म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

असार ७ गते ।

म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान विज्ञप्ति मार्फत पुष्टि गरेकाे हाे ।

रघुगंगा गाउँपालिकाका वर्ष ३० वर्षकाे महिला र ९ बर्षिय बालिकामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयाे ।

यसै गरि रघुगंगाकै ३३ वर्षिय पुरूष र मंगला गाउपालिकाका २० वर्षिय पुरूष काेराेना संक्रमित भएकाे उहाँले बताउनुभयाे ।  उनिहरू बेेनीकाे क्वारेन्टाइन मा बसेका थिए ।