ताजा समाचार:
Search

म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दीखोलामा वेपत्ता

विकल्प न्यूज/बेनी
जेठ २० गते ।

फाइल तस्विर

म्याग्दीको मालिका गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दी खोलामा वेपत्ता भएका छन् । मालिका गाउँपालिका ६ छ्यारछ्यारे स्थित जनप्रिय माविको क्वारेन्टाइनमा वसेका धौलागिरि गाउँपालिका ७ नम्बर वडा धारापानीका वर्ष १९ का राजेश थापा मंगलवार दिउसो साढे एक बजे खोलामा नुहाउँदा बेपत्ता भएका हुन ।

भारतबाट जेठ १० गते बेनी आएका उनको पिसीआर परिक्षणमा नेगेटिभ आएपछि  १८ गते उनलाई गाउँ पठाइएको थियो । मालिका पुगेपछि उनलाई त्यही क्वारेन्टाइनमा राखिएको थियो ।

वेपत्ता युवाको खोज तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहित प्रहरी नायव उपरिक्षक किरण जंग कुँवर सहितको प्रहरी टोली दरवाङ तर्फ लागेको प्रहरी निरिक्षक ध्रुर्व शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वेपत्ता युवा क्वारेन्टाइनमा कसैलाई पनि नसोधी खोलामा नहुाउन गएका थिए । वेपत्ता युवाको खोजीका लागि दरवाङ स्थित प्रहरी तत्काल खटिएको उहाँले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाकी छ ।