ताजा समाचार:
Search

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनि

जेठ २२ गते । म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि भएकाे छ । याे संगै काेराेना संक्रमित काे संख्या २ पुगेकाे छ ।

मंगला-४ निवासी १९ वर्षिय पुरूषमा काेराेना संकमण भएकाे पुष्टि भएकाे जनस्वास्थ्य अधिकृत एकनारायण लम्साल ले जानकारी दिनुभयाे । उनी हालै मात्र भारतबाट अाएका हुन । उनलाई न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइन मा राखिएकाे थियाे ।

काेराेना पुष्टि भएपछि काेराेना अाईसाेलेशन कक्षमा राखेर उपचार गरिने छ ।

हाल सम्म म्याग्दीबाट संकलन गरिएका जम्मा १५८ स्वाब नमुना मध्ये १३० काे परिक्षण भईसकेकाे छ ।

२८ वटाकाे नतिजा अाउन बाकी रहेकाे  छ ।