ताजा समाचार:
Search

म्याग्दीका दुई युवाले जीते काेराेना, खुसि हुँदै घर फर्किए

विकल्प न्युज/ बेनी

असार ६ गते ।

म्याग्दीका दुई काेराेना संक्रमित युवाले काेराेना जीतेर घर फर्किएका छन् ।

मालिका गाउँपालिका ४ का  ३० वर्षिय टीक वहादुर  पुन मगर र मंगला गाउँपालिका ४ का १९ वर्षिय  बविन परियारले काेराेना जीतेर घर फर्किएका हुन ।

शनिबार उनिहरूलाई बेनिबाट विदाई गरिएकाे हाे । उनिहरूकाे पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि अाईसाेलेशनबाट डिस्चार्ज गरिएकाे हाे ।

उनिहरुलाई खुल्ला मचमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, डिएसपि किरण जंग कुँबर, बेनि अस्पतालका अध्यक्ष बेल बहादुर कटुवाल , स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, बेनि अस्पतालका मेसु डाक्टर अमृत अधिकारीले खादा लगाएर बिदाई गरेका हुन ।

घरमा पुगेपछि पनि कम्तिमा एक हप्ता सजग र सतर्क हुन हाेम क्वारेन्टाइन मा वस्न स्वास्थ्य प्रमुख लम्सालले सुझाव दिनुभयाे ।