अन्नपूर्ण  गाउँपालिका ५ शिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार

विकल्प न्युज/ बेनि

जेठ १८ गते । 

अन्नपूर्ण  गाउँपालिका ५ सिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार भएको छ ।

निरन्तर रक्तश्राव भएपछि उनकाे थप उपचारका लागि हेली उद्दार मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइ पुर्याइएको हो ।

महिलाकाे स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको मन्त्री नरदेवी पुनको सचिवालयले जनाएको छ ।

उनको पेटमा जुम्ल्याहा बच्चा भएकाले स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने भएपछि पाेखरा लैजान स्थानीय स्वास्थ्यकर्मीले सुझाव दिएका थिए ।

महिलाकाे स्वास्थ्य अवस्था जटिल भएकाे खबर अाएपछि हेलि मार्फत उद्ार गरिएको समाजिक विकास मन्त्रीकाे स्वकिय सचिव प्रकाश पौडेलले बताउनुभयाे ।

महिलाको थप उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

दुर्गमका गर्भवती महिलालाई सुत्केरी हुन समस्या भएमा प्रदेश सरकारले हेली उद्दार गरी सुविधायुक्त अस्पतालमा ल्याउने गरिरहेकाे छ । समाधान न्युज

तस्विर प्रकाश पौडेल