७ करोड १३ लाख २० हजार विनियोजन गरिएको छ जुन कुल बजेटको १७ दशमलब ४९ प्रतिशत  हुन आउँछ । सामाजिक सुरक्षा भत्ता रकम अन्तर सरकारी वित्तिय हस्तान्तरणका माध्यमबाट भुक्तानी आदेशद्वारा भुक्तानीको प्रवन्ध हुने हुदाँ उक्त बजेटको रकम यस गाउँपालिकाको बजेटमा समावेश गरिएको छैन ।

७८ आगामी आ. व. को लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरु मध्ये संघिय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ७ करोड ४३ लाख, संघिय सरकारबाट प्राप्त हुने राजस्व वाँडफाँड रु ६ करोड ९७ लाख ५४ हजार १ सय ५४, शर्शत अनुदान २० करोड ४२ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड २१ लाख ४१ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त राजस्व वाँडफाडबाट प्राप्त हुने रकम ३५ लाख ९२ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने रकम रु ६८ लाख ४० हजार बेहोरिने छ भने आगामी आर्थिक वर्षको लागि अल्या तर्फको अनुमानित रकम रु ३ करोड ८५ लाख ९८ हजार ८ सय ४६ हुने अनुमान गरिएको छ ।

अब म आ. व. ०७७।७८ को लागि राजस्वका नीति प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

७९ स्थानीय तहको आर्थिक अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयका करका आधार फराकिलो पार्दै मितव्ययी रुपमा आन्तरिक राजस्व संकलन गर्ने व्यवस्था मिलाइने छ । कर तथा गैर कर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिइने छ ।

८१ कर तथा गैरकर राजस्व संकलनलाइ प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गरिने छ । कर तथा गैर कर राजस्वका दरलाइ प्रगतिशिल बनाइ राजस्व परिचालन गर्ने व्यवस्था मिलाइने छ ।

८२ आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक मैत्री कर प्रणाली विकास गरिने छ ।

८३ गाँउपालिका क्षेत्रभित्रका फरक क्षमता भएकाहरुको परिचय पत्र सम्बन्धी, आर्थिक रुपमा विपन्नहरुको निशुल्क उपचार सम्बन्धी, उपभोक्ता समिति सम्बन्धी तथा प्राकृतिक प्रकोप सम्बन्धी सिफारिसमा दस्तुर छुट गरिनेछ ।

८४ जन्म, मृत्यु, तथा अन्य व्यक्तिगत घटना दर्ताको लागि घटना घटेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क र सो भन्दा पछी वढीमा रु ५० सम्म पञ्जीकरण शुल्क लिने व्यवस्था मिलाइएको छ।

८५ गाँउपालिका भित्र सञ्चालन हुने मेला महोत्सवमा रु १० हजार मनोरञ्जन कर लिने व्यवस्था मिलाइएको छ

८६ गाँउपालिका क्षेत्रभित्रका व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोबारको आधारमा व्यवसाय दर्ता गर्न प्रोत्साहित गरी व्यवसाय करको दायरामा ल्याइने छ ।

८७ कर सम्बन्धी प्रस्तावको लागि आर्थिक विधेयक २०७७ यसै साथ प्रस्तुत गरेकी छु । आर्थिक विधेयकमा प्रस्तुत गरिएका करका दरहरु २०७७ श्रावण १ गते देखि लागु गरिने छ ।

८८ रोडा, ढुँगा, गिटी, बालुवा, दहत्तर, बहत्तर, विज्ञापन शुल्क, मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी सोको ६० प्रतिशत स्थानीय तहमा राखी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।

सभाका अध्यक्ष महोदय,

८९ यो बजेटको कार्यान्वयनमा नागरिक सहभागितालाइ नागरिकको अधिकारको रुपमा स्थापित गरी स्वशासन र जनताको शासनको चरितार्थ गरी जनताप्रति पुर्ण जिम्मेवारीपुर्वक भूमिका निर्वाह गर्ने कार्यमा स्थानीय सरकार पुर्ण प्रतिवद्ध छ ।

९० यो बजेटको तर्जुमाका लागि मार्गदर्शन गर्नु हुने गाँउपालिका अध्यक्ष, कार्यपालिकाका सदस्यहरु गाँउसभाका सदस्यहरु, विभिन्न राजनीतिक दलहरु, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सहकारि क्षेत्र, र नागरिक समाजका व्यक्तित्वहरु तथा प्रत्रकार जगतहरुबाट प्राप्त सुझाव सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु ।

९१ यो बजेटको सफल कार्यन्वयनमा सबै पक्षको पुर्ण सहयोग रहने अपेक्षा गरिएको छ । साथै मुलुक भित्र र बाहिर रहनु भएका सबै गाँउबासीलाइ समृद्ध अन्नपुर्ण गाँउपालिका निर्माणको महान यात्रामा सहभागी हुन आव्हान गर्दछु । उपाध्यक्ष ः केशमाया मगर  

 

धन्यवाद ।