ताजा समाचार:
Search

भारतबाट म्याग्दी अाएका २९ जनाकाे रिपोर्ट नेगेटिभ

विकल्प न्युज/ बेनि

जेठ १७ गते । भारतबाट म्यादी अाएका २९ जनामा गरिएकाे काेराेना परिक्षण रिपोर्ट नेगेटिभ अाएकाे छ ।

जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा काेराेना नभएको पुष्टि भयकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभएको  ।

उनिहरूकाे  १५ गते स्वाब संकलन गरि पोखरा स्थित प्रयोगशालामा कोरोना परिक्षण गर्न पठाइएकोमा शनिबार दिउँसो उनिहरु सबै २९ जनामा कोरोना संक्रमण नभएको हाे ।

यसअघि जेठ ९ गते आएका १४ जनाको स्वाब परिक्षण गर्दा १३ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको थियो । जेठ ११ गते आएका २० जनाको जेठ १६ गते स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बेनीको म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा १०३ जना छन् ।