ताजा समाचार:
Search

तोरीपानी देखि ढोलठान पुग्ने ८ सय मिटर पदमार्ग निर्माण (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी
जेठ ३१ गते ।     बेनी नगरपालिका वडा नम्बर ९ को एतिहासिक स्थल ढोलठान दरबार पुग्न पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत विनियोजन भएको ६ लाख ३३ हजार तिनसय ३३ रुपियाँ लागतमा तोरीपानीको गुफाबोट देखि ढोलठान दरबार सम्म दुइमिटर चौढाई भएको ८ सय मिटर लामो पदमार्ग निर्माण गरिएको हो । स्वरोजगार कार्यक्रमका लागि वडामा सुचिकृत भएकाहरुले एकहप्ता सम्म पदमार्ग निर्माणमा खटिएका हुन । दैनिक ७५ जना भन्दा बढी पदमार्ग निर्माणमा जुटेका थिए । पदमार्गमा खटिएकालाई दैनिक ८ सय पचासका दरले रकम प्रदान गरिएको वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो ।

https://www.youtube.com/watch?v=gYPF3Tbdh2E

लकडाउनका समयमा दैनिकी चलाउन कठिन भएकालाई एकहप्ता भएपनि गाउँमा रोजगारी पाउँदा दैनिक चलाउन सहज भएको स्थानीय रुद्रबहादुर चोखालले बताउनुभयो । मोटरसाइकल पनि चलाउन मिल्ने गरी पदमार्ग बनाइएको छ । पदमार्ग निर्माण पछि ओझेलमा परेको एतिहासिक स्थल ढोलठान दरबारको पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने स्थानीय युवा बावुराम चोखालले बताउनुभयो ।