ताजा समाचार:
Search

भक्तपुरकी कोरोना संक्रमित ६ दिनमै डिस्चार्ज

१६ जेठ, भक्तपुर ।

एकजना कोरोना संक्रमित कोरोना पुष्टि भएर अस्पताल भर्ना भएको ६ दिनमै डिस्चार्ज भएकी छन् । पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका की ४२ वर्षीया महिलाको ६ दिनमै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् ।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा उनको स्वाब सङ्कलन गरिएको थियो ।  उक्त स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ९ गते राति रिपोर्ट पोजेटिभ आएपछि उनलाई १० गते बिहान ललितपुरको पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरिएको थियो । online khabar