ताजा समाचार:
Search

स्थानीयवासीहरुले गरे नारच्याङ प्रवेशमा निषेध (भिडियो सहित)

विकल्प न्यूज÷बेनी
जेठ २० गते ।

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ गाउँमा स्थानीयवासीहरुले वाहिरी मान्छेहरुलाई प्रवेश निषेध गरेका छन् । गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गाउँलेहरुले गाउँ प्रवेश गर्ने नाका बन्द गरेका हुन । जिल्ला भित्र र बाहिरबाट आएकाहरु नारच्याङमा जान पाइने छैन । कालिगण्डकी माथि बनाइएको बेलीब्रीज पुल बन्द गरिएको छ । अति आवश्यक काम बाहेक स्थानीयवासीहरुलाई समेत आवतजावत गर्न निषेध गरिएको छ ।

https://www.youtube.com/watch?v=V3tU7cjfFYM&t=22s

 

पुलमा एकजना स्वयमसेवक युवा खटाइएको छ । अतिआवश्यक काम लिएर अनुमति प्राप्त गरेकालाई मात्र ति युवाले ढोका खोल्ने गर्दछन् ।
निर्माणधिन जलविद्युत आयोजनाहरुमा काम गर्ने मजदुर देखि कर्मचारीहरु खुलमखुला रुपमा बाहिर जाने र गाउँ आउने प्रवृत्ति बढेका कारण कोरोना भाइरसको जोखिम बढेकाले यसरी गाउँलाई नै शिल गर्नुपरेको स्वयसेवक युवा विवेक पुर्जाले ले बताउनुभयो ।

गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीयवासीहरुले गरेको निर्णय भएको उहाँले बताउनुभयो । गाउँ भित्रिने अन्य नाकाहरु पनि शिल गरिएको उहाँले बताउनुभयो ।

जलविद्युतमा आयोजनाहरुमा काम गर्ने मजदुर देखि कर्मचारीहरुको लापरबाही बढेकाले स्थानीयवासीहरुले नाका बन्द गर्ने निर्णय गरेका हुन । गाउँलेहरुको यो निर्णयले निर्माणधिन जलविद्यूत आयोजनाहरु भने प्रभावित भएका छन् ।

गाउँ प्रवेश गर्न निषेध गरेपछि सोमबार निलगिरि जलविद्युतमा काम गर्न आएका ३० जना मजदुरहरु प्रवेश गर्न पाएनन । उनीहरुलाई गाउँ प्रवेशको अनुमति नदिएपछि तिनदिन सडकको बास पछि सोमबार साँझ बेनी फर्किए ।

कोरोना भाइरसको रोकथामका लागि सर्तक र सजग हुनु आवश्यक भएपनि गाउँलाई नै शिल गरेर प्रवेश निषेध गर्न नहुने अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या डमबहादुर पुनले बताउनुभयो । सरकारले पनि ठूला आयोजनाहरुको निर्माणको काम सुचारु गर्ने भनेकाले सुरक्षाका उपायहरु अवलम्बन गरेर काम गर्ने वातावरण मिलाउन गाउँपालिकाले पहल गरेको उहाँको भनाई छ ।