उच्चस्तरीय समन्वय समिति बैठक बस्दै

काठमाडौं,जेठ १६

कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले  बताए।

आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास,लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ।

विदेशमा समस्यामा परिरहेका नेपालीलाई स्वदेश फर्काउने बारेमा सरकारले तयारी गरिरहेको छ।

पछिल्लो समय भारतबाट समेत अव्यवस्थित तरिकाले फर्किनेहरूको संख्या बढिरहेको छ।

अन्य देशबाट फर्किन चाहनेहरू सबैलाई एकैपटक ल्याउन नसकिने भनेर सरकारले स्पष्ट पारिसकेको छ।

पहिलो चरणमा २५ हजारलाई फर्काउने तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदीय समितिमा जानकारी समेत गराएका थिए। setopati